के तपाईलाई थाहा छ ? मानिसलाई उसको सोचअनुसार नै  रोग लाग्छ नि ! 

डा. ललित कुमार मिश्र

काठमाडौँ — रोगी भएर बाँच्न कोही पनि चाहदैन । सबै स्वस्थ्य रहन चाहन्छन् । स्वस्थ्य रहनका लागि धेरै कुराको ख्याल गर्नु जरुरी हुन्छ । नियमित व्यायम, पोषणयुक्त खानालगायतका कार्यहरु गर्दा पनि हामी स्वस्थ्य रहेको दावा गर्न सक्दैनौँ । स्वस्थ्य रहनका लागि हाम्रो मस्तिष्क पनि शरिरसँग सम्बन्धित हुन्छ, जुन चिकित्सा विज्ञानले प्रमाणित गरेको छ । 

धेरै जसो रोगहरु 'साईकोसोमेटिक' हुन्छन् । तपाईँको मनको, नकारात्मक सोचका कारणले पनि रोग लागिरहेको हुन्छ । तपाईँको शरीरमा कुनै रोग छैन, तर तपाईँको मन बिरामी हुन सक्छ । जसले गर्दा तन बिरामी भइरहेको छ । आम धारणा भने फरक छ । यदि मन खराब छ भने शरीरमा यसको कुनै प्रभाव हुदैन । मन र शरीर फरक कुरा हुन् । शरीरसँग मनको केहि लिनु दिनु छैन ।


वास्तवमा भन्नुपर्दा मनको एउटा सानो विचारले पनि शरीरमा आफ्नो प्रतिकृया जनाउँछ । यसै कारण मन तन्दुरुस्त छ भने तनपनि तन्दुरुस्त हुन्छ । स्वास्थय सम्बन्धि एउटा किताब पढेँ, जसमा ए देखि जेडसम्म प्रत्येक रोगको नाम लेखिएको छ । त्यसकै छेउमा उसको विचार पनि लेखिएको छ । जस्तै – ए – अर्थराईटिस , बी – बल्डप्रेसर , सी- केन्सर , डी – डायबिटिज । यसैगरी प्रत्येक रोगको साथै योपनि लैखिएको छ कि यस्तो- विचार गर्नाले यो रोग लाग्छ, र यस किसिमको विचार गर्नाले यस्तो रोग हुन्छ ।


मन जुनअवस्थामा हुन्छ मस्तिष्कद्वारा हार्मोन्सको स्राव पनि त्यसै अनुरुप हुन्छ र हाम्रो कार्य हार्मोन्स द्वारा नै निर्मित हुन्छ । हिजोआज मुटु सम्बन्धि रोगहरु 'कमन' हुँदै गइरहेको छ । सबैभन्दा मुख्य कारण यसको के हो भने यदि तपाईँको स्वाभाव एकदम सिरियस भएर बस्ने किसिम को छ, तपाईँ एकदमै रिसाउने गर्नुहुन्छ, या तपाईँ एकदमै सेन्सेटिभ हुन्हुन्छ, सानो-सानो कुरामा पनि झर्किनु हुन्छ, मनमा राख्नु हुन्छ भने यस किसिमको बानीले पछि गएर तपाईँको मुटुलाई असर गर्न सक्छ । धेरै जसो ह्रदयघातको कारण यही कारणले हुने गर्छ ।


यहाँ यो कुरो स्पष्ट छ– की जबसम्म तपाईँको मन यदि पोजिटिभ भएन भने तपाईँ कहिलेपनि स्वस्थ्य भएर बस्न सक्नु हुन्न । यसकारण आजबाट नै आफ्नो हेल्थलाई महत्व दिन सुरु गर्नुस् । किनभने जब तपाईँको स्वास्थ्य नै ठिक छैन भने तपाईँसँग भएका जति पनि सुख-सुविधाका साधनहरु छन् त्यसको कुनै महत्व छैन । हेल्थलाई महत्व दिनुछ भने तपाईँले माईन्ड ( मन–मस्तिष्क) लाई महत्व दिनुस् ।


