२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

के हो पाईल्स भनेको ?

काठमाडौँ — बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरॉइड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु  सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।

के हो पाईल्स भनेको ?

यो मस्सा कहिले भित्र रहन्छ भने कहिलै बाहिर पनि निस्किन्छ । करीब ७०% प्रतिशत मानिसहरु आफ्नो जीवनमा कुनै न कुनै बेला पाईल्सको समस्याबाट गुज्रिन्छन् ।


उमेर बढ्नुको साथै पाईल्सको समस्या पनि बढ्न सक्छ । यदि परिवारमा कसैलाई यो समस्या रहेको छ भने, अन्य सदस्यलाई पनि हुने संभावना बढि हुन्छ । मानिसको जीवनशैलीसँग जोडिएको यो रोग आनुवांशिक समस्या पनि हो । धेरै जसो व्यक्तिहरु प्राय: गरी मलद्वारसँग सम्बन्धित रोगहरुलाई बाबासिर या पाईल्स नै हो भनेर सम्झिन्छन् । तर मलद्वारका अरु कयौं रोगहरु पनि हुनसक्छन्, जसलाई तपाई पाइल्स सम्झिरहनु भएको छ भने त्यो पाईल्स नभएर फिशर पनि हुन सक्छ । वार्टस (मुसा) मस्साको रुपमा मलद्वार वरिपरि हुन सक्छ ।


फिशर:

कहिले काही एनल कैनालको वरिपरिको क्षेत्रमा चिरिएको (क्रेक) जस्तो स्थिति बन्न जान्छ । जसलाई फिशर भनिन्छ । यो दरार सानो पनि हुन सक्छ र ठुलो पनि । यसबाट पनि दिशा गरे पश्चात रगत आउँछ ।


लक्षण:

-एनसको वरिपरि कडा किसिम गाँठो जस्तो महशुस हुन सक्छ । यसमा रगत जमेको हुनसक्छ । जसले गर्दा एनस धेरै दुख्ने हुन्छ । दिशा गरिसकेपछि पनि यस्तो महशुस हुन्छ कि पेटसफा भएन । मल त्याग गर्ने बेला दर्द हुनु, सिन्कोले घोचेको जस्तो मलद्वारमा अनुभव हुनु । दिशा गर्ने बेला म्युकस (आउँ) दिशामा देखिनु र दर्द महशुस हुनु । दिशा गर्ने बेला रगत आउनु । एनसको बरिपरि चिलाउनु, त्यो क्षेत्र रातो हुनु र सुन्निनु आदि ।


पाइल्सको प्रकार :


(क) भित्रि पाइल्स (यसमा रगत पनि आउँछ) :

स्टेज १: शुरुको स्थितिमा ऐनसको भित्रि भागमा सानो गाँठो जस्तो सुन्निएको हुन्छ । प्राय, गरी यो देखिदैन पनि । यसमा कुनै प्रकारको दर्दपनि हुँदैन । दिशा गर्ने बेलामा रगत आउँछ भन्ने कुरा बिरामीले भन्छ ।

स्टेज २: यस अवस्थामा पहिलाको भन्दा भित्रि भाग बढि सुन्निएको हुन्छ । दिशा गर्ने बेला जोर गर्दा रगत आउनुको साथै मस्सा (डल्लो) जस्तो पनि बाहिर आउछ । तर औलाले ठेल्दा सजिलैसित भित्र जाने हुन्छ ।

स्टेज ३: यो अवस्थामा पाइल्सको स्थिति बढो गम्भिर हुन्छ । यसमा सुन्निएको भाग या मस्सा (डल्लो) बाहिर तिर झुन्डि रहन्छ । औंलाको सहायताले पनि यस (डल्लो) लाई भित्र पठाउन सकिंदैन । यि मस्सा ठुला आकारका हुन्छन् र सधै बाहिरतिर निस्केको हुन्छ । ईन्टरनल पाइल्सलाई नै रक्तस्राबी बाबासिर भनिन्छ । दोस्रो या तेस्रो स्टेजको पाइल्समा दिशा गरिसके पछि कुनै पनि प्रकारको तेल लगाएर मस्सालाई भित्र ठेलदिनु पर्दछ । बाहिर रहयो भने ईनफेक्सन हुने डर रहन्छ ।


(ख) बाहरी- एक्सट्रनल पाईल्समा प्राय: दिशा गर्दा रगत आउँदैन ।


यसलाई मेडिकल भाषामा पेरिएनल हेमाटोमा भनिन्छ । यो हेर्दा सा-सानो गाँठो या सुन्निएको जस्तो हुन्छ । यो एनस को बाहिरी सतहमा रहन्छ । यो अत्याधिक चिलाउने हुन्छ । यदि यसमा रगत जम्मा भयो भने दर्द हुन्छ र तुरुन्तै उपचारको आवश्यकता हुन्छ ।


