मौसम परिवर्तन संगै हुने एलर्जीको रोकथामका उपायहरु

डा. ललित कुमार मिश्र

काठमाडौँ — बदलिंदो मौसममा एलर्जी हुनु सामान्य कुरो भईसकेको छ । मौसम परिवर्तन हुँदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले गर्दा मानिस एलर्जीको शिकार हुन्छ ।

ZenTravel

मौसम परिवर्तन हुँदा राइनाइटिस् (नाकको एलर्जी) एलर्जीक अस्थमा (श्वास) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो । मौसममा परिवर्तन हुँदा केटा-केटी, महिला तथा बुढा-पाकाहरुमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ ।

आमा-बाबु मध्ये कुनै एक जनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरुको सन्तानमा पनि एलर्जी हुने संभावना पचास प्रतिशत रहन्छ ।

लक्षण : शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार-रुघ लाग्नु, हाँक्च्छु आउनु, आँखा र नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरु दुख्नु यसका शुरुका लक्षणहरु हुन् । खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केहि मिनट पछि अनुहार चिलाउने, डाबर आउने, औंठ, अनुहार, जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, साँस फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिशा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लड प्रेसर कम हुने, बेहोस भएर लड्ने आदि जस्ता लक्षणहरु देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । नाक चिलाउनुका साथै हक्च्छुँ पनि आउनु । नाकबाट पानी बग्नु । नाकको छाला रातो हुनु । जुन घरी-घरी नाक साफ गर्नले हुन्छ । यदि तपाईलाई यस्तो भईरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राईनाईटिस्) नाकको ईन्फेक्सन पनि हुन सक्छ ।

कारण : यस रोगको कारण कयौं प्रकारको एलर्जी हुनु हो । यस मध्ये मुख्य हो, प्रदूषण, धूलो-माटो, घाँस, पराल तथा रुख-पात, बिरुवाको परागणक एवं खाद्य एलर्जी । घरबाट बाहिर निस्किदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्जी राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकूर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढि हुन्छ। भुत्ला हुने जनावरहरु कुकुर, बिरालोको रौं बराबर भुईमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्न सक्छ ।

जोखिम : नाकको एलर्जीले साइनसको ऑस्टिया (हड्डिको प्वाल) लाई बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस (पिनास) को कारण बन्न सक्छ । यसले नाक भित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । यसले ऑडिटरी ट्यूब (श्रवण) नली लाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्यभागमा पानी भरिन सक्छ । यस्ता बिरामीहरुमा दम हुने जोखिम चार गुणाले बढ़न जान्छ ।

बचाव :
१. इन्फेक्शनबाट बच्ने प्रयास गर्ने ।
२. चिसो हावा, धूलो-धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।
३. घरबाट बाहिर निस्किंदा कोशिश गर्ने कि धूलोको कण नाकभित्र कम से कम मात्रा जाओस ।
४. यदि धूलो-धुवाँ भएको ठाउँमा जानु पर्यो भने मास्क या रुमाल राखेर जाने ।
५. घरको पाल्तू जनावरहरु कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।
६. घर या कार्यालयमा जहाँ ओसिलोछ, त्यहाँ नजाने ।
७. धूम्रपान नगर्ने । यदि छेउको कुनै ब्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि स्मोकिंग नगर्ने ।
८. कुनै खाद्य पदार्थ खानाले नाकमा एलर्जी हुन्छ भने त्यो बस्तुको सेवन नगर्ने ।
९. नाकको एलर्जीले बढि सताउने भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।
१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो बस्तुको प्रयोग गर्न बन्द गरि दिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने ।
११. हाम्रो वरिपरि रहेका एलर्जी उत्पन्न गराउने तत्वहरु (एलर्जन) बाट बच्नु नै एलर्जीको सबभन्दा राम्रो उपचार हो ।
१२. धेरैजसो ब्यक्तिको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै बस्तु विशेषको सम्पर्कमा आउन साथै उनीहरुलाई एलर्जी भई हाल्छ । धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नले पनि एलर्जी हुन्छ । जस्तै, सुत्ने ओछ्यान, टावेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । यस्ता कुराको विशेष ख्याल राख्नु पर्दछ ।
१३. घरमा बात्ती (सलेदो) भएको स्टोभको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोभको उपयोग गर्ने ।
१४. घरमा शुद्ध वायु आउने व्यवस्था सुनिश्चित गर्ने ।
१५. घर यदि सडक छेउमा छ भने बाहिरको धूलो-माटो कोठाभित्र आउन रोक्नको लागि झ्याल ढोका सकेसम्म बन्द राख्ने या झ्यालमा सिसाको साथै मसिनो जाली लगाउने ।
१६. किचनमा एक्जस्ट फ्यानको उपयोग गर्ने ।
१७. धैरै जसोलाई फूलको बास्नले पनि एलर्जी हुन्छ । यस्ता व्यक्तिहरुले फुलफुल्ने किसिमको बिरुबा कोठामा नराखने ।
१८. आफ्नो औछ्यानलाई सफा-सुघर राख्ने ।
१९. घरमा गिलो कपडाले पोछा नलगाउने ।
२०. घरको भित्तामा ढुस्सि या जाली लागेकोछ भने त्यसलाइ ब्लिच गरेर सफा गर्ने ।
२१. बर्षा मौसम स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ, तर केहि खास किसिमका रोगहरु जस्तै- अस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरुको लागि यो मौसमले केहि समस्या पनि ल्याउछ ।
२२. प्रतिदिन बिचार गर्नुस् कुनचिज खाएपछि वा लगाएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ भन्ने कुरा । त्यस्ता बिशेष चिजको नाम अगाडि x को निशान लगाई दिने र त्यो बस्तु खान वा लगाउन बन्द गरिदिने । यदि अलिकति सावाधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलैसित यस रोगबाट छुटकारा पाउन सकिन्छ । एलर्जीको उपचार भनेको हाम्रो बाह्य बातावरणमा मौजुद रहेको एलर्जनबाट बच्नु नै यसको सबैभन्दा राम्रो उपाय हो ।

