सिंगापुरका कम्पनीबाट स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — सिंगापुरका टेमासेक फाउन्डेसन र लोटस लाइफ फाउन्डेसनले गोरखा ब्रुअरीसँगको सहकार्यमा नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ लाख २३ हजार थान पीसीआर किट, चार हजार थान पल्स अक्सिमिटर, २५ सय ६० थान आरएनए एक्स्ट्र्याक्सन किट, १५ थान टेली भेन्टिलेटर, ५० थान बी पीएपी मेसिन, दुई थान आरएनए एक्स्ट्र्याक्सन मेसिन र ६ थान भेन्टिलेटर प्राप्त भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाले पनि आइतबार नेपाल सरकारलाई एक हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार अझै दुई कार्गो विमानमा थप स्वास्थ्य सामग्री केही दिनभित्रै काठमाडौं उत्रिनेछ ।

प्रकाशित : जेष्ठ ९, २०७८ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?