२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

अतुल मिश्र

काठमाडौँ — इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

इपिडिमियोलाेजीले पखाला नियन्त्रण गर्न आम जनसमुदायलाई उमालेको, क्लोरिन चङ्की वा थोपा द्वारा शुद्घ पारिएको पानी सेवन गर्नुको साथै साबुनपानीले राम्ररी हात धुन समेत आग्रह गरेको हाे ।


‘त्यहाँ खानेपानीको रिजर्भायर(जलाशय) भलको पानी मिसिएर प्रदुषित भयो’, इपिडिमियोलाेजीका निर्देशक डाक्टर केदारप्रसाद सेन्चुरीले बताए । प्रदुषित पानी सेवन नै झाडापखालाको मुख्य कारण भएकाे उनकाे भनाइ छ । इपिडिमियोलाेजीबाट प्रयोगशाला प्राविधिक, जनस्वास्थ्य अधिकृत लगायतका स्वास्थ्यकर्मीहरुको टोली शान्तिनगर पुगीसकेको छ ।


पखाला लागेकाहरुको दिसाको नमुनालाइ स्थानीय स्वास्थ्य केन्द्रकाे प्रयोगशाला परिक्षण गर्दा पखालाको कारण ‘व्याक्टेरिया’, देखिएको थियाे । कल्चर सुविधाकाे अभावले त्यो कुन व्याक्टेरिया हो भन्ने पत्ता लागेकाे छैन ।केहि नमुनालाई केन्द्रमा परिक्षण गर्न ल्याउने तयारी भैरहेकाे जनाइएकाे छ ।

प्रकाशित : जेष्ठ १४, २०७५ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?