करुणा फाउन्डेशनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ — करुणा फाउन्डेशनले सात लिटरका ४५ थान अक्सिजन कन्सन्ट्रेटर विभिन्न अस्पतालहरुलाई उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव लक्ष्मण अर्यालको उपस्थितिमा सामाग्री उपलब्ध गराइएको हो । संक्रमणको गम्भीरतालाई ध्यानमा राखी चीनको बेइजिङबाट थप ११० थान अक्सिजन कन्सन्ट्रेटरहरु मगाएको पनि जनाइएको छ । कोभिड प्रतिकार्यमा सहयोग गर्ने प्रतिबद्धताअनुरुप जेठ ५ गते नेपाल एयरलाइन्सको विमानद्वारा चीनबाट यी सामग्रीहरु नेपाल ल्याइएको हो । 

करुणा फाउन्डेशनद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४० थान, सुदूरपश्चिम अस्पताल धनगढी ५ थान, टीकापुर अस्पताल, कैलाली ५ थान, लम्की अस्पताल, कैलाली ५ थान, महाकाली अञ्चल अस्पताल ५ थान, जिल्ला अस्पताल अछाम ५ थान र बयलपाटा अस्पताल, अछाम ५ थान अक्सिजन कन्सन्ट्रेटर दिइएको छ ।

इच्छा मनकामना अस्पताल चितवन २ थान, आँबुखैरेनी स्वास्थ्य चौकी तनहुँ २ थान र प्रदेश १ सरकारमार्फत भोजपुर, धनकुटा, पाँचथर, इलाम, संखुवासभा जिल्ला अस्पतालहरुलाई तीन/तीन थान, कोसी अञ्चल अस्पताललाई १०, सुनसरी जिल्ला अस्पताल इनरुवा ५ थान गरी जम्मा ६४ थान अक्सिजन कन्सन्ट्रेटर बाँडिनुका साथै करुणा फाउन्डेशन नेपाललाई ६ थान दिइएको छ । ।

यी सामग्री संस्थाका अध्यक्ष प्रा.डा. भगवान कोइराला तथा कार्यकारी निर्देशक दीपकराज सापकोटाले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । ।

कोभिड प्रतिकार्यका लागि सबै मिलेर काम गर्नु पर्ने आवश्यकता महसुस गरी तत्काल अत्यन्त आवश्यक रहेको अक्सिजन कन्सन्ट्रेटर जुटाइएको संस्थाका कार्यकारी निर्देशक सापकोटाले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७८ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?