२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

फर्सीले कम गर्छ बुढ्यौली

काठमाडौँ — सामान्य तरकारीका रूपमा प्रयोग गरिए पनि फर्सीका थुप्रै औषधीय गुण रहेको हुन्छ । गाउँघरदेखि सहरबजारसम्म प्रचलित फर्सीलाई वर्ष दिनसम्म पनि सुरक्षित राखेर प्रयोग गर्न सकिन्छ । हरियो, रातो, पहेलो, सेतो, सुन्तला रंगलगायतमा फर्सी पाइन्छ । विश्वभरि उपयोग हुने कारणले नै सेप्टेम्बर २९ तारेखमा पम्पकिन–डेसमेत मनाइन्छ ।

फर्सीले कम गर्छ बुढ्यौली

फर्सीमा ९० प्रतिशत पानी हुन्छ । यसलाई फलको श्रेणीमा समेत राखिन्छ । यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो । यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ ।


आहार विशेषज्ञहरूका अनुसार, फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ । यसमा प्रचूर मात्रामा रेसा (फाइबर) पाइन्छ । त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ । फर्सीले रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ । यसले प्याक्रियाज/अग्न्यासयलाई समेत सक्रिय गर्छ । यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन् ।


फर्सीको रससमेत फाइदाजनक मानिन्छ । यसमा मुख्यत: विटा केरोटिन पाइन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन ‘ए’ एवं ‘सी’ र पर्याप्त मात्रामा खनिज लवण पाइन्छ । पहेंलो र सुन्तला रंगको फर्सीमा केरोटिनको मात्रा बढी हुन्छ । फर्सीको बियाँ फलाम, जिंक, पोटासियम र म्याग्नेसियमको राम्रो स्रोत हो ।

प्रकाशित : माघ ११, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?