उपचार : होमियोप्याथिक चिकित्सामा रोगीको ईम्युन सिस्टमलाई सबल बनाइ रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने हुनाले यसमा रोगको जरैबाट उपचार गर्ने गरिन्छ र एलर्जी स्थायी रुपमा निको भएर जान्छ ।

औषधिहरु : होमियोप्याथिकमा रोगीको मानसिक एवं शारीरिक लक्षणहरुलाई मध्यनजर राखेर (टोटालिटी अफ सिम्पटमस्) को आधारमा औषधि उपचार गरिन्छ । प्राय गरी एलर्जीको समस्या भएकोमा प्रयोग गर्ने औषधिहरु निम्नलिखित छन ।

* धुलो र परफ्युमबाट हुने एलर्जीको लागि - हिस्टामिनको प्रयोग गर्नु लाभदायक हुन्छ ।

* रोटी र अमिलो खाद्य पदार्थबाट हुने एलर्जीको लागि – नेट्रम-म्युरको प्रयोग गर्न सकिन्छ ।

* उमालेको दुध पिउदा हुने एलर्जीमा - सिपिया नामक औषधि उपयोगी हुन्छ ।
* यदि कसैलाई नुन, मख्खन, अन्डा र कुखुराको मासुबाट एलर्जी छ भने – कार्बोभेजको सेवन गर्दा फाईदा हुन्छ ।

* यदि कसैलाई कफि पिउँदा एलर्जी उत्पन्न हुन्छ भने – नक्स-बोमिका लिन सकिन्छ ।

* घामबाट एलर्जी छ भने - बिरामीले एपिसमेलिफिका औषधिको प्रयोग गरेमा निको हुन्छ ।

* कसैलाई फुलको सुगंन्धबाट एलर्जी हुन्छ भने – उसले एलियन्थस नामक औषधिको सेवन गर्दा राम्रो हुन्छ ।
* यसै गरी धुलोबाट रूघ लाग्ने, हच्छ्यु आउने समस्या भएको छ भने – बिरामिले जस्टिसिया अधोटोडा नामक होमियोप्याथिक औषधिको प्रयोग गरे फाईदा हुन्छ ।

उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकको सल्लाह लिई गर्दा उपयुक्त हुन्छ ।
mishradr.lk@gmail.com

प्रकाशित : आश्विन १७, २०७५ ११:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काँध र पिठ्युमा दुख्छ भने त्यो 'फ्रोजन सोल्डर' हुन सक्छ

डा. ललित कुमार मिश्र

काठमाडौँ — काँध तथा पिठ्युको स्नायुहरुमा कुनै कारणबश सुजन, अररोपन वा दर्द हुन भयो भने यस समस्यालाई मेडिकल भाषामा फ्रोजन सोल्डर भनिन्छ । काँधको जोर्नीमा स्टिफनेस हुनले हात हलाउन तथा हातले आफ्नो दैनिक कामकाज गर्न धेरै असुबिधा, दर्द तथा अप्ठ्यारो हुन्छ । 


