कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

अतुल मिश्र

काठमाडौँ — बीर अस्पतालमा कलेजोको लचकता जाँच्ने ‘फाइब्रोस्क्यान’ मेसिन भित्राइएको छ । यो संगै अव कलेजो रोगको लागि वायोप्सी गर्नु पर्ने झन्झटिलो प्रकृयाको समेत अन्त भएको छ ।

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

रोटरी फाउन्डेसन र रोटरी क्लव काठमाडौं ले करिव दुई करोड ५० लाख रुपियाँ पर्ने फाइव्रोस्क्यान मेसिन वीरलाई हस्तान्तरण गरेको हो ।


वीरका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार अस्पतालले समेत फाइव्रोसक्यान मेसिनको लागि २५ लाख लगानी गरेको छ ।


अस्पतालले फाइव्रोस्क्यान परीक्षण शुल्क वापत करिब तीन हजार रुपियाँ लिने तयारी गरेको जनाउदै डा. बस्नेतले भने,‘निजी क्षेत्रमा यो परीक्षणको लागि साढे सात हजारसम्म लिइन्छ ।’


फाइव्रोस्क्यान मेसिनद्वारा कलेजो कति कडा, लचकदार छ भन्ने थाहा पाइन्छ । एउटा स्वस्थ कलेजो मोलायम हुनुको साथै लचिलो समेत हुन्छ ।


यस अघि वायोप्सी गर्न शरीरका भित्र सुइ पठाएर कलेजोको एउटा सानो टुक्रा परीक्षणको लागि निकालिन्थ्यो । यस्तो प्रकृयामा कलेजोबाट अत्यधिक रक्तश्राव हुने सम्भावनासमेत रहने गरेको थियो ।


तर फाइव्रोसक्यानले विरामीको कलेजो भएको भागमा एक प्रकारको जेललगाएर अल्ट्रासाउन्ड जस्तै करिब पाँच मिनेट परीक्षण गरेपछि कलेजो वारे थाहा पाइन्छ ।


रोटरीले अस्पताललाई ९ वटा डायलासिस उपकरण समेत हस्तान्तरण गरेको छ । डा. बस्नेतका अनुसार यस मध्ये एक–एक वटा मेसिन हेपाटाइटिस ‘वी’, हेपाटाइटिस ‘सी’ र एचआइभी विरामीको लागि सेवा दिन छुटयाइएको छ भने २ वटा आइसियु र बाँकी रहेको ४ वटा मेसिन रुटिन सेवामा दिइएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?