कारण : पुरानो कब्जियत हुनु र मल त्याग गर्दा बढी जोर लगाउनु । गुदा मैथुन गर्नु । लगातार र बारम्बार पखाला लाग्नु । लगातार वजनदार चिज उठाउनु । मोटोपना । निष्क्रिय जीवन शैली । गर्भावस्थामा पनि धेरेजसो महिलाहरुमा पाईल्सको समस्या हुन्छ ।


सल्लाह/सुझाव :


कब्जियत पाईल्स हुनुको प्रमुख कारण हो । यसबाट बच्नको लागि भरपुर मात्रामा हरियो रेशादार सागसब्जीहरु खानु पर्दछ । सिजन अनुसारको फलफुल खाने र प्रशस्त मात्रामा पानी पिउने । यसबाट दिशा साफ्ट हुन्छ कन्नु पर्दैन । सॉफ्ट र मोयाईश्चर युक्त ट्वाइलेट पेपरको प्रयोग गर्ने । खुकुलो अन्डरबेयर लगाउने । टाइट अण्डरवेयरको कारणले पाइल्सको (डल्लो) मा घर्षण हुन सक्छ जसले गर्दा बिरामीलाई अप्ठायारो हुनसक्छ ।


पाइल्सको बिरामीलाई मल त्याग गरेपछि पनि यस्तो अनुभव हुन्छ कि अझ दिशा आउला कि । यसको लागि जोरले कन्ने गर्दछन् । यो विरामीका लागि घाट्टक हुनसक्छ । दिशा अझ आउने सेन्सेशन बिरामीलाई पाईल्स (मस्सा) को कारणले हुन्छ । बास्तवमा पेट सफा भईसकेको हुन्छ । अत, बल नगर्ने । कोशिस गर्ने कि पाँच/सात मिनेटको भित्र फाईरिगं भएर बाहिर निस्किने । दिशा आए या नआए पनि एक निश्चित समयमा ट्वाइलेट जाने बानी बसाल्ने । ट्वाइलेटमा बसेर मोबाईलमा गीत सुन्ने, गेम खेल्ने, पेपर या कुनै किताब पढ्ने कार्य गर्नु हुदैन ।


जटिलता :


पाईल्सको प्रारम्भिक चरणमा यसको उपचार गर्न आवश्यक छ । अन्यथा यो गम्भिर समस्यामा बदलिन सक्छ । यदि पाईल्सको उपचार गरिएन भने रेक्टल अल्सर/क्यान्सर पनि हुनसक्छ ।


खानपान: के नखाने - ननभेज, मसालादार खाना, केक, पेस्ट्री र मैदाबाट बनेको खानेकुराहरु नखाने । जंकफुड, तैलीय र बोसोयुक्त खाना नखाने । चिया, कफि, अल्कोहल र बियर नपिउने । के खाने - मेवा, चिकु, अंजिर, केरा, नासपाति, अंगुर, स्याउ जस्ता फलफुलहरु खाने । सलादमा गाजर, मुला खाने । हरियो साग सब्जिहरु बढि खाने । चोकर समेतको पिठोको रोटी, मल्टिग्रेन ब्रेड खाने । दिनमा कमसे कम बाह्र गिलास पानी पिउने ।


होमियोप्याथिक उपचार : होमीयोप्याथी मा पाइल्स/फिशरको उपचारको लागि राम्रो प्रभावकारी औषधिहरु छन् । होमीयोप्याथीको मान्यता अनुसार पाइल्सका दश प्रतिशत केशेजहरुमा मात्र सर्जरीको आवश्यकता पर्दछ । नब्बे प्रतिशत केशेजमा औषधिद्वारा नै ठिक गर्न सकिन्छ । रोगिको मानसिक एवं शारीरिक लक्षण अनुसार यस रोगमा प्रयोग गरिने केहि होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् । नन-ब्लिडिंग पाइल्समा एंटिम क्रूड, एसकुलस, एलोज, नक्स वोमिका, सल्फर प्रयोग गर्न सकिन्छ । पाइल्सबाट रगत आउछ भने हैमेमेलिस, मिलेफोलियम, फॉस्फोरसको प्रयोग गर्न सकिन्छ । पाइल्समा दर्द ज्यादै छ भने रैटेहनिया, पियोनियाको प्रयोग गर्न सकिन्छ । प्रेग्नेन्सीमा यदि पाइल्स छ भने कोलिन सोनिया, पल्सैटिला, सीपिया प्रयोग गर्नु पर्छ ।


उपरोक्त होमियोप्याथिक औषधीहरुको प्रयोग आफ्नो नजिकको योग्य तथा अनुभवी चिकित्सकसंग परामर्श लिएर मात्र सेवन गर्नु या गराउनु उचित हुन्छ ।

अस्तु ।


[email protected]


प्रकाशित : जेष्ठ ९, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?