२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

काँध र पिठ्युमा दुख्छ भने त्यो 'फ्रोजन सोल्डर' हुन सक्छ

डा. ललित कुमार मिश्र

काठमाडौँ — काँध तथा पिठ्युको स्नायुहरुमा कुनै कारणबश सुजन, अररोपन वा दर्द हुन भयो भने यस समस्यालाई मेडिकल भाषामा फ्रोजन सोल्डर भनिन्छ । काँधको जोर्नीमा स्टिफनेस हुनले हात हलाउन तथा हातले आफ्नो दैनिक कामकाज गर्न धेरै असुबिधा, दर्द तथा अप्ठ्यारो हुन्छ । 

काँध र पिठ्युमा दुख्छ भने त्यो 'फ्रोजन सोल्डर' हुन सक्छ

अचेल फ्रोजन सोल्डरको समस्या आम समस्या भएको छ । पहिले–पहिले यो समस्या खेलाडी या कुनै कारण चोटपटक लाग्नले हुन्थ्यो । तर अचेल केहि नभइकन पनि यो समस्या देखा पर्न थालेको छ । हेर्दा अत्यन्तै सामान्य लाग्ने यो समस्या अतिनै कष्टदायक छ । यसले रोगीलाई शारीरिक पीडा त दिन्छ नै साथै असुबिधा पनि दिन्छ । जसको कारणले गर्दा बिरामीले आफ्नो दैनिक काममा पनि बाधा र कष्ट भोग्नु पर्दछ । जस्तै, कपाल कोर्न, लुगा लगाउन, नहाउन समेत गाह्रो हुन्छ । रोगी आफुलाई लाचार महसूस गर्न थाल्दछ ।


कारण : फ्रोजन सोल्डरको यही नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन, यसको कारण अज्ञात छ । तर बिगतका दिनहरुमा काँधमा चोट या झट्का लागेको ईतिहास भेटिन्छ । मोटोपना, शरीरको गलत पोश्चर, गलत ढगंले सुत्नु, कुनै कारणबश काँधको नशा च्यापिनु जस्ता कारणले पनि फ्रोजन सोल्डर हुनसक्छ । हार्मोन्समा परिवर्तन हुनु, मिनोपोज तथा मधुमेह, थइरायड, डिप्रेशन जस्ता कारणले पनि यो हुनसक्छ । यस समस्यालाई बेलैमा समाधान गर्नतर्फ लागिएन भने लामोसमयसम्म यसले दुख दिई रहन्छ । यसको परिणाम पछि घातक हुनसक्छ । पुरुषको तुलनामा चालिस वर्ष उमेर नाघेका महिलाहरुमा यो समस्या बढि देखिन्छ । किनभने महिलाहरुलाई बढिजसो घरको कामकाज गर्नुपर्ने हुन्छ ।


लक्षण : फ्रोजन सोल्डर हुँदा काँधको हड्डीको जोर्नी केहि कारणबश सुन्निन्छ । काँधको ज्वाइन्ट अररोपन आउनाले उसको ईलास्टीसीटी कम हुन जान्छ । जसले गर्दा हात हाल्लाउँदा दर्द हुन थाल्छ । काँधको दायाँ/बायाँ जतापटि्ट सुन्निएको हुन्छ त्यसतर्फ दर्द बढि हुन्छ र त्यतापटि्ट फर्केर रोगी सुत्न पनि सक्दैन । हात अलिकति हल्लाउँदा पनि मुखबाट एय्या.... मरें शब्द निस्किनुका साथै आँखाबाट आँसु नै झर्छ । धेरै जसो रोगीहरुमा काँधबाट शुरु भएको दर्द हातको औलासम्म पुग्दछ । जसले गर्दा हातमा अत्यधिक दर्द हुनु, काँध, कुईनो तथा हात सुनिन्नु र हात सुन्न हुनु, हातमा करेन्ट लागेको जस्तो झट्का लाग्नु तथा हातमा कम्पन हुनु जस्तो समस्या देखिन्छ । जब दुखाई गर्धनतिर हुन्छ तव गर्धन र टाउको हल्लाउन असुबिधा र पिडायुक्त हुन्छ । कहिले काहि गर्धन हल्लाउँदा पनि मुखबाट एय्या....मरें जस्तो शब्द निस्किन्छ । यसको साथै कानमा दर्द, टाउको भारि हुनु तथा चक्कर लाग्नु जस्तो समस्या पनि हुन्छ । हातमा भित्रबाट नै दर्द र जलन पनि हुन्छ । फ्रोजन सोल्डर एक कष्टदयक रोग हो र यो ठिक हुनमा ६ महिनादेखि एकवर्षको समय लाग्न सक्छ । जसले गर्दा केहि दिनको उपचार पछि धेरैजसो बिरामी बीचमै उपचार लिन छोडिदिन्छन् या दर्द निवारक औषधि खाएर पीडालाई क्षणिक दवाउने गर्दछन् । यसबाट शरीरलाई नोक्सान त हुन्छ नै साथै समस्यालाई अझ गम्भिर बनाउन सक्छ ।


