कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के हो टेनिस एल्बो ?

डा. ललितकुमार मिश्र

काठमाडौँ — के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।

घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ । हात र कुईनोको दुखाइ र यसका लक्षणले तपाईलाई टेनिस एल्बो नामक रोग लागेको हुन सक्छ ।


टेनिस एल्बो एक प्रकारको खतरानाक रोग हो । समयमा नै यसको उपचार गरिएन भने पछि यसले धेरै दु:ख दिन्छ । यो रोग लागेपछि हातले केही गर्न सकिदैन । चियाकप उठाएर चिया पिउन पनि गाह्रो हुन्छ । प्रभावित हातलाई हल्लाउँदा अत्यन्तै पीडा हुन्छ ।


सामान्यत: ३० देखि ५० वर्षका उमेर भएका व्यक्तिहरुमा यो रोग बढी देखिएको छ । कुनै समय चर्चित क्रिकेटर सचिन तेन्दुलकर पनि टेनिस एल्बोबाट पीडित भएका थिए । गल्फ खेलाडीहरु यो रोगबाट पीडित भएको प्रशस्तै भेटिन्छ । प्राय:खेलाडीहरुमा देखिने टेनिस एल्बोको समस्या हिजोआज सामान्य मानिसहरुमा पनि देखिन थालेको छ । यो रोग हुनलाई खेलाडी नै हुनुपर्छ भन्ने छैन, सबैलाइ हुनसक्छ ।


किन हुन्छ टेनिस एल्बो ?

कुईनोको हड्डी वा मांसपेशीमा आवश्यकताभन्दा बढी अतिरिक्त दबाब बारम्बार पर्न गयो भने टेनिस एल्बोको समस्या हुनसक्छ । टेनिस एल्बो त्यसबेला हुन्छ जब उ कुनै भारी काम गर्नलाई आफ्नो एउटै हातको व्ययभार सबभन्दा बढी हुने गर्दछ । समयमा नै उपचार गराइएन भने यो रोग खतरानाक हुन सक्छ ।


लक्षणहरु

यो रोगमा कुनै एउटै हातको कुईनोबाट दर्द सुरु हुन्छ । विस्तारै यो दर्द पाखुरा र रिस्ट हुँदै पुरै हातमा फैलिन्छ । जसका कारणले हात उठाउन , हल्लाउन दिक्कत हुन्छ । हात का औँलाहरु पनि यस रोगबाट प्रभावित हुनसक्छन् । यसैगरी रिस्ट र हातकोबीच भाग पनि दुख्न थाल्छ । कहिलेकाही टेनिस एल्बो को दुखाई असहनीय हुन जान्छ र संवेदनशिलताका कारण कुईनो र रिस्ट सुन्निन पनि सक्छ ।


उपचार

नियमित रुपमा व्यायाम वा हल्का स्ट्रैचिङ गर्नाले पनि यो रोग हुने सम्भावना कम हुन्छ । दुखाई कम गर्न केही प्राकृतिक उपायहरु पनि छन् ।


बेसारको प्रयोग गर्ने: बेसारमा पाईने कुरकुमिन नामक तत्व एन्टिईन्फालामेटरी एजेन्ट र दर्द निवारकको रुपमा काम गर्दछ । यसबाहेक एन्टिआक्सिडेन्टको प्रचूर स्रोत बेसारमा हुनाले फ्री रेडिकल्सबाट लड्ने र उपचारमा समेत गति दिनमा यसले मद्दत गर्दछ । एक गिलास तातो दुधमा आधा चमच बेसार र अलिकति शुद्ध मह मिलाएर सप्ताह दिनमा दुईपटक पिउने । यसको सेवनले दुखाइ त कम हुन्छ नै साथै सुन्निएको पनि कम भएर जान्छ । । यसैप्रकार बरफले सेक्ने । यसबाट पनि दुखाई कम हुनुका साथै सुनिएको भाग पनि ठिक हुन्छ ।


कसरी बच्ने ?

