१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

भियाग्राले दृष्टिदोष !

कान्तिपुर संवाददाता

काठमाडौँ — इरेक्टाइल डिस्फङ्सन (पुरुषको लिङ्ग उत्तेजनामा समस्या) लाई सुधार गर्न अर्थात् यौनआनन्द बढाउन भियाग्रा उपयोग गरिहेकाहरु दृष्टिदोषको सिकार हुन सक्ने एक अध्ययनले देखाएको छ । 

यो अनुसन्धान ‘फ्रन्टियर इन न्युरोलोजी’ मा प्रकाशित छ । अध्ययनअनुसार, भियाग्राको उपयोग गर्नेहरूले सुरुमा हलुका मात्रा नै लिनुपर्छ । यसपछि आवश्यकताअनुसार, यसलाई विस्तारै विस्तारै बढाउन सकिन्छ । भियाग्राको उच्च मात्रा प्रयोग गर्नाले मानिसका आँखा खराब हुन सक्छन् ।


भियाग्राले गर्दा आँखा खराब हुने यो समस्यापछि रंगलाई सही पहिचान गर्न नसक्ने (कलर भिजन) समस्यासम्म हुन्छ । केही मामिलामा अन्धोपनको समेत सिकार हुन सक्छन् । अध्ययनअनुसार विशेषज्ञको सल्लाह नलिई सेक्स, एन्जाइटी र इरेक्टाइल डिस्फङ्सनको उपचारका लागि भियाग्रा उपयोग गर्नेहरूलाई यस्तो समस्या देखिन सक्छ ।


भियाग्राले रगतको नलीलाई फैलाउने र मांसपेसीलाई राम्रो बनाउने काम गर्छ । यो औषधिको असर शरीरमा ३ देखि ६ घण्टासम्म रहन्छ ।


अध्ययनमा पाइएअनुसार, भियाग्राको दुष्प्रभावको सिकार भएकाले धमिलो देख्नुको साथै उनीहरू रातो र हरियो रंग राम्ररी छुट्याउन सकिरहेको थिएनन् । यी सबै व्यक्ति भियाग्राको एक सय मिलिग्रामभन्दा बढी मात्राको उपयोग गरिरहेका थिए । यसले आँखामा नराम्रो असर पार्नुका साथै घण्टौंसम्म टाउको दुखाउने पनि गर्छ ।


सन् १९९८ मा पहिलोपटक भियाग्रा बजारमा उपलब्ध भएको थियो । यो इतिहासमा सबैभन्दा बढी बिक्री हुने औषधिमध्ये एक हो । उसो त यो औषधि उच्च रक्तचापका बिरामीका लागि बनाइएको थियो तर पछि यसको उपयोग यौनआनन्द बढाउनका लागि हुन थाल्यो ।


प्रकाशित : फाल्गुन ३, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?