हाँस्दा जस्तै रुँदाका फाइदाहरु

डा. ललितकुमार मिश्र

काठमाडौं — जसरी हाम्रो स्वास्थ्यको लागि दिनको एक –दुई पटक दिल खोलेर हाँस्ने गर्नाले फाईदा हुन्छ । त्यसैगरि कहिलेकाही थोर-बहुत रुँदा पनि मन हल्का हुनुको साथै स्वास्थ्यलाई पनि फाईदा पुग्दछ ।

 हाँस्दा जस्तै रुँदाका फाइदाहरु

मनोचिकित्सकहरुको भनाई अनुसार कहिलेकाही रुनले कुनै प्रकारको हानि - नोक्सानी हुँदैन । रुनले व्यक्ति तनावरहित एवं आफुलाई हल्का महशुस हुन्छ । आँखाबाट झर्ने आँशु व्यक्तिको मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो भन्दा अतियुक्ति नहोला । जब कसैले हामीलाई आघात पुर्याउछ वा हामी अत्याधिक दुखी हुन्छौं, त्यस अवस्थामा हामी रुन्छौ । आखाँबाट आँशु झर्नथाल्छ । यसरी आँखाबाट खसेको आँशुले तनावबाट मुक्त गर्दछ । मनोबैज्ञानिकहरु भन्छन्, 'बिपत्ति, दुख र अत्याधिक तनावको स्थितिमा पनि यदि कुनै व्यक्तिको आँखाबाट आँशु आउँदैन अथवा रुँदैन भने सम्झिनु कि त्यो व्यक्ति मानसिक एवं शारीरकरुपले अस्वस्थ्य छ ।

यदि कुनै महिलालाई बिपतको घडिमा पनि आँशु आउँदैन भने सक्झिनुस्, त्यो महिला भित्रबाट नै सुकेको पात जस्तै हो वा पात बिहीन रुख जस्तै छ । आँशुको अभावको कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, स्वेतप्रदर आदि हुनसक्छ । भक्कानो छोडेर वा सुक-सुक गरेर रुनु शरीरको लागि स्वस्थ्य कर मानिन्छ । यस अवस्थामा व्यक्ति एउटा बालकको जस्तो शारीरिक एवं मानसिक तनावबाट आफुलाई खुला र खुकुलो छोडदिन्छ र रुन सुरुवात गर्दछ । जब मानसिक या शारीरिक दुख, दर्दस‌ँग व्यक्तिको मुठभेड हुन्छ, त्यसको प्रतिकृया स्वरुप हाम्रो शरीरको मांशपेशीहरु संकुचित हुन थाल्छन् । जुन शरीरको रक्षातन्त्रको एक प्रकृया हो ।

जुन बेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौ, त्यसबेला अत्यfधिक पीडाले गर्दा, हामी आफुलाई सन्तुलन गर्न सक्दैनौ । शरीरले आफ्नो क्षमताको कारण अत्याधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलनलाई गुमाउदैन । जब कठिन परिस्थिति बितिसक्छ, तव मांशपेशीहरुमा जम्मा भएर रहेका तनाव आँशुको रुपमा आँखाबाट निस्किन थाल्छन् । एक स्वस्थ्य र सन्तुलित शरीर सहजताले दुख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँशुद्वारा व्यक्त गर्ने बाटो बनाउँछ ।

एक सर्वेक्षण अनुसार पुरुषको तुलनामा महिला कम तनावग्रस्त हुन्छन् । उनीहरु भावनालाई सजिलैसित आँशु को माध्यमले व्यक्त गर्दछन् । यसै कारण होला पुरुषको तुलनामा महिलामा ह्रदयरोग कम हुन्छ । कुनै-कुनै परिवारमा वंशानुगत एक किसिमको रोग पाईन्छ, जसलाई फैमिलियल डिस्टोनिया भनिन्छ । यसमा जव बच्चा रुन्छ तर उसको आँखाबाट आँशु झर्दैन । आँखा सुख्खा रहन्छ । यस्ता केटा-केटीहरु क्रुर, झनक्क रिसाउने र आक्रमक प्रवृतिका हुन्छन् । यस्ता बच्चाहरुको पूर्णरुपले मानसिक बिकास हुन पाउँदैन । आँशुले दुख, चिन्ता, तनाव, क्लेश तथा मानसिक तनावलाई फेस गर्नमा व्यक्तिलाई मद्दत गर्दछ । मनोचिकित्सकहरुका अनुसार रुनले मानसिक तनावबाट मुक्ति मिल्नुकासाथै उच्च रक्तचाप, फिस्टुला आदि जस्ता रोगबाट छुट्कारा पाउनमा सहायता मिल्छ । यसको अलावा तनावबाट उत्पन्न हुने मनोदेहिक रोगहरु हुने संभावना हुँदैन । रुने बेलामा आँखा बाट झरेको आँशुले आँखामा रहेको विजातीय द्रव्यलाई बाहिर निकाल्ने कार्य गर्नुको साथै आँखालाई रसिलो पार्ने तथा संक्रमणबाट बचाउने कामपनि गर्दछ । मेडिकल युनिभर्सिटी अफ ओहियो (जापान) का शोधकर्ताहरुले “आँशुबाट हुने फाइदा” आफ्नो अध्य्यनमा पनि पाए । रिपोर्टमा भनेका छन्, 'रोई सकेपछि अधिकतर मानिसहरु आफुलाई हल्का र ताजा महशुस गर्दछन् ।' शोधका अनुसार ८८.८ प्रतिशत मानिसहरु रोएपछि हल्का महशुस गर्दछन् भने ८.४ प्रतिशत मानिसहरु मात्र रुदा पनि दुखी नै हुन्छन् ।

