२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

ढाड दुख्ने समस्या हटाउन योग

काठमाडौँ — अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार ‘लोअर व्याक पेन’, र निद्रा न आउने समस्यासँग जुधिरहेकाहरूका लागि योग गर्नु धेरै फाइदाकारी हुन्छ । 

ढाड दुख्ने समस्या हटाउन योग

जर्नल अफ इन्टरनल मेडिसिनमा यो अध्ययन प्रकाशित छ । बोस्टन मेडिकल सेन्टरले ब्याक पेनको उपचारका लागि योग र साइकोथेरापीको प्रभावबारे अध्ययन गरेका हुन् ।


अनुसन्धानअनुसार अनिद्राको समस्या र ब्याक पेनको उपचारमा साइकोथेरापी र योग धेरै सहयोगी सावित हुन सक्छ । यसको प्रभावले गर्दा बिरामीलाई धेरै कम मात्रामा दुखाइनाशक औषधिको आवश्यकता हुन्छ । एक अध्ययनमा बताइएअनुसार दीर्घकालीन ब्याक पेनले जुधिरेहेका ५९ प्रतिशत बिरामीलाई अनिद्राको समस्यासमेत हुन्छ । थुप्रै बिरामी यो समयमा ‘इन्सोम्निया डिजअर्डर’ ले पीडित हुन्छन् ।


उसो त इम्सोम्निया (अनिद्रा) र ब्याक पेनको लागि पर्याप्त उचित औषधि उपलब्ध भए पनि यसको बढी र लामो समयसम्म उपयोगले बिरामीमा यो औषधिको साइड इफेक्ट देखिन थाल्छ ।


यो साइड इफेक्टबाट बच्न सबैभन्दा उपयुक्त र सजिलो उपाय प्रशिक्षकको रेखदेखमा बिरामीलाई योग गराउनुरहेको छ । यसले गर्दा बिरामीहरू दुखाइ र अनिद्राबाट मुक्ति पाउनुका साथै औषधिको साइड इफेक्टबाट समेत बच्न सकिन्छ ।


प्रकाशित : मंसिर १४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?