कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

बहुगुणी झुसे करेला

काठमाडौँ — झुसे करेला/चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । मैथिलीमा चठैल भनिने यो तरकारीको सेवनले शरीर स्वस्थ्य र तन्दुरुस्त रहन्छ । आयुर्वेद अनुसार चट्टेल स्वादिलो मात्रै होइन स्वास्थ्यबर्द्धक पनि हुन्छ ।

बहुगुणी झुसे करेला

यो प्रोटिनको भण्डार हो । यसमा मासुको तुलनामा धेरै बढी प्रोटिन हुन्छ । चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छालासम्बन्धी रोग हुन दिँदैन ।


यसमा मेमोरडिसिन तत्त्व र रेशा (फाइबर) को बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फाइदाजनक छ । मेमोरडिन तत्त्व, एन्टिअक्सिडेन्ट , एन्टिडायबिटिक र एन्टिस्टेरसजस्तै काम गर्छ । तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।


यति मात्र होइन, यसमा क्यालोरीको मात्रासमेत कम हुने भएकाले स्वास्थ्यवर्द्धक छ । दाबी गरिए अनुसार १०० ग्राम चट्टेलको तरकारी खाँदा १७ क्यालोरी प्राप्त हुन्छ । तौल घटाउनेहरूको लागि यो तरकारी राम्रो विकल्प हुन सक्छ । यसले पाचन प्रकृयालाई पनि राम्रो पार्न सघाउँछ ।


झुसे करेलाले रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्नसमेत सहयोग गर्छ । यसको सेवनले क्यान्सरको रोगीलाई समेत फाइदा पुग्छ । यसमा भएको ल्युटेनजस्तो केरोटोनोइडसले आँखासम्बन्धी विभिन्न रोग, मुटु रोग, क्यान्सरसमेतको रोकथाममा सहयोग गर्छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?