कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

औंलाको नङबाट पनि थाहा हुन्छ 'रोग'

डा. ललितकुमार मिश्र

काठमाडौं — के तपाईंलाई थाहा छ ? हाथ, खुट्टाका नङहरुको रंगले पनि तपाईंको शारीरिक एवं मानसिक स्वास्थ्यको बारेमा जानकारी दिन सक्छन् । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो- शरीरमा कतै-कुनै गम्भिर प्रकृतिको रोग अदृश्यरुपमा पलाइरहेको छ । जस्तै- लिभर, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट पनि थाहा हुन्छ ।

औंलाको नङबाट पनि थाहा हुन्छ 'रोग'

नङकोकाम हात-खुट्टाका औंलाहरुको सौन्दर्य बढाउनु मात्र होइन । यसले शरीरभित्र गुप्तरुपमा रहेका विभिन्न रोगहरुको बारेमा पनि संकेत समेत दिने गर्दछ । शरीरभित्र कुनै अगं-प्रत्यगंमा के कस्तो किसिमको खराबी (रोग) छ, या हुने संभावना छ भनेर नङले आफ्नो आकार, प्रकार, रगंपरिवर्तन, पातलो-मोटो खस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदि जस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ ।

जसरी कुनै बिरामिको रोगपत्ता लागाउनको लागि आवश्यकतानुसार उसको एक्स-रे, इसिजि, ईलेक्ट्कार्डियोग्राम, दिसा, पिशाब, खकार, रगत याबत कुराहरुको जाँच गराइन्छ । यसै जाँचको क्रममा चिकित्सकद्वारा रोगीको अब्जर्वेशन गर्नुका साथै ऊसको शारीरिक परिक्षण (फिजिकल एक्जामिन) गर्ने क्रममा रोगीको हात, खुट्टाका औंलाहरुको पनि निरीक्षण गरिन्छ । यसबाट पनि रोगको निदानमा थप मद्दत मिल्दछ ।

आयर्वेदिक, होमियोप्याथिक, युनानी चिकित्सा पद्दतिहरुमा बिरामिको नङको रंग परिवर्तन हुनुलाई विशेष महत्व दिईन्छ ।

# रोग निर्धारण तथा निवारण- चिकित्साशास्त्रको इतिहासलाई हेर्ने हो भने प्राचिनकालमा त्यसबेला आजको जस्तो रोग निदानका आधुनिक उपकरणहरु थिएनन् । त्यसबेलाका आयुर्वेदिक फिजिशियन (वैद्य), युनानि (हकिम)हरुले रोगिको शारीरिक निरिक्षणको क्रममा नाडी, जिब्रो, र हातखुट्टाका नङहरुलाइ हेरिकन रोगको पहिचान मात्र होइन कि गम्भिर रोगको सफल उपचार पनि गर्ने गर्दथे ।

सन् १७९० मा जब होमियोप्याथिक चिकित्साको विकास भयो तत्पश्चात, रोगीको अन्य परिक्षण गराउनुको साथै हात-खुट्टाका नङको विभिन्न अवस्थालाई मध्येनजर राखेर, नङकोरंग, रुप, आकार, परिवर्तनले– रोगनिर्धारण गर्नेमात्र होइन की सफलतापूर्वक रोग निवारण पनि गर्दै आइरहेको छ । होमियोप्याथिक चिकित्साविज्ञानको मेटेरियामेडिका (औषधि गुणलक्षण संग्रह) नामक पुस्तकमा नङको आकार, प्रकार, रंगपरिवर्तनका साथै विभिन्न अवस्थाहरुको बारेमा प्रयाप्त जानकारी उपल्बध छ ।

# नङले स्वास्थ्यको कुन रहस्य प्रकट गर्दछ- स्वस्थ्य नङ चिल्लो र दाग-धब्बारहित हुन्छ । नङको रगं र आकार एकनासको हुन्छ ।

१) चाँडै भाँचिने, चर्केको, सुख्खा तथा छिटो झर्ने खालको नङले थाइरोइड हार्मोन्स असन्तुलनको संकेत गर्दछ ।
२) नङ चिरिएको छ, रगं पहेंलो छ भने सम्भवत: फंगल (ढुस्सी) इनफेक्शन को कारण हुनसक्छ ।
३) नङको मुनितिर कुनै गहिरो रगंको धरसो छ भने यसले कुनै गम्भिर रोग छ वा हुने तर्फ संकेत गर्दछ । जतिसक्दो चाँडै परिक्षण गराउनुपर्छ । यो लक्षणले छालाको केन्सर भएको संकेत दिन्छ ।
४) नङको रगं निलो हुन थाल्यो भने आस्थमा, तथा मुटु रोगको संकेत हो ।
५) नङको पहेंलो रगंमा परिवर्तन हुनु केन्सर जस्तो घातक रोगको संकेत हुनसक्छ ।
६) घडिको शिशा आकारको नङ टि.बी. फोक्सोको टियुमर, मुटुको परानो रोगको संकेत दिन्छ ।
७) चम्चा आकारको नङले सिफिलिस, छाला सम्बन्धी रोगको तथा मानसिक समस्या छ भन्ने कुराको संकेत दिन्छ ।
८) नङमा डाँडाको टुप्पो जस्तो खस्रो धरसो देखिन्छ भने यो वशांनुगत रोगको संकेत हो । यसबाट अर्थराईटिस, कोलाईटिस, जस्तो रोग छ या हुनेसक्ने सम्भावना तर्फ संकेत गर्दछ ।
९) नङको रगं आधा गुलाबि र आधी सेतो देखिन्छ भने मधुमेह रोग तर्फ संकेत गर्दछ।
१०) एकदमै सेतो नङले एनिमिया, डायबिटिज या लिभर सम्बन्धि कुनै रोग छ या हुने तर्फ संकेत दिन्छ ।

प्रकाशित : आश्विन ६, २०७४ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?