कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । काठमाडौंकी  ३१ वर्षीया महिलाले ३६ वर्षीय श्रीमान्‌लाई कलेजो दान दिएको अस्पतालले जनाएको छ । 

त्रिवि शिक्षण अस्पतालमा छैटौं पटक कलेजोको सफल प्रत्यारोपण

कलेजो प्रत्यारापण सर्जन डा. रमेशसिंह भण्डारीले शनिबार कलेजो प्रत्यारोपण भएको बताए । शल्यक्रियाका लागि १० घण्टा समय लागेको उनले जानकारी दिए । शल्यक्रियाका लागि भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालका डाक्टर विवेक विज र टिमको सहयोग रहेको पनि डा. भण्डारीले बताए ।

त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक २०७६ जेठ १७ गते कलेजो प्रत्यारोपण भएको थियो ।

प्रकाशित : आश्विन ९, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?