यदि तपाइ आफ्नो दुखलाई भित्र लुकाएर राख्नु हुन्छ भने कहिलेकाही दिल खोलेर रुनबाट नतर्सनुस् । किनकी रुनले मन हल्का त हुन्छ नै यसको साथै स्वास्थ्यलाई पनि यसले फाईदा पुर्याउछ ।

आँखाको ज्योति बढ्छ:

आँखामा आँशु आउनाले आँखाको नानी र परेलीको रसिलोपन बढ्दछ । वैज्ञानिकहरुले यसलाई सिद्धागरेका छन् कि रुनले आँखाको सुन्दरता बढ्दछ । ति वैज्ञनिकहरुको मतानुसार आँखाको कर्नियाको परत कंजकटाईवालाई आश्रुग्रन्थीद्वारा निस्किने आँशुले ओसिलो बानाईदिन्छ । जस्को फलस्वरुप आँशुमा रहेका शारीरिरका तत्वहरुद्वारा सुन्दरता निखारेर आउँछ । आँखाबाट आँशु निस्किने बेला हारडेरीयन ग्रन्थीबाट एक प्रकारको तेलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया नरम र गहिरो हुन् जान्छ । महिलामा पुरुषहरुको तुलनामा बढि आँशुको उत्पादन हुन्छ । यही कारण होकि महिलाहरुको आँखा बढि सुन्दर हुन्छन् । यद्यपी अत्याधिक रुनले आँखाको दृष्टी गुम्न पनि सक्छ ।

ब्याक्टेरियालाई समाप्त गर्छ :

आँशुमा यस्तो किसिमको एन्टिबायटिक्स् पाईएकोछ, जसले किटाणुबाट आँखाको रक्षा गर्दछ । आँशुमा एकप्रकारको लिसोजाईम नामक तरल पदार्थ हुन्छ, जसले ५ / १० मिनटमा नै नब्बे देखि पन्चनब्बे प्रतिशत ब्याक्टेरियाहरुको सफाया गर्नसक्छ । शरीरबाट टक्सिनलाई निकाल्दछ । अनुसन्धानबाट देखिएको कुरा के हो भने, जब हामी बढि दुखी वा अवसादमा हुन्छौ, त्यस्तो बेला शरीरभित्र केहि टक्सिन केमिकल्स बन्न थाल्छन् । जुन बिषक्त तत्वहरु रुँदा आँखाबाट आँशुको रुपमा बाहिर निस्किन्छ । मुड ठिक भएको बेला कहिलेकाही शरीरमा मेग्जिन नामक तत्व बढिभएर घबराहट, परेसानि, थकान, अनाहकमा रीस उठ्ने जस्तो समस्या देखिन्छ । यस अवस्थामा रुनले शरीरमा मेग्जिनको स्तर कम हुन्छ । जसको फलस्वरुप व्यक्ति आफुलाई हल्का, राम्रो महशुस गर्न थाल्दछन् ।

तनाव घट्दछ:

अत्यधिक तनावको अवस्थामा रुनले केहि मात्रामा राहत मिल्दछ । रुने प्रकृयाको दौरान शरीरमा एंडोफ्रिन ल्युकामाईन, एकांफालिन तथा प्रोलेक्टिन नामक तत्वहरुको स्तर कम हुन्छ । जसले गर्दा तनाव कम हुन्छ । तर यो सत्य हो, अत्याधिक रुनले यसको उल्टो पनि असर हुनसक्छ । त्यसैले आँशुको रहस्यलाई अहिले पनि बुझ्न र सुल्झाउन बाँकी नै छ । तर, यसमा कुनै सन्देह छैन की आँशु बगाउनु हाम्रो लागि लाभदायक र स्वास्थ्यकर छ ।

अस्तु ।
[email protected]

प्रकाशित : कार्तिक २२, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?