धेरे जसोलाई लाग्छ कि औषधिहरुको सेवनले नै हामी निको हुन्छौँ । तर वास्तवमा हामीलाई रोगबाट मुक्ति दिलाउने काम हाम्रो माईन्डले गर्छ । औषधिले त हाम्रो मनमा एकप्रकारको साईकोलोजिकल ईफेक्ट खडा गर्दछ । प्लेसबो ईफेक्टको सम्बन्धमा धेरैपल्ट अनुसन्धान भएको छ । जसमा एउटै किसिमका रोगबाट पीडित भएका दुईजना रोगीलाई लिइन्छ । एउटालाई ओरिजनल औषधि दिईन्छ भने अर्कोलाई यस्तो औषधि दिईन्छ जुन हेर्दा ओरिजलन दबाई जस्तो देखिन्छ । तर यसको बिरामीको शरीरमा कुनै किसिमको ईफेक्ट हुँदैन । जब दुवैजनालाई एज ए ट्रिटमेन्ट औषधि दिईन्छ । त्यस बेला परिणाम के देखियो भने दुवै पेसेन्ट पूर्णरुपले निको भए । यसैलाई भनिन्छ प्लेसिबो ईफेक्ट । किनभने जुन बिरामीलाई औषधि दिइयो उसको शरीरमा त असर हुनै नै भयो, तर औषधिको सट्टा अर्को बिरामीलाइ औषधिको नाम मा प्लेसिबो दिईयो – यो औषधि हो भनेर । उसको साईकलोजीले यहाँ काम गर्न सुरु गर्यो, अर्थात् उसको माईन्डले यहाँ काम गर्न सुरु गरिदियो ।


तपाईँको माईन्ड( मन)सँग सबैभन्दा ठूलो हिलिगं पावर छ, जसलाई आटोमेटिक हिलिगंसिस्टम भनिन्छ । जुन क्षमता हामी सबैसँग छ । कहिले काही हाम्रो हात-खुट्मा स-साना चोटपटक लाग्छ । त्यसबेला हामी केहि गर्दैनौँ त्यो घाउ भित्रबाट आफैँ निको भएर जान्छ । यो जुन हिलिगंसिस्टम हो त्यसले हाम्रो शरीरको प्रत्येक सेलमा काम गर्दछ । जब तपाईँको मन नेगेटिभ हुन्छ माईन्डले तपाईँको शरीरमा प्वाइजन जेनेरेट गर्दछ । तपाईको मनले शरीरलाई बिरामी बनाउँछ । र मन खुशी हुँदा शरीरमा भएका रोगहरु हिलिगं हुन थाल्छन् ।


केही मानिसहरु आफूलाई निको नहुने रोग लागेको भन्दै निराश हुन्छन् । यस्ता रोगहरुलाई 'इनक्युरेबल' पनि भनिन्छ । इनक्युरेबल अर्थान इन- भित्रबाट, क्युरेबल– ठिक हुन्छ । भित्रैबाट निको हुने किसिमको रोग लागेको रहेछ । यदि तपाईँलाई यस किसिमको कुनै रोग छ भने न डराउनुस्, हिम्मतले काम लिनुस् । आफ्नो मनलाई पोजेटिभ बनाउनुस् । सकारात्मक सोच राख्नुस् , पोजिटिभ सोचको बारेमा बर्ल्ड वाईज रिसर्च भएका छन् । जसमा बिरामीले केन्सर जस्तो प्राणघातक रोगलाई समेत जितेका छन् ।


