कोरोना प्रकोपमा फिजियोथेरापी- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोपमा फिजियोथेरापी

सुवर्णा थापा क्षेत्री

काठमाडौँ — आज सेप्टेम्बर ८ तारिक, विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झैं यस वर्ष डब्लूसीपीटीले यो दिवस मनाउनका लागि रिह्याब्लिटेसन आफ्टर कोभिड भन्ने नारा दिएको छ ।

फिजियोथेरापी भनेको एक उपचार पद्धति हो जसले उचित शारीरिक क्षमता मूल्यांकन गरी मानिसको जीवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथाम गुर्नका साथै रोग लागिसकेकालाई त्यस समस्याबाट बाहिर निस्कन मद्दत गर्छ । विभिन्न रोगका कारण शारीरिक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यक्तिहरुलाई पुनर्स्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन यसले मद्दत गर्दछ ।

आजको दिनसम्म आइपुग्दा जनमानसमा फिजियोथेरापीको उपचार पद्धतिका बारेमा त्यति राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिसमात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनि फिजियोथेरापीको बारेमा पूर्ण ज्ञान भएको पाइँदैन ।फिजियोथेरापी ढाड, कम्मर, घुँडा दुखेका, मुख बांगिएका, प्यालाइसिस भएका व्यक्ति र छातीमा खकार जमेका व्यक्तिमात्र नभई हरेक व्यक्तिलाई आवश्यक हुनसक्छ । चाहे त्यो व्यक्ति बच्चा, वृद्ध, गर्भवती वा सुत्केरी महिला वा शल्यक्रिया गर्नुअघि र पछिका बिरामी नै किन नहोस् । यस्तै आईसीयूमा भर्ना भएका बिरामी वा सामान्य उपचार गराइरहेका बिरामीलाई पनि फिजियोथेरापी आवश्यक हुनसक्छ ।

फरक यत्ति हो कि, सबै समस्याका लागि एकै प्रकारको कसरत नभई प्रत्येक समस्याका लागि व्यक्तिको समस्या र शारीरिक क्षमता जाँच र मूल्यांकनका आधारमा भिन्न भिन्न कसरत गराई उपचार गरिन्छ ।

आज विश्व कोभिड–१९ (कोरोना भाइरस)को महामारीसँग जुधिरहेको छ । यसका कारण लाखौं मानिसले आफ्नो ज्यान गुमाइसकेका छन् भने करोडौं मानिस यस रोगबाट संक्रमित भएका छन् र संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ ।

यस कोभिड–१९ (कोरोना भाइरस)को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापीस्टहरुले पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । कोरोना भाइरसबाट संक्रमित भएका लक्षणविहीन संक्रमितहरुको मनोबल बढाउन, शारीरिक स्फूर्ति जगाउन तथा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग फिजियोथेरापीले सहयोग पुर्‍याइरहेको छ । जो व्यक्ति संक्रमित भई आईसीयू वा भेन्टिलेटरमा उपचारत छन् त्यस्ता व्यक्तिहरुलाई कसरतको माध्यमबाट भेन्टिलेटरबाट बाहिर निकाल्न र आईसीयूबाट सामान्य वार्डमा सार्न मद्दतसमेत गरिरहेका छन् । साथै जो व्यक्तिको लामो अस्पताल बसाइँपछि शारीरिक कार्यक्षमतामा ह्रास आएको छ त्यस्ता व्यक्तिलाई समेत दैनिक क्रियाकलापमा फर्काएर पुनर्स्थापना गर्न फिजियोथेरापिस्टहरुले मद्दत गरिरहेका छन् ।

