कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वायु प्रदूषणले बर्सेनि ७० लाख मानिसको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन 

काठमाडौँ — विश्व स्वास्थ्य संगठनले विश्वमा मानिसको अल्पायुमै मृत्यु हुनुमा वायु प्रदूषण प्रमुख कारकको रुपमा रहेको दाबी गरेको छ । संगठनका अनुसार वार्षिक ७० लाख मानिसको वायु प्रदूषणका कारण अल्पायुमै मृत्यु हुने गर्दछ । त्यसैगरी दक्षिणपूर्वी एसियामा २० लाख मानिसको मृत्यु वायु प्रदूषणले हुने गरेको तथ्यांकले देखाएको छ ।

वायु प्रदूषणले बर्सेनि ७० लाख मानिसको अल्पायुमै मृत्यु : विश्व स्वास्थ्य संगठन 

बुधबार प्रकाशित नयाँ निर्देशिकामा संगठनले भनेको छ– ‘अहिले देखिएको वायु प्रदूषणमा भेटिने पीएम २.५ का कणले गर्दा धेरै समस्या हुने गरेकाे देखिन्छ । त्यसलाई कम गर्न सकिए झन्डै ८० प्रतिशत मृत्यु रोक्न सकिन्छ ।' नयाँ निर्देशिकामा अस्वस्थ खान्की र धूमपानजस्तै वायु प्रदूषणलाई पनि मृत्यको कारक मानिएको छ ।

संगठनका अनुसार ६ वटा प्रमुख प्रदूषक जस्तै ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बोन मोनोअक्साइड जस्ता विषाक्त ग्यास र पीएम १० देखि पीएम २.५ सुक्ष्म कणहरु हुन् ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार वायु प्रदूषणले विश्वका देशमा स्वास्थ्यमा जोखिम बढाएको छ । तर, यो समस्या मध्यम तथा निम्न आय भएका देशहरुमा धेरै देखिन्छ ।

बालबालिकामा वायु प्रदूषणले फोक्सोको विकासमा कमी गराउनुका साथै श्वासप्रश्वासका संक्रमण तथा आस्थमाका समस्या पनि ल्याउन सक्छ । त्यसैगरी वयस्कमा यसले मुटुका समस्या तथा स्ट्रोक गराउन सक्छ । त्यसैगरी यसले मधुमेहका समस्या तथा नसासम्बन्धी समस्या गराउन सक्ने संगठन बताउँछ ।

प्रकाशित : आश्विन ७, २०७८ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?