टेनिस एल्बोबाट बच्ने सबैभन्दा राम्रो तरिका के हो भने आफ्नो शक्ति र कार्य क्षमतालाई चिन्ने । यसै अनुसार काम गर्ने । काम गर्दा जोसका साथसाथै होस पनि राख्ने । सुरुको अवस्थामा बिरामीले आराम गर्नुका साथै औषधोपचारबाट निको हुनसक्छ । कदाचित निको भएन भने दुखाई र सुन्निएको मात्र कम भयो, केहि दिन पछि फेरि बल्झियो भने अपरेशन नै गर्नुपर्ने हुन्छ ।


होमियोप्याथिक उपचार

टेनिस एल्बोको उपचारमा रोगीको मानसिक एवं शारिरिक अवस्था तथा रोगको कारणलाई मध्ये नजर राखेर लक्षण अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गर्न सकिन्छ ।

औषधिहरु:

आर्निका मोनटेना– ३० :शक्ति र कुहिनोमा चोटपटक लाग्नु या मसल्स तन्किनु,अत्याधिक एक्जर्शसनले कुहिनो दुख्नु । आदि लक्षणमा यसको प्रयोग लाभदायक हुन्छ ।

बेलाडोना–२०० : अत्यन्तै दुख्नु, कुहिनो सुन्निएको र रातो हुनु । यस अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।


ब्रयोनियास–३० : हातलाई अलिकति पनि हल्लाउँदा दुख्छ भने यो औषधिको सेवन गर्नु लाभदायक हुन्छ ।


फेरम फाँस–३० : यदि पुरै हातमा दर्द छ भने यस औषधिको उपयोग गर्न सकिन्छ । यसै गरी लक्षण अनुसार अन्य औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । जस्तै: रक्सटाक्स, रुटा ग्रेभोलेन्स, सेंगुनेरियाकेन, सल्फर आदि ।


उपरोक्त औषधिहरुको प्रयोग आफ्नो निकटतम् कुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिई प्रयोग गर्नु उचित हुन्छ ।


Mishradr.lk@gmail.com प्रकाशित : मंसिर ९, २०७५ १७:०७

प्रतिक्रिया
पठाउनुहोस्

किन बढ्छ जाडोमा ब्लड प्रेशर?

डा. ललितकुमार मिश्र

काठमाडौँ — हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेशर अचानक बढ्न जान्छ ।

यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगतआउनु, आँखाले धमिलो देख्नु, छाति कस्सिएको अनुभव हुनु, छाति दुख्नु, श्वासको गति तिँब्र हुनु आदि जस्ता समस्याहरु हुन सक्छन् ।

धैरेजसोलाई त थाहा नै हुदैन कि मेरो ब्लडप्रेशर बढेको छ वा सामान्य छ भन्ने कुराको । यसो हुनुको कारण रउनीहरुमा ब्लड प्रेशरको लक्षण नै देखा नपर्नु हो । उनीहरुलाई त्यसबेला मात्र थाहा हुन्छ, जब उसलाई हार्टअटेक/स्ट्रोकले आफ्नो चपेटामा लिई सक्छ वा नियमित स्वास्थ परीक्षणमा गराउँछ । बल्डप्रेशरको लक्षणहरु देखा नपर्ने भएकाले नै होला, यस रोगलाई साईलेन्ट किलर पनि भनिन्छ । हाई ब्लड प्रेशरको कारणले ब्रेनहेमरेज, स्ट्रोक, किड्नीमा असर पर्ने, रेटिना हेमरेज (आखाँ) बाट रगत आउने समस्या हुन सक्छ । गाउँघर भन्दा महानगरहरुमा ब्लड प्रेशरका रोगीहरु बढी छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्- २०१३ को प्रतिवेदन अनुसार २५ प्रतिशत नेपालीमा हाई ब्लड प्रेशरको समस्या देखाएको थियो । हाई ब्लड प्रेशरको समस्या देखिएका मध्ये ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत माहिलाहरु छन् । यस्तै शहीद गंगालाल हृदय रोग केन्द्रको एक अध्यन अनुसार पनि १८ वर्षमाथिका बयस्कमा उच्च रक्तचाप २० प्रतिशतमा पाईएको छ । विश्वको कुरा गर्ने हो भने करिब १ अर्ब ५० करोड मानिस ऊच्च रक्तचापबाट पीडित छन् । हाम्रो शरीरले आफ्नो भित्री तापक्रमलाई ३७/४० डीग्रीमा राख्न सक्षम हुन्छ । वाहृय वातावरणमा जुनसुकै तापक्रम भएपनि हामी आफ्नो आन्तरिक तापक्रम केहि समयसम्म धान्न सक्छौं । यस्तो प्रकृयालाई तापक्रम सन्तुलन विधि भनिन्छ । जस्तै: जाडो भएमा हाम्रो छाला चिसो हुन्छ किन कि त्यहाँ सतहमा भएका रगतका नशाहरु साँगुरिन्छन् र रगतको प्रवाह कम हुन्छ । छाला च्याउरी पर्छ, हामी काम्न थाल्छौं । मुटुको गतिमा गडबडी हुन थाल्छ, मुटु सुस्त हुन्छ र बन्दपनि हुनसक्छ ।

