ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न

काठमाडौँ — नेपालभर नै बढ्दै गइरहेको जेष्ठ नागरिकहरुको जनसंख्यालाई मध्यनजर गर्दै वृद्ध अवस्थामा धेरैमा देखिने ओस्टियोपोरोसिस र हाडजोर्नीको विभिन्न समस्यालाई बेलामा नै पहिचान गरी उपचार गर्नका लागि काठमाडौंको धुम्बराईस्थित ह्याम्स अस्पतालले नि:शुल्क शिविरको आयोजना गरेको छ ।

ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न

अस्पतालले ५० वर्ष माथिका महिला तथा पुरुषका लागि भदौ ७ देखि ९ गतेसम्म अस्पतालमै संचालन गरेको उक्त शिविरमा ४०० भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

उक्त शिविर स्वास्थ्य परिक्षणमात्र नभइ सहभागीहरुलाई ओस्टियोपोरोसिस र हाडजोर्नी रोग र त्यसको रोकथामका उपाय बारे केही सामान्य ज्ञान पनि दिइएको थियो । त्यहाँ कार्यरत हाडजोर्नी रोगका विशेषज्ञ चिकित्सकहरु डा. भाष्करराज पन्त, डा. विज्ञान भण्डारी, डा. प्रशान्त अधिकारी, डा. सन्दीप भण्डारी र डा. रबिन्द्र बस्नेत (फिजियाेथेरापी) ले नै स्वास्थ्य परिक्षणमा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उनीहरुलाई वृद्ध अवस्थामा हुनसक्ने ओस्टियोपोरोसिसका साथै हाडजोर्नीका विभिन्न समस्या र त्यसको उपचार पद्दतीबारे जानकारी गराएका थिए ।

अस्पतालमा कार्यरत हाडजोर्नी तथा मेरुदण्डरोग विशेषज्ञ डा. विज्ञान भण्डारीका अनुसार विशेष गरेर महिनावारी बन्द भएका महिला तथा वृद्धहरुमा बुढ्यौलीका कारण ओस्टियोपोरोसिस र विभिन्न प्रकारका हाडजोर्नीका समस्याहरु देखापर्छन् ।

‘बुढेसकालमा धेरैमा देखिने समस्या भनेको ओस्टियोपोरोसिस हो,’ उनले भने, ‘यो महिलाहरुमा महिनावारी बन्द भएपछि इस्ट्रजेनको कमी कारण देखा पर्छ भने पुरुषहरुमा उमेर ढल्किँदै गएपछि देखिन्छ । यस्तै छारे रोग, दम र बाथका औषधीहरु लमो समयसम्म प्रयोग गर्नेहरुमा पनि यो समस्या देखिन सक्छ ।’

उनका अनुसार त्यसैले स्वास्थ्य परिक्षण गराउन आएकाहरु सबैको नि:शुल्क ‘क्याकानियल डेन्सिटोमेट्री’ (हाड्डीको बलियोपन)को परिक्षण तथा परामर्श दिइएको थियो । उक्त अस्पतलमा हाडजोर्नीसँग सम्बन्धित सम्पूर्ण रोगहरुको उपचार पनि हुने उनले बताए ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?