कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भोको पेट किन रिस उठ्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — वैज्ञानिकहरूले भोक लाग्ना साथ रिस उठ्ने कारण पत्ता लगाएका छन्  । जीवविज्ञानको परस्पर क्रिया, व्यक्तित्व र छेउछाउको माहोलले गर्दा यस्तो हुन्छ  ।

भोको पेट किन रिस उठ्छ ?

चार सयभन्दा बढी व्यक्तिमा गरिएको यो अध्ययन ‘इमोसनल’ जर्नलमा प्रकाशित छ । त्यसअनुसार भोको अनुभव गर्नाले कहिलेकाहीं मानिसको भावना र दुनियाँलाई लिएर विचार पनि प्रभावित हुन्छ ।

हालै ‘हंग्री’ शब्दलाई अक्सफोर्ड डिक्सनरीले क्रियाका अर्थमा पनि प्रविष्ट गरेको छ । अब ‘हंग्री’ माने— भोकका कारण रिस उठ्नु ।

यो अनुसन्धानको मुख्य उद्देश्य भोकसँग जोडिएको भावनात्मक स्थितिको मनोवैज्ञानिक तरिकाले अध्ययन गर्नु थियो । कुनै व्यक्ति भोको हुँदा कसरी रिसाउँछ ?

अनुसन्धानअनुसार, आफू छेउछाउको अवस्थाले गर्दा मात्रै त्यति बेला भोको व्यक्ति रिसाएको हुन्न । व्यक्तिविशेषको भावनात्मक जागरुकताको स्तरले त्यो बेलाको रिसलाई निर्धारित गर्ने गर्छ । अर्कातिर, आफूलाई भोक लागेको छ कि छैन भनेर सोचिरहने व्यक्तिचाहिँ भोकै हुँदा पनि रिसाउने सम्भावना कम हुन्छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?