हामी बिरामी किन हुन्छौँ?

डा. ललितकुमार मिश्र

काठमाडौँ — केही दिन अगाडिको कुरो हो, एउटा स्कुलको स्वास्थ्य कार्यक्रम सम्बन्धी गोष्ठी मा सहभागी हुन पुगेको थिएँ । स्वास्थ्य सम्बन्धी वक्तव्य दिने क्रममा एक जना कक्षा १० मा पढ्ने बालिकाले प्रश्न गरिन्,  डाक्टर साहब, हामी बिरामी किन हुन्छौ ?

कुरो त ठिकै हो, हवाई डू वी फल सिक ? राम्रै प्रश्न गरेकी थिइन ती बालिकाले । आज यही विषयवस्तुलाई लिएर कलम चलाउने प्रयास गर्दै छु । हामी सबै बेला बखत बाहिर जान्छौ र बाहिर खाना खान्छौ । साथी भाइहरूसँग भेटघाट गर्न जान्छौँ, भिन्न भनिनै ठाउँहरूमा सँगै घुम्न जान्छौँ । त्यहाँ पाइने विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरूको स्वाद लिन्छौँ । यसै क्रममा कसैलाई बाहिर खाना खाएपछि पेट खराब भइहाल्छ भने कसैलाई नयाँ ठाउँमा जाँदा त्यहाँको वातावरण मिल्दैन र बिरामी पर्छ ।

यहाँ प्रश्न यो आउँछ, किन यस्तो हुन्छ? हामी बिरामी हुनलाई दुई वटा आधारले काम गर्दछ । एउटा आफै भित्र छ र अर्को बाहिरी वातावरणमा आधारित छ । हामी भित्रकै कारण र बाहिरको कारण । यी दुवै कारणलाई गहिरिएर बिचार गर्‍यौ भने थाहा पाउने छौँ, यी दुई बिचको अन्तर सम्बन्ध । हामी किन बिरामी हुन्छौ ? हामी सबै बाहिर जान्छौ र बाहिर कुनै होटेल या रेस्टुरेन्टमा खाना खान्छौ । मलाई त मज्जा लाग्छ, फरक फरक चिजहरू ट्राई गर्नमा । मलाई लाग्छ, पक्कै पनि हरूलाई पनि राम्रो लाग्छ होला । बर्खाको याममा पानीमा रुझ्न पनि राम्रो लाग्छ । हामी सबै पानी परेको बेला कुनै न कुने रूपमा थोर बहुत भिजेकै हुन्छौँ । कोही त निथ्रुक्क पानीले भिजेका पनि हुन्छन्, त्यसमा पनि आफ्नै आनन्द छ ।

यसै गरी जाडोको याममा पनि हिउँ परेको हेर्न र हिउँमा खेल्न जान्छौँ, खेल्छौँ । राती ढिलोसँग पार्टीमा जाने पनि चलन हुन्छ । बिहे भोजमा जान्छौ, अन्य सामाजिक कार्यक्रमहरूमा पनि सहभागी हुन्छौँ । यस प्रकारले हामी भिन्न-भिन्न कार्यक्रमहरू पुग्छौँ, धेरै मानिसहरूसँग भेटघाट गर्‍छौं । हामी मध्ये केही यस्ता व्यक्तिहरू पनि छन् । जो अफिसको समय बाहेक पनि अफिसमा काम गरिरहन्छौँ । बिहान, दिउँसो र रातिको सिफ्टमा पनि काम गरिरहेका हुन्छौँ । हामी सबैको वरिपरि जीव – जन्तुहरूको पनि बास छ । हामी काठमाडौँमा बस्छौँ, यहाँको हावा यति स्वच्छ र सफा छ कि जीव-जन्तुहरूमा कुनै कम्पिटिसन नै छैन । प्रत्येकले भरपुर स्कोप भेट्छन्, जीव–जन्तुहरूसँग सम्पर्कमा पुग्नको लागि ।