विश्वमा यस्ता कयौ हस्तिहरु छन् जो आफ्नो सकारात्मक सोचको जादुले असाध्य रोगमाथि विजय प्राप्त गरेका छन् । बलिउड अभिनेत्री मनिषा कोईराला, पर्यटनउद्यमी कर्ण शाक्यलाई हामी उदाहरणका रुपमा लिन सक्छौँ । ईनर हिलिगं सिस्टममाथि- पोजिटिभ सोचले गर्ने असरको सम्बन्धमा सहकार्य गर्ने हो भने हामी विश्वको स्वास्थ्य क्षेत्रमा धरै सुधार ल्याउन सक्छौँ । यो होइन कि मेडिसन आवश्यक छैन । आवश्यक परेको बेला चिकित्सकको परामर्शमा औषधि लिनुपर्छ । सानो–तिनो समस्या हुने बित्तिकै औषधि खाईहाल्ने मानिसहरुमा औषधि नलिए आफू सन्चो हुन्न भन्ने भ्रम हुन्छ । उनहरुको मनले स्वंय आफैँभित्र रहेको हिलिगं सिस्टम माथि भरोसा गर्न सक्दैनन् ।


सामान्य समस्यमा औषधि खाने बानीले हानी पुर्याउन सक्छ । यदि कुनै औषधिको साईड ईफेक्ट छैन भने त्यसले तपाईको शरीरमा कुनैपनि प्रकारको प्रभाव राख्न सक्दैन । तपाईँ जुन- जुन औषधि लिनुहुन्छ निश्चय नै तपाईँको रोगलाई ठिक त गर्छ तर शरीरलाई विस्तारै–विस्तारै खोक्रोपनि पारीदिन्छ । प्रकृतिले हामीभित्र – यस्तो हिलिगंको रचना गरेको छ भने त्यसलाई किन न अपनाउने ।


यदि स्वस्थ्य रहन छ भने सब भन्दा पहिले मनलाई स्वस्थ्य राखौँ । मनलाई चलाउनका लागि उर्जाको आवश्यकता पर्दछ । यो उर्जा शरीरको कोष एवं मस्तिष्कको ग्रन्थि द्वारा स्रावित हार्मोन्सबाट प्राप्त हुन्छ । भनाई नै छ,“ नो पोईजन्स किल अ पोजिटिभ थिकंर एन्ड नो मेडिसिन क्यान क्युर अ नेगेटिभ थिकंर” । त्यही भएर होला स्वास्थ्य रहनका लागि हाम्रो मन पनि स्वास्थ्य हुन जरुरी छ । अर्थात हामीले पनि सकरात्मक सोच राख्नुपर्छ ।


Mishradr.lk@gmail.com प्रकाशित : फाल्गुन ६, २०७५ १६:२०

प्रतिक्रिया
पठाउनुहोस्

निद्रा हिँड्ने बानी कि रोग ?

डा. ललित कुमार मिश्र

काठमाडौँ — निद्रामा हिँड्ने विषयवस्तुमा आधारित सन् १९६८ को सुपरहिट फिल्म निलकमल धेरैले हेरेको हुनुपर्छ । निद्रामा हिँड्ने विषयवस्तुमा आधारित भएर धेरै टिभी सिरियलहरू बनेका छन् । 

के वास्तविकमा मानिस निद्रामा हिँड्छ ? सोमनाबूलिज्म अर्थात् राति निद्रामा उठेर हिँड्नु । कतिपयले यसलाई निद्रामा भ्रमण गर्ने बानी भएको पनि भन्ने गर्छन् । यो निद्रा र जागरुक्ताको एउटा संयुक्त घटना हो ।

यी सब कुरा व्यक्तिको सचेतन मन (सब कन्सियस माईन्ड) ले विभिन्न किसिमका गतिविधि जस्तै – कुरा गर्नु, उठेर ओछ्यानमा बस्नु, सरसफाइ गर्नु ,किचनमा तरकारी काट्नु, खाना बनाउनु, ड्राईभिङ गर्नु, कम्प्युटर चलाउनु, कतै हिँड्दिनु , यहाँ सम्म की 'होमोसाईड' कसेको हत्याको लागि पनि विभिन्न गतिविधिको साथ गरिरहेको हुनसक्छ ।

