कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

औषधीय गुणयुक्त तुलसी

काठमाडौँ — सांस्कृतिक महत्त्व बोकेको तुलसी मुलुकको अधिकांश आँगनमा पाइन्छ । यो उच्च स्तरीय औषधिसमेत हो । 

औषधीय गुणयुक्त तुलसी

अझै गाउँ घरमा रुघाखोकी हुनासाथ, आमा, हजुरआमाहरूले बच्चादेखि ठूलाबडासम्मलाई तुलसीको पात खुवाउने चलन कायमै छ ।


पूर्वीय धर्मग्रन्थ वेदमा समेत तुलसीको बिरुवाको पवित्रतासँगै औषधीय गुणको वर्णन गरिएको छ । झाडीको रूपमा रहने तुलसीको बोट एकदेखि तीन फिटसम्म अग्लो पाइन्छ । यसको बिरुवा पवित्र मानिन्छ । तुलसी थुप्रै जातका भए पनि सबै फायदाकारी नै छन् । गुण धर्मअनुसार कालो तुलसीलाई राम्रो मानिन्छ । एलोपेथिक, होमियोपेथिक र युनानी औषधिहरूमा समेत तुलसीको कुनै न कुनै रूपमा उपयोग गरिन्छ ।


आयुर्वेदको अनुसार तुलसी शरीर, मन र आत्माको पीडा हरण गर्ने मानिन्छ । यसमा जीवाणुनाशक मूत्रवर्धक गुणसमेत पाइन्छ । जसले संक्रमण हटाउनुका साथै तनाव र अन्य रोगविरुद्घ प्राकृतिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।


आयुर्वेद चिकित्सकका अनुसार तुलसीको नियमित सेवनले स्वाइनफ्लुलगायतका फोक्सोको संक्रमणसँग जुध्नसमेत सहयोगी मानिन्छ । तुलसीले रोग प्रतिरोधक क्षमता बढाउने मान्यता छ । यसलाई शक्तिवर्धक औषधिका रूपमा समेत उपयोग गरिन्छ । यसले कार्यक्षमतामा मात्र वृद्घि नभई शीघ्र पतनमा समेत फाइदाकारी रहने मान्यता छ ।


युनानी चिकित्सा पद्घतिअनुसार तुलसीमा रोग निको पार्ने भरमग्दुर क्षमता छ । यसले रुघाखोकीको प्रभावलाई कम गर्छ । ज्वरो कम गर्नुका साथै यो मुटुको रक्तनली, कलेजो, फोक्सो, उच्च रक्तचापसँगै चिनीको मात्रा कम गर्नसमेत सहयोगी मानिन्छ । तुलसीको काँडाले रगत सफा गर्नुका साथै कोलेस्ट्रोलको स्तरमा समेत कमी ल्याउँछ ।


भनिन्छ, तुलसीको नियमित सेवनले शरीरमा उर्जाको प्रवाह नियन्त्रित रहन्छ र उमेर बढ्छ । यति मात्र नभई तुलसीमा हुने एन्टिअक्सिडेन्टले शरीरको मृत कोषिकालाई ठीक बनाउन सघाउँछ ।


तुलसीमा अनेक जीव–सक्रिय रसायन पाइन्छ । यसमा ट्रैनिन, सैवोनिन, ग्लाइकोसाइड र एल्केलाइडस प्रमुख छन् । हालसम्म तुलसीमा पाइने रसायनको पूर्ण विश्लेषण हुन सकेको छैन । यसमा पाइने पहेँलो वास्पशील तेलको मात्रा संगठन, स्थान र समयका अनुसार परिवर्तित हुने गरेको छ । यसमा सामान्यत: ०.१ देखि ०.३ प्रतिशतसम्म तेल पाइन्छ । ‘बेल्थ अफ इन्डिया’ का अनुसार तुलसीको तेलमा करिब ७१ प्रतिशत युजिनाल, २० प्रतिशत युजिनाल मिथाइल इथर तथा ३ प्रतिशत कार्बाकोल हुन्छ ।


हरियो तुलसीमा कालोको तुलनामा केही बढी तेल हुनुका साथै सापेक्षित धनत्वसमेत बढी हुन्छ । यसको पातमा ८३ मिलिग्राम प्रतिशत भिटामिन सी एवं २.५ मिलिग्राम प्रतिशत कैरेटिन हुन्छ । तुलसीको बीउमा भने पहेँलो तेल करिब १८ प्रतिशत मात्रामा पाइन्छ ।


आधुनिक अनुसन्धानअनुसार तुलसीको बोटले वातावरणलाई समेत स्वस्थ पार्छ । यसको बोटले वातावरणलाई सफा गर्छ । यसका साथै तुलसीमा भएको युजेनोल नामक अर्गानिक यौगिकले लामखुट्टे, झिँगालगायत कीरा/फट्यांग्रा भगाउँछ । तुलसीको बोटले त्यो स्थान विशेषमा अक्सिजनको मात्रा बढाउँछ ।


त्यसैगरी, यो प्राकृतिक वायु शुद्घ गर्ने बोट हो । यो बोट दिनहुँ करिब १/२ घन्टासम्म अक्सिजन छोड्छ । तुलसीको बिरुवाले निरन्तर अक्सिजन फ्याल्नुको साथै कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइडलगायत विषालु ग्यासलाई समेत सोस्छ । यति मात्र नभई तुलसीको बास्नाले घर, आँगनमा मिठो र ताजा सुगन्ध मिल्छ । जसका कारण मानिसको खराब मुडसमेत परिवर्तन गर्ने विश्वास छ ।


मुटुको साथी ‘ब्याक्टेरिया’

अनुसन्धानकर्ताहरूको अनुसार मानिसको आन्द्रामा पाइने जीवाणुको प्रजाति ‘अक्करमेसिया म्युसिनिफिला’ लाई पास्चराइज्ड गरेर उपयोग गर्दा विभिन्न मुटु रोगको जोखिमको कारकमा बढी सुरक्षा प्रदान गर्छ ।


३२ जनामा गरिएको अध्ययन ‘नेचर मेडिसिन’ मा प्रकाशित छ । अनुसन्धानकर्ताले मोटो सहभागीलाई ‘अक्करमेसिया म्युसिनिफिला’ दिए । यी सबैमा टाइप–२ डाइबिटिज र मेटाबोलिक सिन्ड्रोम देखियो अर्थात् यिनीहरूमा मुटुको रोगसँग सम्बन्धित जोखिमको कारक थिए ।


प्रकाशित : मंसिर १४, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?