कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वायु प्रदूषणबाट जोगिन के गर्ने ?

हानिकारक वायु प्रदूषणबाट जोगिन यी कुरामा ध्यान दिनुहोस् :

काठमाडौँ — केही दिनदेखि काठमाडाैं उपत्यकासँगै देशका विभिन्न भू–भागको आकाशमा प्रदूषित वायु छाएको छ । केही दिन अघिदेखि नै सर्वसाधारणहरु खराब वायुका कारण स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिएको बताउन थालेका छन् ।

वायु प्रदूषणबाट जोगिन के गर्ने ?

मानिसहरुमा आँखा पोल्ने, टाउको दुख्ने, टाउको झुम्म बनाउने समस्या देखिएको छ । यतिमात्र नभएर केहीमा घाँटी दुख्ने, खकार जमेको जस्तो लाग्ने, टन्सिल भएको जस्तो हुने, नाक पोल्ने र चिलाए जस्तो हुने लक्षण देखिएको पाइएको छ ।

यी सबै प्रदूषित वायुबाट सिर्जित समस्या हुन् ।

प्रदूषित हावामा विभिन्न खालका हानिकारक ग्यास हुन्छन् जस्तै हाइड्रोजन क्लोराइड, कार्बन मोनोअक्साइड, ओजोन, लिड, नाइट्रोजोन डाइअक्साइड, सल्फर डाइअक्साइड आदि । यसले स्वासप्रश्वासमा कठिनाइ हुनुका साथै स्वास्थ्यमा नकरात्मक असर पार्न सक्छ । फोक्सो, एलर्जी र मुुटुका रोगका समस्या भएका व्यक्तिहरु सजग रहनुपर्छ ।

हानिकारक वायूबाट बच्न के गर्ने?

  • सम्भव भएसम्म घरमै बस्ने ।
  • घरबाहिर निस्किन परे गुणस्तरीय मास्क लगाउने ।
  • प्रदूषण अत्यधिक भएका बेला बाहिर धेरै हिँडडुल नगर्ने । बालबालिकाहरुलाई पनि बाहिर धेरै खेल्न नदिने ।
  • फोहोर तथा दाउरा नजलाउने ।
  • बढी भीड तथा जाम भएको ठाउँतिर नजाने । प्रदूषित जस्तो नदेखिए पनि ती स्थानमा हानिकारिक रासायनिक पदार्थ प्रवाह भइरहेको हुन्छ ।

सम्बन्धित समाचारहरु :

प्रकाशित : चैत्र १४, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?