३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कहिले बन्‍ला कोरोना विरुद्धको औषधि ? 

एजेन्सी

काेराेना भाइरसको उपचारका लागि औषधि र खोप अहिलेसम्म बनेको छैन ।संक्रमितहरुलाई लक्षणका आधारमा चिकित्सहरुले उपचार गर्दै आएका छन् ।

कहिले बन्‍ला कोरोना विरुद्धको औषधि ? 

चिनीयाँ स्वास्थ्य आयोगका अनुसार शुक्रबार बिहानसम्म ६३८ जना कोरानाका कारण ज्यान गुमाएका छन् । चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको यो भाइरस अहिले २८ देशमा फैलिएको छ ।

वैज्ञानिकहरुले कोरोनाविरद्ध लड्‍नका औषधि र खोप निर्माणमा दिनरात खटिरहेका छन् । विभिन्‍‍न वैज्ञानिक पद्धति अनुसार उनीहरुले अनुसन्धान गरिरहेका छन् । हालसम्म वैज्ञानिकहरु कुन औषधिले कोरोनाका बिरामी निको हुन्छन् भन्ने पत्ता लगाउन सकिरहेका छैनन् ।

इबोलामा प्रयोग भएको औषधि ‘रिमडेस्भिर’ ले काम गर्न सक्ला ?

महामारीको रुपमा अफ्रिकामा सन् २०१३ मा फैलिएको इबोलाका कारण धेरैले ज्यान गुमाएका थिए । प्रकोप नियन्त्रणका लागि ‘रिमडेस्भिर’ औषधिको प्रयोग गरिएको थियो । अहिले यो औषधि कोरोना भाइरसमा 'ट्रायल' गरिएको छ ।

वुहानमा बिहीबारदेखि यो एन्टिभाइरल मेडिकेसन प्रयोग गर्न सुरु गरिएको हो । चीन–जापन मैत्री अस्पताल र वुहान जिनयिनटान अस्पतालको टिमले ७ सय ६१ बिरामीहरुमा यो ट्रायल सुरु गरेका छन् । उनीहरु मध्ये ३ सय ८ जना कम संक्रमित र ४ सय ५३ जना सिकिस्त थिए ।

अमेरिकाकी कम्पनी जिलिड साइन्सले इबोला भाइरसको उपचारको औषधि अहिले भने कोरोना भाइरसको उपचारको लागि पनि प्रयोग गरिँदैछ । तर यो भने अरु देशले स्वीकृत गरेका छैनन् ।

बेइजिङमा रहेको मिडिया ग्रुप थाइसिनले जनाए अनुसार जिलिड साइन्सले चीन सरकारसँग यो औषधि क्लिनिकल ट्रायलका लागि सहमति जनाएको छ जसमा कम्पनीले निःशुल्क औषधिहरु ट्रायलको लागि दिनेछ । द न्यू इंग्लेन्ड जर्नल अफ मेडिसिनमा उल्लेख भए अनुसार अमेरिकामा कोरोना भाइरस संक्रमित बिरामीको यही औषधिबाट उपचार गरिएको र उनको स्वास्थ्यमा पनि सुधार आएको थियो ।

औषधि कम्पनीहरुले कोरोना भाइरसको लागि खोप तथा औषधी बनाउन अझै समय लाग्‍ने बताउँदै आफूहरु प्रयासरत रहेको जनाएका छन् । यस भाइरसको लागि केही सफलता हात परिहाल्छ की भन्ने प्रयास उनीहरु जारी राखेका छन् ।

करिब एक दर्जन औषधी निर्माताहरु यसका लागि काम गर्ने खोप, एन्टिभाइरल वा अरु कुनै उपचारको खोजीमा छन् । यसका लागि नयाँ आविष्कारको खोजीमा रहेका कम्पनीले खोपको लगानी पनि कम्तीमा ८ सय मिलियन डलर खर्च लाग्‍ने बताएका छन् र यदि पत्ता लागिहाल्यो भने पनि कम्तीमा स्वीकृत हुन १ वर्षभन्दा बढी लाग्‍न सक्छ ।

ग्लाक्सो स्मिथ क्लाइन(जीएसके) का भ्याकसिन युनिटका चिफ मेडिकल अफिसर थोमस ब्रुअर भन्छन्, ‘यसका लागि कम्तीमा १२ देखि १८ महिना लाग्न सक्छ,अहिलेको यो संक्रमण फैलिरहेको अवस्थामा यो त्यति उपलब्धीमूलक हुन सक्दैन । ’

जीएसकेले औषधि निर्माताहरुलाई प्रविधिसँग सम्बन्धित सहयोग गरिरहेको छ ताकि खोप शक्तिशाली होस् ।

डिसेम्बरमा चीनबाट देखिएको यो भाइरस रोक्‍ने छाँटकाँट देखिँदैन । तर विस्तारै भने संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको चीनियाँ सञ्चारमाध्यले जानकारी गराएका छन् ।

जिलिडका चिफ मेडिकल अफिसर मेरडार्ड पार्सेका अनुसार थेरापटिक र भ्याक्सिनमा भिन्नता छ । यो एकदमै सुपर फास्ट हुन सक्दैन । भ्याक्सिनभन्दा उपचारका लागि क्लिीनिकिल ट्रायल छिटो तथा छोटो हुने उनको भनाइ छ ।

जीलिडले रिमडेस्भिरको आपूर्ति सिमित गरेको छ ।

‘म्याजिक बुलेट’ को खोजीमा

सार्सको महामारीलाई नजिकबाट नियालेका यूएस सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशक डा. थोमस फ्रिडेन मउनी भन्छन्,'इमरजेन्सीका बेला एन्टिभाइरल उपचारको फाइदा भएपनि त्यसको उत्पादन त्यतिबेला एकदमै सिमित थियो । मर्स र सार्समा संक्रमण नियन्त्रणका लागि राम्रो गरेको थियो जसले विश्वभर नै धुम मच्चाएका थिए ।'

फ्रिडेन भन्छन्,'यो होइन की हामीले प्रयास गर्नुहुन्न तर हामी म्याजिक बुलेटको खोजीमा छौँ । कहिलेकाही हामीसँग आभारभूत कुराहरु हुनुपर्दछ ।'

बुधबार प्रसारण भएको एक चिनियाँ रिपोर्टका अनुसार झिज्याङ युनिभर्सिटीको अनुसन्धान टोलीले कोरोना भाइरसका एक औषधि पत्ता लगाएका छन् । त्यसैगरी स्काइ न्युजले एक समाचारमा यूकेमा पनि यो भाइरसका लागि भ्याकसिन पत्ता लागेको दाबी गरेको छ ।

उपचारका लागि औषधि र भ्याकसिन पत्ता लागेको हो ? भन्ने प्रश्नमा विश्व स्वास्थ्य संगठनका प्रवक्ता त्यारिक जसारेभिले अहिलेसम्म यसका लागि कुनै औषधि पत्ता लागि नसकेको जानकारी गराए ।

प्रकाशित : माघ २४, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?