निद्राको दौरान आफूले गरेको घटनाहरूको बारेमा स्लिप वाकर (निन्द्रामा हिँडेन व्यक्ति) लाई कुनै पनि स्मृति हुँदैन या भएमा एकदमै न्यून हुन्छ । अरू कसैले भन्दा मात्र उसले थाहा पाउँछ ।

यस्ता रोगीलाई स्लिप डिसअर्डर भएको बिरामी भनिन्छ । यस किसिमको रोगलाई मेडिकल भाषामा सोमनाबुलिज्म पनि भनिन्छ । केटा केटी अवस्थामा यो रोग प्रायः देखा पर्ने गरेको छ । उमेर बढ्दै गएपछि कसै-कसैलाई भने आफै पनि ठिक हुन्छ, भने कसैलाई युवाअवस्थामा पनि देखिन्छ । निद्रा- चरी अर्थात् निद्रा भ्रमण गर्नु । यो रोग सबै उमेर, लिगं, वर्गका व्यक्तिहरूलाई पनि हुनसक्छ । यो रोग विशेष गरी बालबलिकाहरुमा बढी देखिन्छ ।

कारण र लक्षण
सोमनाबुलिज्मको कुनै निश्चित कारण अज्ञात छ । यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । बढी तनाव तथा चिन्ताले पनि यस किसिमको रोग हुनसक्छ । लामोसमयसम्म लगातार अनिद्रा अवस्थामा रहनु । जिविकापार्जनका लागि फरक–फरक सिफ्टमा दिनरात काम गर्नु । मादक पदार्थको अत्यधिक सेवनले पनि निन्द्रामा हिँडेन सम्भावना बढाइदिन्छ । परिवारमा कसैलाई यस किसिमको समस्या रहेको इतिहास छ भने त्सस परिवारका केटाकेटीमा यो रोग हुने सम्भावना बढी हुन्छ ।

यसरी निद्रामा उठ्नु, रुनु कराउनु , चिच्याउनु, हिँड्नु , कहिले काहीँ यो मिर्गिरोग को लक्षणपनि हुनसक्छ । यस्ता रोगीहरू अचानक निन्द्रामा उठेर हिँड्दै जाँदा कसैलै अलिक ठुलो आवाजले व्यक्तिलाइ बोलाइदियो भने झल्याँस्स ब्युँझिन्छन् ।

यदि कसैलै नै प्रकार को रोकटोक गरेन भने लामो बाटो पार गर्न पनि सक्छन् । निद्रामा हिँड्न धेरैजसो व्यक्तिलाई आफूले गरेको क्रियाकलाप बारे केही थाहा हुँदैन । निद्रामा भ्रमण गर्ने व्यक्तिलाई हेर्दा उसको आँखा खुल्ला र चमकिलो दैखिन्छ । तर व्यक्तिको अनुहार भावना रहित देखिन्छ र उसको हाउभाउ (एक्सप्रेशन) उद्देश्य विहीन देखिन्छ । यस्ता व्यक्तिलाई ब्युँझाउन खोजेमा बिस्तारै निन्द्राको अवस्थाबाट बाहिर आउँछन् ।

रोगको निदान
यो रोगको डाईग्नोसिस रोगीको अवलोकन र पारिवारिक इतिहासद्वारा गरिन्छ । यसको कुनै प्रयोगशाला परीक्षण छैन ।

उपचार
सबैभन्दा पहिले रोगीको बारेमा समष्टिगत रूपमा जान्नुपर्ने हुन्छ । केटाकेटी उमेरको अवस्था मै निन्द्रा भ्रमण गरेको हो या कुनै तनाव चिन्ताको कारणले उपज भएको हो अथवा छारे रोगको लक्षण हो की ? यी सबै कुराको विचार गरेर रोगीको उपचार गरियो भने यस किसिमको रोगलाई न्यून गर्न सकिन्छ । रोगको प्रकृति र रोगीको अवस्था अनुसार खानपानमा सुधार गर्नुका साथसाथै मनोवैज्ञानिक विधि अन्तर्गत परामर्शद्वारा पनि यसको उपचार गराउन सकिन्छ ।

