कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नरिवल पानी

काठमाडौँ — गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यो स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन ।

नरिवल पानी

ठिक्कको एउटा नरिवलमा करिब दुई सयदेखि अढाइ सय मिलिग्राम पानी हुन्छ । एक कप नरिवल पानीमा करिब ४६ क्यालोरी ऊर्जा हुन्छ । यसमा फाइबर ३ ग्राम, प्रोटिन २ ग्राम हुन्छ । भिटामिन सी, म्याग्नेसियम, पोटेसियम, म्याग्निज, सोडियम, क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । यो पानीमा अमिनो एसिड, एन्जाइम्स, एन्टि–अक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, कार्बोहाइड्रेट हुन्छ ।

नरिवल पानी पेटको समस्या कम गर्न सहयोगी हुन्छ । मेटाबोलिज्मका बेला कोशिकामा फ्री र्‍याडिकल्स बन्न थाल्छन्, जसका कारण व्यक्तिविशेषमा तनाव उत्पन्न हुन सक्छ । शरीरमा बढी फ्री र्‍याडिकल्स बन्दा कोशिकालाई नष्ट गर्न थाल्छ । अनि मृगौला र मुटुसम्बन्धी रोगको खतरा बढ्छ । तर नरिवल पानीमा भएको एन्टि–अक्सिडेन्ट फ्री र्‍याडिकल्सलाई निमिटयान्न पार्छ ।

नरिवल पानीमा कम मात्रामा क्यालोरी हुन्छ, यो सजिलै पच्छ । त्यसैले तौल कम गर्न यो सहयोगी हुन्छ । यसमा थुप्रै बायो एक्टिभ इन्जाइम हुन्छन्, जसले कोलेस्ट्रोल पचाउने सामथ्र्य बढाउँछन् । उच्च रक्तचाप नियन्त्रण गर्न पनि नरिवल पानी खाने गरिन्छ । यसमा भएका पोटेसियम, म्याग्नेसियम र भिटामिन सी रक्तचाप नियन्त्रित राख्न सहयोगी हुन्छन् ।

शरीरमा पानीको कमीले माइग्रेन वा टाउको दुखाइ हुन सक्छ । यस्तो अवस्थामा नरिवल पानीले शरीरमा इलेक्ट्रोलाइट आपूर्ति गरेर पानीको स्तरलाई समेत बढाउँछ । मद्यपानको हयाङओभर हटाउन, संक्रमणबाट जोगिन, ब्लड सुगरको स्तर घटाउन, मुटुलाई स्वस्थ राख्न, शरीरको रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाउन पनि नरिवल पानी सहायक हुन्छ । मृगौलाको पत्थरी हटाउन, शरीर चम्काउन, कालोपोतो र डन्डीफोर हटाउन, आँखाको कालो घेरो (डार्क सर्कल) हटाउन पनि नरिवल पानीले रामवाणको काम गर्छ । नरिवल पानी एउटा प्राकृतिक कन्डिस्नर पनि हो । कपालमा चम्काउन र दह्रो बनाउन पनि नरिवल पानी उपयोगी हुन्छ ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?