किन बढछ जाडोमा ब्लड प्रेशर: जाडो (चिसो) ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्त संचारमा रुकावट पैदा गर्दछ । जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दाबढि मेहनत गर्नुपर्ने हुन्छ । यसकारण ब्लडप्रेशर बढ्न जान्छ । जसको ब्लड प्रेशर सामान्य रहन्छ । त्यस मध्ये कतिपयको ब्लड प्रेशर केही मात्रमा बढेकै हुन्छ । जसको ब्लड प्रेशर नियमित रुपमा औषधिको सेवनबाट कन्ट्रोलमा छ, उनीहरुको औषधिको मात्रा बढाउनु पर्ने अवस्था पनि आउन सक्छ । तेश्रो, जसको ब्लड प्रेशर पहिलेदेखि नै बढि रहन्छ । उनीहरुको ब्लड प्रेशर बढेर खतरनाक स्थितिमा पुग्न सक्छ । उच्च रक्तचाप भएमा धमनीहरुमा रगतको दबाब बढ्न जान्छ । जाडोमा त्यसैपनि ब्लड प्रेशर गर्मी महिनाको तुलनामा ५ मि.लि. बढ्न जान्छ ।

ब्लड प्रेशर के हो?: हाम्रो शरीरमा ब्लड प्रेशरको ग्राफ (चित्र) यस कुराबाट निर्धारित हुन्छ कि हाम्रो मुटुले कति मात्रामा रगत पम्प गर्दछ । जब रगत धमनीहरुबाट प्रवाहित हुन्छ, त्यसबेला मुटुले कति प्रतिरोधको सामना गर्नु पर्दो रहेछ । मुटुले जति बढि रगतलाई पम्प गर्छ नशा र धमनीहरु साँगुरिएको हुन्छ र ब्लड प्रेशर त्यति नै बढि हुन्छ । ब्लड प्रेशर बढि हुनु या कम हुनु । यि दुवै अवस्था व्यक्तिको लागि नोक्सान दायक हुन्छ । ब्लड प्रेशर स्फाईग्नोमोनोमिटर नामक यन्त्रद्वारा नाप्ने गरिन्छ । ब्लडप्रेशर नाप्नेबेलामा दुईवटा नम्बर नोट गरिन्छ । माथिको नम्बरले सिस्टोलिक प्रेशरलाई जनाउछ । जुनबेला मुटु खुम्चिन्छ र शरीरमा रगत पम्प गर्दछ । एउटा स्वस्थ्य व्यक्तिको सिस्टोलिक अर्थात माथिको रक्तचाप सामान्यता १०० देखि १४० एमजीएचजी हुन्छ । तलको नम्बर अर्थात डायस्टोलीक प्रेशरले जब मुटु फैलिन्छ र आरामको अवस्थामा हुन्छ र रगतले भरिएको हुन्छ त्यसबेलाको अवस्था जनाउँछ । यो सामान्यरुपले ६० देखि ९० एमएमएचजी हुन्छ ।

एक स्वस्थ व्यक्तिको ब्लड प्रेशर लगभग १२०/८० हुनुपर्छ । यदि रिडिगंमा १४०९० या यसभन्दा माथि देखाउछ भने चिकित्सकले औषधि दिनु भन्दा बिरामीलाई आफ्नो जीवनशैली परिर्वतन गर्ने सल्लाह दिएर प्रेशरलाई सामान्य अवस्थामा ल्याऊने सुझाव दिईन्छ । हत्तपत्त प्रेशरको औषधि दिइ हाल्दैन । यदि साता पन्द्रह दिनको परिवर्तित जीवनशैलीबाट पनि रक्तचाप कन्ट्रोलमा आएन भने अनि मात्र सम्बन्धित चिकित्सकद्वारा बिरामीलाई प्रेशरको औषधि दिईन्छ । ब्लड प्रेशरको उपचार सुरु गर्नु भन्दा अगाडि सम्बन्धित मुटु रोग विशेषज्ञ (कार्डियोलोजिष्ट) द्वारा अलग-अलग समयमा ब्लड प्रेशर नापेर हेरिन्छ । त्यसपछि अन्य आवश्यक परीक्षण : जस्तै, बिरामीको छातीको एक्स-रे, ईसिजि, (ईलेक्ट्रोकार्डियोग्राम) ई-को तथा बिभिन्न प्रकारका आवश्यक ब्लडटेस्ट आदि गराइन्छ । त्यस पछि मात्र बिषयगत चिकित्सकद्वारा उचित औषधिको निर्णय गरी बिरामीलाई औषधि प्रेस्क्राईव गरिन्छ । ब्लड प्रेशर बिभिन्न कारणले गर्दा प्रभावित हुन्छ, जसमा व्यक्तिको उमेर, जिन्स, मोटोपन, खाने पिउने बानी, ब्यवसाय र व्यक्तिको जीवन शैली प्रमुख हुन् । यस बाहेक ३० वर्ष उमेर पार गरि सकेका पुरुष र मेनोपोज (महिनावारी) सुक्ने अवस्थामा पुगि सकेका महिलाहरुमा उच्च रक्तचाप हुने खतरा बढि रहन्छ । मौसममा हुने परिवर्तनले पनि ब्यक्तिको ब्लडप्रेशरलाई प्रभावित गर्दछ ।

