कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपालमा अहिले डेल्टा भेरियन्टकै कारण संक्रमण फैलिएको हो : स्वास्थ्य मन्त्रालय

४८ वटा नमुना परीक्षणमा डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिले डेल्टा भेरियन्टकै कारण संक्रमण फैलिरहेको बताएको छ । बुधबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा हाल फैलिरहेको संक्रमणमा डेल्टा भेरियन्ट प्रमुख कारक रहेको बताएका हुन् ।

नेपालमा अहिले डेल्टा भेरियन्टकै कारण संक्रमण फैलिएको हो : स्वास्थ्य मन्त्रालय

उनका अनुसार भाद्र ७ गते कोभिड संक्रमितका ४८ वटा नमुना जेनोमिक सिक्वेन्सिङका लागि भारतको नयाँ दिल्ली पठाइएको थियो । 'असार २३ गतेदेखि भाद्र ४ गतेसम्म देशका विभिन्न भागमा विभिन्न उमेर समूहका नमुनाको जेनोम स्किवेन्सिङ गर्दा डेल्टा भेरियन्ट नै देखिएको पुष्टि भएको छ,' उनले भने

डेल्टा भेरियन्ट बाहेक अन्य नयाँ भेरियन्ट नेपालमा नदेखिएको पनि उनले दाबी गरे । उनका अनुसार यो भेरियन्टका कारण एक व्यक्तिबाट ५ देखि ७ जनासम्म संक्रमण सरेको तथ्यांक रहेका देखिन्छ । हालसम्म अति संक्रामक मानिएको यो भेरियन्ट १३० देशमा फैलिसकेको छ ।


प्रकाशित : भाद्र २३, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?