योगासन / व्यायाम : फ्रोजन सोल्डरको कष्ट कम गर्न तथा भएको पीडालाई कम गर्न व्यायाम गर्नु पर्दछ । यस रोगमा चिकित्सा भन्दा बढि ब्यायाम को महत्व छ । ब्यायाम गर्नले नसाहरुमा रगतको संचार हुन्छ । मोबिलिटी बढ्द छ, मुभमेन्ट सजिलैसित हुन्छ तथा बिस्तारै विस्तारै सुजन, स्टिफनेस, दुखाई कम हुनथाल्छ । ताडआसन यसको लागि एक उपयोगी आसन हो । यसले मेरुदण्ड तथा काँधको नसाहरुलाई रिल्याक्स गर्दछ । यसै प्रकार धनुरासन, पादहस्तासन, पर्वतासन गर्नु लाभदायक हुन्छ । यसको साथसाथै फ्रोजन सोल्डरको दुखाइमा हिड्दा, उठ्दा, बस्दा तथा सुत्दा शरीरको पोस्चरलाई स्वाभाविक अवस्थामा राख्नले नसा च्यापिनु या काँधमा अनावश्यक दवाब हुने अवस्थाबाट छुटकारा पाउन सकिन्छ । जसले गर्दा सुजन र दुखाइबाट राहत मिल्छ । तर बिडम्बना के छ भने जब यो समस्या हुन्छ त्यसबेला धेरैजसो ब्यक्ति काँधको जोर्नीको दुखाइ पटी ध्यान दिंदैनन् आफै ठिक हुन्छ भनेर वास्ता गर्दैनन् । बिरामीको यसै लापरवाहीले गर्दा यो समस्या दिनप्रति दिन बढ्दै गएको छ ।


रोग निवारणमा सहायक उपाय : फ्रोजन सोल्डरको समस्यामा तातोले सेक्नु पर्दछ । यसले रक्तनली एक्सपेन्ड हुन्छ । जसले रक्तप्रवाह तथा रक्तसंचार राम्रोसंग हुन्छ । जसको फलस्वरुप चोट या क्षतिग्रस्त भागको नसाहरुमा रक्तसञ्चार सुचारु हुन्छ । यसले गर्दा काँधको मांशपेशीहरु रिल्याक्स हुनुका साथे अररोपन भएको भाग खुकुलो हुन्छ । साथै ज्वाईन्टको एलेक्ट्रिसिटि बढ्दछ । यो उपचार फ्रोजन सोल्डरका लागि प्रभावकारी छ । मेडिलकल भाषामा यसलाई विझोडायलेशन भनिन्छ । बर्फ या चिसोले प्राभावित भाग काँधलाई जब गरमले सेकाईन्छ । यसले काँधको बरिपरिको नसाहरुलाई केहि समयको लागि सुन्न गराईदिन्छ । जसले गर्दा दुखाईमा तुरन्त आराम महशुस हुन्छ । प्रभावित भागको रक्तसञ्चार कम भएर जान्छ, सुजन कम हुन्छ । फलस्वरुप हात चलाउँदा दुखाई कम हुन्छ । यसरी चिसो सेकाईले सुजन मात्र होईन कि दुखाई पनि कम हुन्छ । यस क्रियालाई विझोकंस्ट्रिकशन भनिन्छ ।


चिकित्सा : होमियोप्याथिक उपचारमा फ्रोजन सोल्डरको कष्टमा लाभ पुर्याउने धेरै औषधिहरु छन । जुन औषधि रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको कारणलाई समेत ध्यानमा राखेर प्रयोग गरिन्छ ।


लक्षण अनुसार प्रयोगहुने केहि औषधिहरु : आर्निका, कास्टिकम, ब्रयोनीया, फेरम मेटालिकम, फाइटोलेक्का, चेलिडिनियम, सेंगुनेरिया, हिपर सल्फर, डायसकोरिया, सिमिसिफ्युगा, थियोसिनामिनम, कलकेरिया फ्लोर, रसटक्स, रुटा ग्रेव, स्टिक्टा, मेगफाँस आदि औषधीहरु प्रयोग गर्न सकिन्छ । उपरोक्त लेख जानकारीको लागि मात्र हो । यसले चिकित्सकको ठाउँ लिन सक्दैन । माथि उल्लेख गरिएका औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै चिकित्सकसँग सल्लाह लिएर गर्नु उचित हुन्छ ।

अस्तु !

[email protected]


प्रकाशित : आश्विन १०, २०७५ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?