कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अत्यधिक सफ्ट ड्रिंक्स सेवन हानिकारक 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालै गरिएको एक अध्ययनअनुसार सफ्ट ड्रिंक्सको अत्यधिक सेवनले समयअगावै मृत्यु हुने देखिएको छ । जामा इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन परिणामअनुसार चिनी वा गुलियो पेय दैनिक दुई गिलास वा बढी सेवन गरेको खण्डमा अल्पायुको जोखिम बढ्छ । 

अत्यधिक सफ्ट ड्रिंक्स सेवन हानिकारक 

विभिन्न १० युरोपेली देशका ४ लाख ५० हजार व्यक्तिमा गरिएको अध्ययनमा उक्त तथ्य थाहा भएको हो । अनुसन्धानकर्ताले कृत्रिम रूपले गुलियो पेय पदार्थको अत्यधिक सेवनले मानिसको पाचनक्रियामा समेत असर पुग्ने जनाएका छन् । अध्ययनकर्ताका अनुसार सफ्ट ड्रिंक्सले मुटु रोग तथा स्ट्रोकजस्ता समस्यासमेत निम्त्याउँछ । सफ्ट ड्रिंक्सको अत्यधिक उपयोग तमाखु तथा धूमपान सेवनभन्दा बढी खतरनाक हुने देखिएको अनुसन्धानको निष्कर्ष छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?