२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

बीबीसी

काठमाडौँ — लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब-किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

अनुशन्धानकर्ताहरुका अनुसार प्रदुषणको नकारात्मक असर उमेर अनुसार बढ्दै जाने र कम शिक्षित पुरुषहरुमा यसको प्रभाव झनै धेरै परेको देखिएको छ । उनीहरुका अनुसार यो अध्ययन विश्वव्यापी रुपमा नै प्रासांगिक छ किनभने विश्वका ८० प्रतिशत सहरी जनसंख्याले असुरक्षित स्तरको वायु प्रदुषणमा स्वास फेरिरहेका छन् ।


अदृश्य मृत्युको कारकका रुपमा हेरिएको वायु प्रदुषणका कारण विश्वभर करिब ७० लाख नाबालक शिशुहरुको ज्यान गइरहेको विश्व स्वास्थ्य स‌ंगठनको दाबी छ ।


प्रदुषणले अल्जाइमर र डिमेन्सिया जस्तो मस्तिष्कको रोगलाई पनि बढाउने अनुशन्धानकर्ताहरुले दाबी गरेका छन् । यस्तै यसअघि २०१० देखी २०१४ सम्म गरिएको अध्ययनले बालबालिकाको सिक्ने क्षमतामा पनि वायु प्रदुषणले असर गर्ने देखिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?