कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मोटोपनले हुन सक्छ मधुमेह

कान्तिपुर संवाददाता

काठमाडौँ — मोटोपनका कारण टाइप-२ मधुमेह र मुटुको रोगको खतरा छ गुणासम्म बढ्ने एक अध्ययनमा देखिएको छ । मोटोपनबाहेक वंशानुगत कारण र गलत जीवनशैलीले टाइप-२ मधुमेहको खतरा बढ्छ ।

अनुसन्धानलाई स्पेनको बार्सिलोनामा आयोजित युरोपियन एसोसिएसन अफ द डायबिटिकको बर्सेनि बैठकमा प्रस्तुत गरिएको थियो । अध्ययनअनुसार, जीवनशैली, मोटोपना र आनुवांशिकता टाइप-२ मधुमेहको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । विश्वभरि नै यो तीव्र गतिले फैलिरहेको एउटा साझा स्वास्थ्य समस्या हो ।


भारतमा मात्रै करिब १० लाख मानिस टाइप २ मधुमेहका सिकार छन् । २५ वर्षभन्दा कम उमेरका हरेक ४ व्यक्तिमा एक जनालाई टाइप-२ मधुमेह छ । इन्टरनेसनल डाइबिटिज फेडेरेसनका अनुसार, सन् २०१७ मा करिब ४ सय २५ मिलियन वयस्कलाई यो समस्या भएको थियो ।


टाइप-२ मधुमेह रोक्ने वर्तमान रणनीतिअन्तर्गत शरीरको तौललाई सामान्य राख्नु र स्वस्थकर जीवन शैलीलाई महत्त्व दिइएको छ । मधुमेहको बिरामीलाई सवैभन्दा बढी खतरा बढ्दो तौलको कारण हुन्छ । तपाईंमा मधुमेह नभए पनि पेटको छेउछाउ, नितम्ब र साप्रामा बोसो छ भने मधुमेह रोग हुने जोखिम बढ्छ ।

प्रकाशित : कार्तिक ९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?