अचेल फ्रोजन सोल्डरको समस्या आम समस्या भएको छ। पहिले–पहिले यो समस्या खेलाडी या कुनै कारण चोटपटक लाग्नले हुन्थ्यो। तर अचेल केहि नभइकन पनि यो समस्या देखा पर्न थालेको छ। हेर्दा अत्यन्तै सामान्य लाग्ने यो समस्या अतिनै कष्टदायक छ। यसले रोगीलाई शारीरिक पीडा त दिन्छ नै साथै असुबिधा पनि दिन्छ। जसको कारणले गर्दा बिरामीले आफ्नो दैनिक काममा पनि बाधा र कष्ट भोग्नु पर्दछ। जस्तै, कपाल कोर्न, लुगा लगाउन, नहाउन समेत गाह्रो हुन्छ। रोगी आफुलाई लाचार महसूस गर्न थाल्दछ।

कारण : फ्रोजन सोल्डरको यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन, यसको कारण अज्ञात छ। तर बिगतका दिनहरुमा काँधमा चोट या झट्का लागेको ईतिहास भेटिन्छ। मोटोपना, शरीरको गलत पोश्चर, गलत ढगंले सुत्नु, कुनै कारणबश काँधको नशा च्यापिनु जस्ता कारणले पनि फ्रोजन सोल्डर हुनसक्छ। हार्मोन्समा परिवर्तन हुनु, मिनोपोज तथा मधुमेह, थइरायड, डिप्रेशन जस्ता कारणले पनि यो हुनसक्छ। यस समस्यालाई बेलैमा समाधान गर्नतर्फ लागिएन भने लामोसमयसम्म यसले दुख दिई रहन्छ। यसको परिणाम पछि घातक हुनसक्छ। पुरुषको तुलनामा चालिस वर्ष उमेर नाघेका महिलाहरुमा यो समस्या बढि देखिन्छ। किनभने महिलाहरुलाई बढिजसो घरको कामकाज गर्नुपर्ने हुन्छ।

लक्षण : फ्रोजन सोल्डर हुँदा काँधको हड्डीको जोर्नी केहि कारणबश सुन्निन्छ। काँधको ज्वाइन्ट अररोपन आउनाले उसको ईलास्टीसीटी कम हुन जान्छ। जसले गर्दा हात हाल्लाउँदा दर्द हुन थाल्छ। काँधको दायाँ/बायाँ जतापटि्ट सुन्निएको हुन्छ त्यसतर्फ दर्द बढि हुन्छ र त्यतापटि्ट फर्केर रोगी सुत्न पनि सक्दैन। हात अलिकति हल्लाउँदा पनि मुखबाट एय्या.... मरें शब्द निस्किनुका साथै आँखाबाट आँसु नै झर्छ। धेरै जसो रोगीहरुमा काँधबाट शुरु भएको दर्द हातको औलासम्म पुग्दछ। जसले गर्दा हातमा अत्यधिक दर्द हुनु, काँध, कुईनो तथा हात सुनिन्नु र हात सुन्न हुनु, हातमा करेन्ट लागेको जस्तो झट्का लाग्नु तथा हातमा कम्पन हुनु जस्तो समस्या देखिन्छ। जब दुखाई गर्धनतिर हुन्छ तव गर्धन र टाउको हल्लाउन असुबिधा र पिडायुक्त हुन्छ। कहिले काहि गर्धन हल्लाउँदा पनि मुखबाट एय्या....मरें जस्तो शब्द निस्किन्छ। यसको साथै कानमा दर्द, टाउको भारि हुनु तथा चक्कर लाग्नु जस्तो समस्या पनि हुन्छ। हातमा भित्रबाट नै दर्द र जलन पनि हुन्छ। फ्रोजन सोल्डर एक कष्टदयक रोग हो र यो ठिक हुनमा ६ महिनादेखि एकवर्षको समय लाग्न सक्छ। जसले गर्दा केहि दिनको उपचार पछि धेरैजसो बिरामी बीचमै उपचार लिन छोडिदिन्छन् या दर्द निवारक औषधि खाएर पीडालाई क्षणिक दवाउने गर्दछन्। यसबाट शरीरलाई नोक्सान त हुन्छ नै साथै समस्यालाई अझ गम्भिर बनाउन सक्छ।

