सत्यमोहन जोशीलाई स्टार अस्पतालमा सबै सेवा नि:शुल्क

रोटरीका स्वास्थ्य शिविरमा स्टार अस्पतालले सहयोग गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — रोटरी दिवसकाे अवसरमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनलले इतिहासविद् तथा वाङ्‍मय सताब्दी पुरुष सत्यमोहन जोशीसहित आफ्ना २५ वर्ष पुराना सदस्यहरुलाई सम्मान गरेको छ । साेही कार्यक्रममा ललितपुरको सानेपामा रहेको स्टार अस्पतालले जोशीलाई सम्मान गर्दै अस्पतालका सम्पूर्ण सेवा सुविधा नि:शुल्क प्रदान गर्ने घोषणा समेत गरेको छ ।

सत्यमोहन जोशीलाई स्टार अस्पतालमा सबै सेवा नि:शुल्क

सोही अवसरमा आयोजित कार्यक्रमबीच रोटरी ईन्टरनेसनलसँग स्टार हस्पिटलले रोटरीले नेपालमा गर्ने हरेक स्वास्थ्य शिविरका लागि सहयोग गर्ने एक सम्झौत पनि भएकाे थियो ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोरकुमार महर्जन तथा प्रबन्ध निर्देशक डा. शैल रुपाखेती र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ तर्फबाट डिस्ट्रीक्ट गभर्नर किरणलाल श्रेष्ठ र डिस्ट्रीक्ट गभर्नर 'ईलेक्ट' राजिव पोखरेलले हस्ताक्षर गरेका थिए ।

स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार रोटरीले नेपालमा विभिन्न स्थानमा गर्ने स्वास्थ्य शिविरमा अब अस्पतालले आफ्ना चिकित्सक, प्राविधिक तथा औषधिहरु पठाएर सहयोग गर्ने छ । यस्तै रोटरीका डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पुर्‍याउने उद्येश्य अनुरुप नै स्टार हस्पिटलसँगको सहकार्य गरिएको बताए । यस्तै अस्पतालले रोटरीका सबै सदस्यको उपचारमा सहूलियत प्रदान गर्ने समेत घोषणा गरेको थियो ।


प्रकाशित : फाल्गुन १२, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?