हामी सबै यही वातावरणमा बस्छौँ, यही हावामा श्वास लिन्छौँ । त्यहीका पानी पिउँछौँ । हरेक चिज हामी सबैले गर्छौँ । तर त्यसै मध्ये कसैको पेट खराब भइहाल्छ । कसैलाई आँखा पाक्ने रोग लाग्छ । अर्कोलाई अरू नै केही थोकको गडबडी हुन्छ । यसरी नै बर्खामा पानीमा भिजेकाहरू, हिउँमा खेलकाहरु मध्ये कसै कसैलाई पोस्ट सिजनल बायरल ईन्फेक्सन हुन्छ । सबैलाई हुँदैन । यस्तो किन हुन्छ? हामी मध्ये कसैलाई हुन्छ कसैलाई हुँदैन । यो प्रश्न हाम्रो दिमागमा लगातार घुमिरहन्छ । अरूलाई केही भएन, मेरै पेट किन खराब भयो? मलाई नै किन भाईरल फिवर आयो ? यी सबै बाहिरका कारण हुन्, बाहिरको कारणले सबैलाई ईफेक्ट गरिरहेको छैन । हामी मध्ये केही सीमित व्यक्तिलाई मात्र प्रभावित बनाइरहेको छ ।

यस प्रश्नको उत्तरका लागि हामीले आफैभित्र हेर्नु पर्ने हुन्छ । के कारणले यो समस्या आइरहेको छ । ममा के कमी कमजोरी छ? जसले गर्दा मलाई मात्र समस्या भइरहेको छ । बाहिरको अवस्थालाई राम्रो बनाउनको लागी धेरै प्रयास गरिएको छ । अचेल होटेल तथा रेस्टुरेन्टहरू हाईजिनको स्तर बढाइएको छ । पानी पुरी बेच्नेले पनि हातमा ग्लोव लगाएर काम गर्छ । मेडिकल फेसिलिटी पनि राम्रो छ । रोगबाट बच्न भेक्सिनेसन गराउँछौ । भिन्न भिन्न प्रकारका खोपले रोगबाट बचाउन मद्दत गर्दछ । सुविधा सम्पन्न अस्पताल / नर्सिङ होमहरूमा राम्रो उपचार सेवा पाइन्छ । यस प्रकार अरू धेरै विकल्पहरू पनि छन् । यति हुँदाहुँदै पनि हामी किन बिरामी हुन्छौ? हामी कहाँ बिरामीको कमी त छैन । बिरामी आई नै रहेका छन् ।

कुन प्रकारका र कस्ता बिरामीहरू आइरहेका छन्? अचेल विशिष्ट प्रकारका बिरामीहरू बढिहरेका छन् । जस्तै, कसैलाई पोलन एलर्जी, कसलाई सन एलर्जी, गुलुटोन (गहुँ) को एलर्जी, डस्टएलर्जी, स्किन एलर्जी भइरहेको छ । सबैलाई त हुँदैन । मानौँ एलर्जी हुनु अचेल फेशन नै भइसकेको छ । धरै जसो केटाकेटीहरू या वयस्कहरूमा एलर्जी देखिइरहेको छ । यसको साथै धेरै मानिसहरूमा अटोईमिनो कम्पलेन बढिरहेको छ । अटोईम्युनोको मतलब तपाईँको शरीरले स्वयंमा समस्या उत्पन्न गराउनु हो । जस्तै, मलटिपल न्युरोसिस, रियुमेटाईड, ग्याष्ट्रि कम्पलेन, अर्थराईटिस, मेन्सुयल डिसर्डर, थाईरायड, पोलिस्टिकऔँभरी डिजिज्, डायबिटिज्, हार्टडिजिज्, मेन्टल डिसअर्डर आदि ।

