कपाल झर्न नदिन पुरुषले के गर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — पुरुषमा कपाल झर्नु आमसमस्या हो । ५० वर्ष माथिका ८५ प्रतिशत पुरुषमा कपाल झरेर पातलिन थाल्छ तर अचेल युवाहरुमा पनि कपाल झर्ने समस्या देखिन थालेको छ । 

कपाल झर्न नदिन पुरुषले के गर्ने ?

टोपी लगाउँदा, धेरै कपाल कोर्दा, थरीथरीका स्टाइल बनाउँदा कपाल झर्ने गर्छ भन्ने भ्रम छन् तर ती होइनन् ।

कपाल झर्नुका विविध कारणहरु हुन सक्छन् जस्तै खानपान, मिनिरलको कमी, औषधि, तनाव, प्रदूषण, वंशाणुगत समस्या आदि । कपाललाई कहिल्यै नझरोस् भनेर रोक्न त सकिन्न तर यसका उपचार र समाधान छन् जसले कपाल झर्न कम गराउन सक्छन् । कपालका सौखिनलाई कपाल प्रत्यारोपण र लेजर ट्रिटमेन्टको सुविधा पनि रहेको छ ।

कपाल झर्नबाट रोक्न के गर्ने?

- आइरनको कमी, भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन तथा भिटामिन डी को कमीले कपाल कमजोर बनाउँछ ।

- मद्यपान तथा धुमपानको कम सेवन गर्नुहोस् ।

- बेला बेलामा कपालको मसाजले पनि कपालको जरा बलियो पार्छ ।

- सन्तुलित भोजन गर्नुपर्दछ । खानामा प्रोटिन, फाइबर, फलफूलको सेवनले कपाल बलियो बनाउँछ ।

- तनावले पनि कपाल झर्ने गर्दछ । त्यसैले तनाव कम गर्ने र ध्यान गर्ने बानी बसाल्नुपर्छ । योगले तनाव मात्र घटाउँदैन यसले हर्मोनको गडबडी हुन दिँदैन र कपाल झर्नबाट रोक्छ ।

- पानीको सेवन बढी गर्नुपर्छ । कम्तीमा दिनमा ४ देखि ८ कप पानी खाने गर्नुपर्छ जसले गर्दा कपाल बढ्ने सम्भावना रहन्छ ।

- पटक-पटक कपालमा कलर गर्ने र केमिकल ट्रिटमेन्टले कमजोर बनाउने गरेका छन् त्यसैले त्यसको प्रयोग कम गर्ने ।

- नियमित शारीरिक व्यायाम गर्न आवश्यक छ । दैनिक आधा घण्टा हिँड्ने वा पौडी खेल्दा पनि हर्मोन लेभल सन्तुलन भइरहेका हुन्छन् र कपाल झर्नबाट रोक्न सक्छ ।


प्रकाशित : आश्विन १६, २०७८ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?