कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

के हो टेनिस एल्बो ?

काठमाडौँ — के तपाईको हात दुख्ने, चियाको कप उठाउन नसक्ने, दुखाई कम भएको औषधि खाएपनि समस्या छ ? यदि छ भने तपाईलाई टेनिस एल्बो भएको हुन सक्छ ।

के हो टेनिस एल्बो ?

घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ । हात र कुईनोको दुखाइ र यसका लक्षणले तपाईलाई टेनिस एल्बो नामक रोग लागेको हुन सक्छ ।


टेनिस एल्बो एक प्रकारको खतरानाक रोग हो । समयमा नै यसको उपचार गरिएन भने पछि यसले धेरै दु:ख दिन्छ । यो रोग लागेपछि हातले केही गर्न सकिदैन । चियाकप उठाएर चिया पिउन पनि गाह्रो हुन्छ । प्रभावित हातलाई हल्लाउँदा अत्यन्तै पीडा हुन्छ ।


सामान्यत: ३० देखि ५० वर्षका उमेर भएका व्यक्तिहरुमा यो रोग बढी देखिएको छ । कुनै समय चर्चित क्रिकेटर सचिन तेन्दुलकर पनि टेनिस एल्बोबाट पीडित भएका थिए । गल्फ खेलाडीहरु यो रोगबाट पीडित भएको प्रशस्तै भेटिन्छ । प्राय:खेलाडीहरुमा देखिने टेनिस एल्बोको समस्या हिजोआज सामान्य मानिसहरुमा पनि देखिन थालेको छ । यो रोग हुनलाई खेलाडी नै हुनुपर्छ भन्ने छैन, सबैलाइ हुनसक्छ ।


किन हुन्छ टेनिस एल्बो ?

कुईनोको हड्डी वा मांसपेशीमा आवश्यकताभन्दा बढी अतिरिक्त दबाब बारम्बार पर्न गयो भने टेनिस एल्बोको समस्या हुनसक्छ । टेनिस एल्बो त्यसबेला हुन्छ जब उ कुनै भारी काम गर्नलाई आफ्नो एउटै हातको व्ययभार सबभन्दा बढी हुने गर्दछ । समयमा नै उपचार गराइएन भने यो रोग खतरानाक हुन सक्छ ।


लक्षणहरु

यो रोगमा कुनै एउटै हातको कुईनोबाट दर्द सुरु हुन्छ । विस्तारै यो दर्द पाखुरा र रिस्ट हुँदै पुरै हातमा फैलिन्छ । जसका कारणले हात उठाउन , हल्लाउन दिक्कत हुन्छ । हात का औँलाहरु पनि यस रोगबाट प्रभावित हुनसक्छन् । यसैगरी रिस्ट र हातकोबीच भाग पनि दुख्न थाल्छ । कहिलेकाही टेनिस एल्बो को दुखाई असहनीय हुन जान्छ र संवेदनशिलताका कारण कुईनो र रिस्ट सुन्निन पनि सक्छ ।


उपचार

नियमित रुपमा व्यायाम वा हल्का स्ट्रैचिङ गर्नाले पनि यो रोग हुने सम्भावना कम हुन्छ । दुखाई कम गर्न केही प्राकृतिक उपायहरु पनि छन् ।


बेसारको प्रयोग गर्ने: बेसारमा पाईने कुरकुमिन नामक तत्व एन्टिईन्फालामेटरी एजेन्ट र दर्द निवारकको रुपमा काम गर्दछ । यसबाहेक एन्टिआक्सिडेन्टको प्रचूर स्रोत बेसारमा हुनाले फ्री रेडिकल्सबाट लड्ने र उपचारमा समेत गति दिनमा यसले मद्दत गर्दछ । एक गिलास तातो दुधमा आधा चमच बेसार र अलिकति शुद्ध मह मिलाएर सप्ताह दिनमा दुईपटक पिउने । यसको सेवनले दुखाइ त कम हुन्छ नै साथै सुन्निएको पनि कम भएर जान्छ । । यसैप्रकार बरफले सेक्ने । यसबाट पनि दुखाई कम हुनुका साथै सुनिएको भाग पनि ठिक हुन्छ ।


कसरी बच्ने ?

टेनिस एल्बोबाट बच्ने सबैभन्दा राम्रो तरिका के हो भने आफ्नो शक्ति र कार्य क्षमतालाई चिन्ने । यसै अनुसार काम गर्ने । काम गर्दा जोसका साथसाथै होस पनि राख्ने । सुरुको अवस्थामा बिरामीले आराम गर्नुका साथै औषधोपचारबाट निको हुनसक्छ । कदाचित निको भएन भने दुखाई र सुन्निएको मात्र कम भयो, केहि दिन पछि फेरि बल्झियो भने अपरेशन नै गर्नुपर्ने हुन्छ ।


होमियोप्याथिक उपचार

टेनिस एल्बोको उपचारमा रोगीको मानसिक एवं शारिरिक अवस्था तथा रोगको कारणलाई मध्ये नजर राखेर लक्षण अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गर्न सकिन्छ ।

औषधिहरु:

आर्निका मोनटेना– ३० :शक्ति र कुहिनोमा चोटपटक लाग्नु या मसल्स तन्किनु,अत्याधिक एक्जर्शसनले कुहिनो दुख्नु । आदि लक्षणमा यसको प्रयोग लाभदायक हुन्छ ।

बेलाडोना–२०० : अत्यन्तै दुख्नु, कुहिनो सुन्निएको र रातो हुनु । यस अवस्थामा यसको प्रयोग गर्न सकिन्छ ।


ब्रयोनियास–३० : हातलाई अलिकति पनि हल्लाउँदा दुख्छ भने यो औषधिको सेवन गर्नु लाभदायक हुन्छ ।


फेरम फाँस–३० : यदि पुरै हातमा दर्द छ भने यस औषधिको उपयोग गर्न सकिन्छ । यसै गरी लक्षण अनुसार अन्य औषधिहरुको पनि प्रयोग गर्न सकिन्छ । जस्तै: रक्सटाक्स, रुटा ग्रेभोलेन्स, सेंगुनेरियाकेन, सल्फर आदि ।


उपरोक्त औषधिहरुको प्रयोग आफ्नो निकटतम् कुनै होमियोप्याथिक चिकित्सकको सल्लाह लिई प्रयोग गर्नु उचित हुन्छ ।

[email protected]

प्रकाशित : मंसिर ९, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?