कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको बैठक सकियो, अर्को वर्ष भुटानमा हुने 

काठमाडौँ — विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको बैठक सकिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको बैठक सकियो, अर्को वर्ष भुटानमा हुने 

नेपालको आयोजना तथा अध्यक्षता गरेको ५ दिने ७४ औँ सत्र आज सकिएको हो ।

बैठकले नसर्ने रोग, मुख स्वास्थ्य र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई सुदृढ बनाउने, भाइरल हेपाटाइटिस , एचआईभी तथा यौनरोग नियन्त्रणका लागि कार्य निर्देशिका बनाउने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी विद्यालय स्वास्थ्य र विद्यालयहरुमा स्वास्थ्य प्रबद्र्धन कार्यलाई थप प्रभावकारी बनाउने तथा विश्व स्वास्थ्य संगठनको २०२२–२०२३ को कार्यक्रम तथा बजेट पारित गर्ने छलफल भएको छ ।

बैठक अर्काे वर्ष २०२२ सेप्टेम्बर ५देखि ९ मा भुटानमा हुने भएको छ ।


प्रकाशित : भाद्र २५, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?