केही अवस्थामा भने औषधिकोपनि आवश्यकता पर्छ । उपचारको क्रममा यस रोग बाट पीडित व्यक्तिको निगरानी भने घरका सदस्यले गरिरहनु पर्ने हुन्छ । निद्रामा हिँडेन बानी भएका व्यक्तिलाई चोटपटक र दुर्घटना हुनबाट बचाउनु पर्छ ।

होमियोप्याथिक उपचार
होमियोप्याथिकमा रोगीको उपचार गर्दा उसको मानसिक एवं शारीरिक लक्षणको साथै पारिवारिक इतिहास र रोगको कारण लाई मध्ये नजर राखेर रोगीको उपचार गरिने प्रावधान छ ।
सोमनाबिलज्मको उपचारका लागि प्रयोग हुने केही प्रभावशाली होमयोप्याथिक औषधिहरू निम्न छन् ।

१) आर्टिमिसिया भल्वगेरिसः निद्रा भ्रमणको अवस्थामा काम गर्ने या उठेर हिँड्ने बानी ।
२) नेट्रम म्युरः निद्रामा उठेर हिँड्नु या बसैकै ठाउँमा निदाउनु ।
३) ईग्नेशियाः निदाएको बेला सबै कुरा देख्दछ तर निद्राबाट ब्युँझे पछि सबै कुरा बिर्सिन्छ ।
४) कालिब्रोमः धरै जसो केटाकेटीहरूमा देखिने सोमनाबूल्जिमक लागि यस औषधीको प्रयोग गरिन्छ
५) जिकंम मेटालिकमः निद्राको दौरान जोरले रुनु तथा राती निद्रामा कराउनु , मनको भावनालाई भित्रै दबाएर राख्दा देखिने यो समस्याका लागि यो औषधीको प्रयोग लाभप्रद छ ।
६) कालिफाँसः नाइट टेर्रस, अत्यधिक डरको कारण केटाकेटीहरूमा निद्रामा हिँड्ने स्वभाव देखिन्छ भने यसको प्रयोग लाभदायक मानिन्छ ।
७) फोसफोरसः रोगीमा यस किसिमको राति निद्रामा अचानक उठेर हिँड्ने लक्षण बेला बखत देखिन्छ, भने यसको प्रयोग गर्नुपर्छ ।
८) ईग्नेशियाः आत्मसम्मानमा चोट लागेको कारण यो समस्या देखियो भने यसको प्रयोग लाभप्रद छ ।
९) साईलिसियाः पूर्णिमाको जुन (चन्द्रामा) पूर्ण रूपले उदाएको बेला , निद्रामा हिँडेन गर्दछ भने यस औषधीको सेवन गर्न सकिन्छ ।
१०) ब्रायोनियाः निद्रामा उठेर दिउँसोको बाँकिरहेको काम गर्दछ भने यो औषधी लाभप्रद छ ।
११) यसै गरी रोगी निन्द्रामा नै उठेर मानसिक कार्य गर्दछ भने सिपिया नामक औषधीको सेवन गर्नु फाइदाजनक छ ।
१२) रिह्युमः यदि बच्चा निद्रामा उठेर ओछ्यान मै हिँडेन गर्दछ भने यस किसिम को लक्षण देखिएमा यसको व्यवहार गर्न सकिन्छ ।

यस बाहेक अन्य औषधिहरूको प्रयोग पनि रोगीको लक्षण अनुसार प्रयोग गर्न सकिन्छ । जस्तै – एगरिकस ,एन्टिम क्रुड, एनाकार्डियम, केनाबिस ईनिडिका, नक्समस्केटा, औपियम, पेट्रोलियम, स्पोनजिया, स्ट्रामोनियम, सलफर, टेरेन्टुला आदि ।

उपरोक्त उल्लिखित औषधिहरूको प्रयोग आफ्नो स्थानीय कुनै योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग परामर्श लिई सेवन गर्नु उचित हुनेछ ।

प्रकाशित : पुस ३, २०७५ १५:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×