२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सर्पदंशबाट जोगिन कस्ता सावधानी अपनाउने ?

काठमाडौँ — वर्षायामको सुरुवात भएसँगै डेंगु, मलेरिया, स्क्रब टाइफस, सर्पदंश लगायतका बिरामीहरु देखा पर्न थालेका छन् । नेपालमा पाइने सर्पहरुमध्ये गोमन, राज गोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा गनिन्छन् । सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेमा सचेत रहन आवश्यक छ ।

सर्पदंशबाट जोगिन कस्ता सावधानी अपनाउने ?

सर्पदंशबाट जोगिन के गर्ने ?

  • राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने
  • जुत्ता वा गम बुट लगाउने
  • खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
  • घर वरपरको घाँस, झारपाट काटेर सफा राख्ने
  • काठ, ढुंगा, टुटेफुटेका सामानको थुप्रो हटाउने
  • जमिनका प्वालहरु टाल्ने
  • पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने
  • सुत्नुअघि ओच्छ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने
  • झुल टाँगेर सुत्ने
  • सर्प देखे टाढै रहने

सर्पले टोकिहाले के गर्ने ?

  • डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने
  • सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने ,बाँध्ने काम नगर्ने
  • कुनै पनि मलम, रासयनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने
  • बिरामीको आत्मविश्वास कामय राख्ने
  • सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
  • बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्‍याउने

प्रकाशित : असार १९, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?