जाडोमा प्रेशर बढ्ने कारणहरु : (१) जाडोमा शरीरको तापमान कम हुनले रक्तनली खुम्चिएर साँगुरिन्छ । साँगुरिएको नशा धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ । जसले गर्दा ब्लडप्रेशर बढ्न जान्छ । (२) जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेशर बढ्दछ । (३) घरमै बसिरहने शारीरिक गतिबिधि कम गर्नले पनि प्रेशर बढ्न जान्छ । (४) जाडोमा अवसाद (डिप्रेसन) को चपेटमा आउने मानिसहरु-अल्कोहलको सेवन बढि गर्ने हुनले पनि उनीहरुमा प्रेशर बढ्ने आशंका रहन्छ । (५) गलत खानपानको आदतले पनि बढ्छ ।

ब्लड प्रेशरलाई कन्ट्रोल गर्ने तरिका : नुन, अमिलो, पिरो, चिल्लो, चिया, कफि, चटपटे, खानेकुरा कमै मात्रामा लिने । पुरानो अचार तथा डिब्बाबन्द खादध्य पदार्थ, फास्टफुड, रातो मासु, रक्सी, चुरोट, तम्बाखुको सेवनबाट बच्ने । यि खाद्य पदार्थहरुमा भरपुर मात्रामा नुन हुन्छ । पोटासियम र मेग्नेशियमयुक्त भएको खाद्य पदार्थ भरपुर मात्रामा लिने । सधै सन्तुलित आहार लिने, खानामा चोकरसमेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, अमला आदि समाबेश गर्ने । फलफुलमा स्याउ, केरा र हरियो सागपात बढि मात्रा खाने ।

शरीरलाई न्यानो राख्नका लागि न्यानो कपडाहरु लगाउने । टाउकोलाई चिसोबाट जोगाउन उनीको टोपी लगाउने, हातमा पन्जा खुट्टामा मोजालगाउने, भित्र थर्मकोट लगाउने, घरभित्रै भए पनि हिड-डुल गरि राख्ने । घाम ताप्ने । शरीरिक ब्यायाम गर्नले पनि शरीरमा गर्मि आउँछ ।

घरेलु उपचार : प्रतिदिन लसुनको ३-४ केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने । यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्दछ ।
–तुलसीको पात महसँग खाने ।
– एक चम्च अमलाको जुस र एक चम्च मह मिसाएर सधै बिहान खाने ।
– तीन भाग गाजरको जुसमा एकभाग पालुंगोको रस मिलाएर सधै बिहान र बेलुकी सेवन गर्ने ।
– योगासनमा कपालभाति, अनुलोमबिलोम तथा सुर्य नमस्कार आदिले पनि बल्ड प्रेशरलाई सामान्य अवस्थामा राख्न मद्दत गर्दछ ।

नियमित जाँच गराउने : जाडोमा ब्लड प्रेशर बढ्ने बढि संभावना रहन्छ । यस मौसममा मुटुरोगबाट पीडित बिरामी या उच्च रक्तचापबाट पीडित व्यक्तिले नियमित रुपले आफ्नो व्लड प्रेशर जाँच गराउनु पर्ने हुन्छ । चिसोमा मुटुको समस्या बढ्छ र हार्टअटेक तथा मस्तिष्कघात हुने संभावना बढि रहन्छ । यदि तपाई मुटुको रोगी हुनुहुन्छ भने आफ्नो खानपान र रहनसहनको बिषेश ख्याल राख्नुहोस् । नियमितरुपले ब्यायाम गर्नु होस । नियमितरुपले प्रेशरको औषधि सेवन गर्ने । कुनैप्रकारको असजिलोपन महसुस भएमा आफ्नो चिकित्सकसँग भेटनुस् अथवा नजिकैको अस्पताल वा नर्सिंगहोम वा स्वास्थ्यसंस्थामा जानुस् ।
अस्तु ।
Mishradr.lk@gmail.com

प्रकाशित : कार्तिक २८, २०७५ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×