योगासन / व्यायाम : फ्रोजन सोल्डरको कष्ट कम गर्न तथा भएको पीडालाई कम गर्न व्यायाम गर्नु पर्दछ। यस रोगमा चिकित्सा भन्दा बढि ब्यायाम को महत्व छ। ब्यायाम गर्नले नसाहरुमा रगतको संचार हुन्छ। मोबिलिटी बढ्द छ, मुभमेन्ट सजिलैसित हुन्छ तथा बिस्तारै विस्तारै सुजन, स्टिफनेस, दुखाई कम हुनथाल्छ। ताडआसन यसको लागि एक उपयोगी आसन हो। यसले मेरुदण्ड तथा काँधको नसाहरुलाई रिल्याक्स गर्दछ। यसै प्रकार धनुरासन, पादहस्तासन, पर्वतासन गर्नु लाभदायक हुन्छ। यसको साथसाथै फ्रोजन सोल्डरको दुखाइमा हिड्दा, उठ्दा, बस्दा तथा सुत्दा शरीरको पोस्चरलाई स्वाभाविक अवस्थामा राख्नले नसा च्यापिनु या काँधमा अनावश्यक दवाब हुने अवस्थाबाट छुटकारा पाउन सकिन्छ। जसले गर्दा सुजन र दुखाइबाट राहत मिल्छ। तर बिडम्बना के छ भने जब यो समस्या हुन्छ त्यसबेला धेरैजसो ब्यक्ति काँधको जोर्नीको दुखाइ पटी ध्यान दिंदैनन् आफै ठिक हुन्छ भनेर वास्ता गर्दैनन्। बिरामीको यसै लापरवाहीले गर्दा यो समस्या दिनप्रति दिन बढ्दै गएको छ।

रोग निवारणमा सहायक उपाय : फ्रोजन सोल्डरको समस्यामा तातोले सेक्नु पर्दछ। यसले रक्तनली एक्सपेन्ड हुन्छ। जसले रक्तप्रवाह तथा रक्तसंचार राम्रोसंग हुन्छ। जसको फलस्वरुप चोट या क्षतिग्रस्त भागको नसाहरुमा रक्तसञ्चार सुचारु हुन्छ। यसले गर्दा काँधको मांशपेशीहरु रिल्याक्स हुनुका साथे अररोपन भएको भाग खुकुलो हुन्छ। साथै ज्वाईन्टको एलेक्ट्रिसिटि बढ्दछ। यो उपचार फ्रोजन सोल्डरका लागि प्रभावकारी छ। मेडिलकल भाषामा यसलाई विझोडायलेशन भनिन्छ। बर्फ या चिसोले प्राभावित भाग काँधलाई जब गरमले सेकाईन्छ। यसले काँधको बरिपरिको नसाहरुलाई केहि समयको लागि सुन्न गराईदिन्छ। जसले गर्दा दुखाईमा तुरन्त आराम महशुस हुन्छ। प्रभावित भागको रक्तसञ्चार कम भएर जान्छ, सुजन कम हुन्छ। फलस्वरुप हात चलाउँदा दुखाई कम हुन्छ। यसरी चिसो सेकाईले सुजन मात्र होईन कि दुखाई पनि कम हुन्छ। यस क्रियालाई विझोकंस्ट्रिकशन भनिन्छ।

चिकित्सा : होमियोप्याथिक उपचारमा फ्रोजन सोल्डरको कष्टमा लाभ पुर्याउने धेरै औषधिहरु छन। जुन औषधि रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको कारणलाई समेत ध्यानमा राखेर प्रयोग गरिन्छ।

लक्षण अनुसार प्रयोगहुने केहि औषधिहरु : आर्निका, कास्टिकम, ब्रयोनीया, फेरम मेटालिकम, फाइटोलेक्का, चेलिडिनियम, सेंगुनेरिया, हिपर सल्फर, डायसकोरिया, सिमिसिफ्युगा, थियोसिनामिनम, कलकेरिया फ्लोर, रसटक्स, रुटा ग्रेव, स्टिक्टा, मेगफाँस आदि औषधीहरु प्रयोग गर्न सकिन्छ। उपरोक्त लेख जानकारीको लागि मात्र हो। यसले चिकित्सकको ठाउँ लिन सक्दैन। माथि उल्लेख गरिएका औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै चिकित्सकसँग सल्लाह लिएर गर्नु उचित हुन्छ।
अस्तु !
Mishradr.lk@gmail.com

प्रकाशित : आश्विन १०, २०७५ १६:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×