कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने 

काठमाडौँ — काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका(१८ वर्ष सम्मका) नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।

काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फाराम अनिवार्य भर्नुपर्ने 

स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको बताउँदै खोप लगाउन ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन आग्रह गरे ।

उनका अनुसार दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्नेछन् । सर्वसाधारणले https://vaccine.mohp.gov.np गएर अनलाइन दर्ता गर्न सक्नेछन् ।

प्रकाशित : श्रावण ९, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?