यस्ता रोगहरू धेरै बढेका छन् । एलर्जन या एलर्जी भनिएपनि यो एक किसिमको रोग हो । यो केही सीमित मानिसहरूलाई मात्र हुन्छ । सबैलाई त हुँदैन, किन यस्तो हुन्छ? यसको लागि हामीले आफैलाई नियालेर भित्र हेर्नु पर्छ । यदि हामी हाम्रो शरीरलाई विभाजन गर्ने हो भने, यसमा दुई भाग पाउँछौँ । शरीरको एक भाग देखिन्छ भने अर्को हिस्सा देखिँदैन । जो देखिन्छ त्यो ( स्थूल) बढी र जो देखिँदैन, त्यो हो दिमाग वा मन हो । यसले नै आफ्नो ऊर्जा, आफू भित्रको क्षमता, इच्छा, भावनालाई उत्पादन गर्दछ र यसको प्रतिक्रिया स्थूल शरीरमा देखिन्छ । बह्माण्डलाई नै हेर्दा पनि त्यही हो । एउटा पदार्थ र अर्को ऊर्जा छ । पदार्थ छ, त्यसमा हामी सबै छौँ, घर छ, जमिन छ । अर्कोतिर ऊर्जा छ, जो हाम्रो वरिपरि घुमिरहेको छ । जसले हामीलाई शक्ति प्रदान गर्दछ । त्यसैले यो स्थूल शरीरलाई सञ्चालन/बचाइरहेको छ । यी दुवै पदार्थ र ऊर्जा एकआपसमा सम्बन्धित छन् । आपसी तालमेल राख्छन् र सन्तुलनमा बस्छन् । शक्ति र भौतिक पदार्थको आपसी सन्तुलनमा रहनु नै स्वास्थ्य रहनु हो । यी दुबैबीचको असुन्तलन नै अस्वस्थ को कारण हो । हामी मानसिक रूपले होस् या शारीरिकले बिरामी हुन्छौँ ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : पुस २५, २०७५ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

केरुङ जान चालकलाई १५ दिनको अस्थायी अनुमति

बलराम घिमिरे

रसुवा — जिल्ला बाहिरका कन्टेनर चालकले केरुङसम्म जानका लागि १५ दिनको अस्थायी अनुमति प्रवेश पाउने भएका छन् । मंगलबार रसुवागढी नाकामा नेपाल र चीनका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुबीच भएको सीमा सुरक्षा बैठकमा कन्टेनर चालकलाई अस्थायी अनुमित दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

'चीनसँग सीमा जोडिएका जिल्ला बाहिरका कन्टेनर चालको हकमा भने राहदानी हुन पर्छ' उनले भने। मंगलबार सम्पन्न बैठककमा कन्टेनर चालकको लागि १५ दिन अस्थायी अनुमति दिन चीन तयार भएको हो। यो प्रक्रिया तत्काल लागू हुने छ।

रसुवागढी नाकाबाट हुने व्यापार सहजिकरण गर्नका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। राहदानी भएका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफारिसमा चिनियाँ अध्यागमन कार्यालयले १५ दिनको अस्थायी अनुमति दिने छ। १५ दिनपछि पुन: अध्यागमन कार्यालयको सिफारिसमा अस्थायी प्रवेश अनुमति नवीकरण हुने बैठकमा सहमति भएको छ। जिल्ला बाहिरका व्यापारीहरूको हकमा भने सहज प्रवेश अनुमतिका लागि थप प्रक्रिया अगाडि बढाउने बैठकमा छलफल भएको छ।

चिनियाँ अधिकारीहरुलाई नेपाली पक्षले वानडे पास नहुँदा व्यापार सहजीकरणमा असहज भएको विगतका बैठकमा अवगत गएका थिए। वानडे पासको व्यवस्था नहुँदा रसुवा जिल्लाभन्दा बाहिरका व्यापारीलाई व्यापार व्यावसाय गर्न असहज भएको छ। रसुवा जिल्लाभन्दा बाहिरका व्यापारी र चालकलाई केरुङसम्म जाने पहुँच छैन। अहिले भएको सहमतिले अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। रसुवा जिल्लाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने व्यवस्था रहेको छ।

बैठकमा नेपालको तर्फबाट रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायत सुरक्षा अधिकारी तथा चिनियाँ पक्षबाट जनवादी गणतन्त्र चीनको केरुङस्थित फ्रन्टायर इन्स्पेक्सन स्टेशनका मेजर केर्नेल गाओ हुइहाइसहित सुरक्षा अधिकारीहरुको सहभागिता थियो। रसुवागढी नाका सञ्चालनमा आएसँगै रोजगारिका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन्। जिल्ला बाहिरका नागरिकलाई एक दिने पासको व्यवस्था नहुँदा केरुङसम्म सवारी पुर्‍याउने तथा ल्याउने काम रसुवाका चालकले गर्दै आएका थिए।

प्रकाशित : पुस २५, २०७५ १४:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT