कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बालबालिकामा देखा पर्ने मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम के हो ?

काठमाडौँ — मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआईएस–सी) कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो । यो सामान्तया कोरोना संक्रमितको भएको २ देखि ४ हप्तापछि देखा पर्छ।

बालबालिकामा देखा पर्ने मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम के हो ?

यसका लक्षणहरु के के हुन सक्छन् ?

  • आँखा रातो हुनु
  • सास फेर्न गाह्रो हुनु
  • घाँटी दुख्नु
  • पेट दुख्नु
  • ज्वरो आउनु
  • पखाला लाग्नु
  • छाला, ओठ वा नङ निलो हुनु
  • शरीरमा डाबर आउनु
  • थकान महसुस हुनु

कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र यी मध्ये कुनै दुई वटा लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानु पर्छ ।


यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन । तर यो कोरोना भाइरस संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ । त्यसैले यस्तो समस्या आउनै नदिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने र गराउने गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?