कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मस्तिष्कले राम्रो ठान्छ नयाँ सूचना 

काठमाडौँ — नयाँ जानकारी प्राप्त भएपछि हाम्रो मस्तिष्क उस्तै खुसी हुन्छ जस्तो हामीलाई पैसा वा रुचिकर भोजन पाए पछि हुने गर्छ । यो दाबी ‘अमेरिकन जर्नल प्रोसिडिग्स अफ द नेशनल एकेडमी अफ साइन्सेज’ मा प्रकासित एउटा अनुसन्धानमा गरिएको छ । 

मस्तिष्कले राम्रो ठान्छ नयाँ सूचना 

यस अनुसन्धानमा जसरी व्यक्ति विशेष कुनै आवश्यक सन्देश नआए पनि मोबाइन फोनलाई बारम्बार चेक गर्छन, ठिक त्यस्तै हाम्रो मस्तिष्कले पनि सूचना पाउनको लागि आफनो ‘स्केल’ बदलिरहन्छ । अनुसन्धानकर्ताले आफ्नो अध्ययनको समय जुवा खेलाएर यसको पत्ता लगाएका थिए । सूचना पाएपछि मस्तिष्कको काम गर्ने तरिकालाइ पत्ता लगाउन अनुसन्धानकर्ताले मस्तिष्कको स्क्यानिङ गरेर त्यसको विश्लेषण गरेका थिए ।


अनुसन्धान अनुसार हाम्रो मस्तिष्कमा सूचना र धनका लागि एउटै ‘न्यूरल कोड’ हुन्छ । जसरी हामीलाई जंक फुड राम्रो लाग्छ त्यसरी नै कुनै पनि सूचना हाम्रो मस्तिष्कलाई राम्रो अनुभव गराउँछ ।


एमआरआइ स्क्यानको विश्लेषणले सूचनाले मस्तिष्कको मात्र त्यही खण्ड सक्रिय हुन्छ, जहाँबाट डोपामाइनको चुहावट हुन्छ । डोपामाइम मस्तिष्कमा उत्पन्न हुने त्यहि रसायन हो जो खाना खाने, पैसा पाउने वा बढी औषधि लिँदा सक्रिय हुन्छ ।


मस्तिष्कमा एक सेकेन्डमा एक लाखभन्दा बढी रसायनिक प्रतिक्रिया हुन्छ । उमेर बढ्दै जाँदा मस्तिष्क पनि परिपक्व हुँदै जान्छ । मनुष्यको मस्तिष्क हरेक उमेरमा नयाँ कुरा सिक्न र नयाँ जानकारी पाउनका लागि सधैं तयार हुन्छ ।


कम सुताइले बढ्छ तौल

हालै गरिएको एउटा अनुसन्धान अनुसार बढी वा कम सुत्नुले तौलमा प्रत्यक्ष प्रभाव पर्छ । दुई हजार व्यक्तिमा गरिएको यो अनुसन्धान ‘इन्टरनेशनल जर्नल अफ ओवेसिटि’ मा प्रकासित छ ।


अनुसन्धान अनुसार, कम वा बढी सुत्नाले शरिरको बडी मास इन्डेक्स प्रभावित हुन्छ । निन्द्रा र मनुष्यको तौलबारे गरिएको अध्ययनमा केहि व्यक्तिलाई बढी समयसम्म त केहिलाइ कम समय सुत्न दिइयो । एक वर्षसम्म गरिएको अध्ययन पछि कम सुत्ने र बढी सुत्नेको तौल जाँच्दा समयमा नसुत्नेमा तौलको कमी धेरै देखियो । छ घन्टा भन्दा कम सुत्ने व्यक्तिको बडी मास इन्डेक्समा धेरै प्रभाव देखियो । छ घन्टाको पुर्ण निन्द्रा नलिने व्यक्ति १२ महिनामा पहिलेको दाँजोमा धेरै कमजोर पनि देखिए ।


दिनहु ६ घन्टा निन्द्रा लिनुको साथै सहि समयमा सुत्ने, उठ्नेहरूको शरिर धेरै सन्तुलित देखियो ।


‘बर्न आउट’ हुनसक्छ खतरनाक

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘बर्न आउट’ लाई एउटा नयाँ रोग मानेको छ । यो रोगमा व्यक्ति कामले गर्दा थाकेको अनुभव गर्छ ।


यो एउटा यस्तो रोग हो जो अफिसमा बढी काम गर्नाले हुने तनाव (स्ट्रेस) ले गर्दा पैदा हुन्छ । डव्लुएचओको सूचीमा सामेल हुनाले अव यस रोगको उपचार समेत गर्न सकिन्छ । थाकेको अनुभव गर्नु वा उर्जा कम हुनु, एउटै जागिरमा लामो समयसम्म रहनाले हुने तनाव वा कार्य स्थलमा नकारात्मक अनुभव गर्नु, प्रोफेसन रुपमा आफनो क्षमता कम हुँदै गएको अनुभव गर्नु यो रोगका लक्षण हुन् । त्यस्तै, निन्द्रा कम लाग्नु, बिहान उठेपछि थकाइ अनुभव हुनु, बढी कामको दबाबको कारण आफन्तसँग टाढिनु, हरेक कुरामा रिस उठ्नुलगायतका पनि रहेका छन् ।

प्रकाशित : असार २१, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?