१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय जनगणनामा मातृ मृत्युको पनि अध्ययन

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनगणना २०७८मा मातृ मृत्युको पनि अध्ययन गरिने भएको छ । मातृ मृत्युदर निर्धारण गर्ने र ती मृत्युको कारणहरू पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यले जनगणनामा समेटिन लागिएको हो ।

राष्ट्रिय जनगणनामा मातृ मृत्युको पनि अध्ययन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको सहकार्यमा हुन लागेको सो अध्ययनमा जनगणनाका गणकहरूले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन् ।

मातृ मृत्यु भएको घरपरिवारको पहिचान कात्तिक २५ देखि मंसिर ९ सम्म गरिनेछ भने मौखिक परीक्षण कात्तिक २६ देखि मंसिर मसान्तसम्म हुनेछ ।

तथ्यांक विश्लेषण गरी प्रतिवदेन प्रकाशन गरिने र प्रतिवेदनको आधारमा मातृ मृत्यु रोकथामका लागि कार्यक्रम तर्जुमा गरी कार्यन्वयन गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?