यस्तै लामो समयको लकडाउनका कारण मानिसहरुको दैनिक जीवन बनेको छ । त्यसले शरीरमा नकारात्मक असर पर्न सक्छ । न्यून शारीरिक क्रियाकलाप, मद्यपान, धुम्रपानले विभिन्न रोग लाग्ने सम्भावना बढाइरहेका छन् । यस अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथामका साथै लकडाउनका कारण आउन सक्ने अरु सम्भावित समस्यालाई कम गर्नका लागि हामी सबै शारीरिक रुपमा क्रियाशील रहन अत्यावश्यक देखिन्छ । शारीरिक व्यायामले हाम्रो शरीरमा राम्रो हर्मनको उत्पादनमा मद्दत पुर्‍याउँछ जसले आलश्यता, थकान र दुर्बल्तालाई कम गर्न टेवा पुर्‍याउँछ । साथै हाम्रो शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न पनि मद्दत गर्दछ । शारीरिक व्यायमले शरीरको तौल घटाउन र तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

हामीले खाएको खानामा रहेको ग्लुकोजलाई प्रयोगमा ल्याई रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्दछ । जसका कारण हामीलाई हुन सक्ने मुटु रोगको क्षतिलाई न्यून गर्न सक्छौं । अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनका अनुसार १८ देखि ६९ वर्षसम्मका व्यक्तिहरुले मध्यम खालको शारिरिक व्यायाम १५०–३०० मिनेट हप्तामा ५ दिन गर्नु पर्दछ । लकडाउनका कारण हामी जिम र जुम्बा सेन्टर वा अस्पतालमा फिजियोथेरापीस्टको परामर्श लिन जान नसकेको अवस्थामा घरमै कसरत गर्न सक्छौं र गर्नु उचित हुन्छ ।

(लेखक सिक्किम मनिपाल यूनिभरर्सिटी अन्तर्गतको कलेज हफ फिजियोथेरापीमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् ।)

प्रकाशित : भाद्र २३, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्

घरमै चितुवाको बच्चा

कान्तिपुर संवाददाता

लमजुङ — बेंसीसहर नगरपालिका–२ बगालेगाउँको एक रित्तो घरमा चितुवाका ४ वटा बच्चा भेटिएका छन् । एकान्तमा रहेको विष्णुबहादुर थापाले छोडेको रित्तो घरभित्रबाट चितुवा निस्केको देखेपछि स्थानीयले बच्चा फेला पारेका हुन् । उक्त घर किरेपानी सामुदायिक वननजिकै पर्छ ।

आँखा पनि नखुलेको अवस्थामा चितुवाको बच्चा देखेपछि स्थानीयले सोमबार साँझ डिभिजन वन कार्यालय र प्रहरीमा खबर गरेका थिए । माउले सुरक्षित छोडेकाले पछि माउले नै लाने भन्दै कार्यालयका कर्मचारी र प्रहरी फर्केका थिए । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीका अनुसार प्राकृतिक बासस्थान भएको ठाउँमा कुनै पनि वन्यजन्तुले आफ्नो सन्तान जन्माएमा वा छोडेमा केही गर्नु हुँदैन । ‘कतै असुरक्षित महसुस गरी बच्चालाई घरमा ल्याएर सुरक्षित ओतमा छोडेको देखियो,’ उनले भने, ‘सुरक्षित रहेको र ल्याएर कतै जंगलमा छोड्ने अवस्था नभएपछि हामीले नल्याएका हौं ।’

कार्यालयका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले पानी परिरहेकाले माउले ओतमा ल्याएर राखेको हुन सक्ने बताए । मानिसको बस्तीबाट करिब आधा घण्टाको उकालो बाटोमा पर्ने उक्त क्षेत्रलाई नेपाली सेनाले प्राविधिक शिक्षालय बनाउन अधिग्रहण गरिसकेको छ । भकुण्डेका गोविन्द खड्काका अनुसार प्राविधिक शिक्षालयको काम भइरहेको ठाउँबाट करिब ५ सय मिटरको फरकमा उक्त घर छ । मंगलबार दिउँसोसम्म ३ वटा बच्चालाई माउले लगिसकेको छ । एउटा बाँकी रहेकाले उक्त क्षेत्रमा कसैलाई पनि प्रवेश दिइएको छैन ।

प्रकाशित : भाद्र २३, २०७७ २०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×