वायु प्रदूषणले सिजोफ्रेनिया

काठमाडौँ — वायु प्रदूषणले हाम्रो शारीरिक स्वास्थ्यलाई मात्र प्रभावित पार्दैन, यसले मानसिक स्वास्थ्यलाई समेत प्रभावित पार्ने अध्ययनमा देखिएको छ ।

जामा नेटवर्क ओपेन साइन्समा प्रकाशित अध्ययनअनुसार वायु प्रदूषणको उच्च स्तरको प्रभावमा पर्ने बच्चामा सिजोफ्रेनिया हुने खतरा बढी हुन्छ ।

यो अध्ययनमा संलग्न २३ हजार ३ सय ३५ व्यक्तिमध्ये ३ हजार ५ सय ३१ जनामा सिजोफ्रेनियाको समस्या थियो ।


सिजोफ्रेनिया एक प्रकारको मानसिक रोग हो, जसले व्यक्तिको सोच्ने बुझ्ने, अनुभूति गर्ने व्यवहारलाई नकारात्मक रूपले प्रभावित गर्छ ।


पर्यावरण विज्ञान विभागको प्रदूषणसम्बन्धी तथ्यांक र आईपीएसवाईसीएचको आनुवांशिक तथ्यांकको संयुक्त अध्ययनले प्रदूषणको स्तर जति बढी हुन्छ, सिजोफ्रेनियाको खतरा त्यति नै बढ्ने थाहा भएको हो ।


वायु प्रदूषणको घनत्वमा दिनहुँ १० मिलिग्राम प्रति लिटरको वृद्घिले सिजोफ्रेनियाको खतरा २० प्रतिशतसम्म बढ्छ । अध्ययनअनुसार त्यस्तो बच्चा जो दिनहुँ २५ मिलिग्राम प्रति घनमिटरभन्दा बढी वायु प्रदूषण भएको पर्यावरणमा रहन्छन्, उनीहरूमा सिजोफ्रेनिया हुने आशंका ६० प्रतिशतसम्म बढी हुन सक्छ ।


अनुसन्धानकर्ताले तथ्यांकका आधारमा के पत्ता लगाए भने कुनै व्यक्तिको सम्पूर्ण जीवनमा सिजोफ्रेनिया हुने आशंका करिब २ प्रतिशत हुन्छ । यसको अर्थ हरेक १ सय व्यक्तिमध्ये दुई जनामा यो रोग हुने सम्भावना रहन्छ ।

वायु प्रदूषणको निम्नस्तरको सम्पर्कमा आउनेलाई सिजोफ्रेनिया हुने खतरा २ प्रतिशतसम्म हुन्छ भने वायु प्रदूषणको उच्च स्तरको सम्पर्कमा आउनेका लागि यो तथ्यांक करिब ३ प्रतिशतसम्म हुन्छ ।


यो पहिलो अनुसन्धान हो, जसमा वायु प्रदूषण र आनुवांशिक सम्बन्धको संयुक्त अध्ययन गरेर सिजोफ्रेनियाको जोखिम पत्ता लगाइएको हो ।


प्रकाशित : माघ ४, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?