१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रत्यारोपणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ — पर्सि शनिबारदेखि काठमाडौंमा दुई दिने पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन हुने भएको छ । सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रिलिया, जापान, सिगापुर, श्रीलंका, भारतका करिब ३० जना प्रत्यारोपण विशेषज्ञ सँगै नेपालका करिब ३ सय जनाको सहभागिता रहने छ ।

प्रत्यारोपणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

व्रिज द ग्याप (अन्तर कम गरौं) नारासहित हुन लागेको उक्त सम्मेलन शहीदधर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, अङ्ग प्रत्यारेपण समाज नेपाल र इन्डियन प्रत्यारोपण समाजको सहकार्यमा हुन लागेको हो । सम्मेलनका अध्यक्षमध्येका एक प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठका अनुसार पहिलो दिन प्रत्यारोपणसम्बन्धी प्राविधिक विषयमा छलफल हुनेछ । दोस्रो दिन नेपालको ७५ वटा जिल्ला अस्पतालका चिकित्सक र नर्स समेतको प्रतिनिधित्व हुने गरी जनचेतना अभिवृद्धि गर्ने गरी मष्तिष्क मृत्युबाट हुने अङ्गदानसम्बन्धी विशेष छलफल हुने बताइएको छ ।


कार्यक्रमको वैज्ञानिक समितिका अध्यक्ष प्रा.डा. राकेशकुमार बर्मा, सदस्य सचिवमा डा. सुमितआचार्य तथा सहसचिवमा इन्डियन अङ्ग प्रत्यारोपण समाजबाट डा. विवेक कुटे छन् । नेपालमा वर्षेनी ३ हजार जनाको मृगौला र १ हजार जनाको कलेजो फेल हुने गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?