२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

च्याउ

च्याउ स्वादिष्ठ, स्वास्थ्यका लागि फाइदाजनक शाकाहारी खाद्य पदार्थ हो । आयुर्वेदिक मतआनुसार अनादिकालदेखि मानिसले च्याउलाई औषधि र खानाको रूपमा उपयोग गर्दै आएका छन् । च्याउको समग्र भोजनको रूपमा विशिष्ट पहिचान छ ।

च्याउ उपयोगी, गुणकारी एवं पोषक भोज्य पदार्थ हो । यसमा प्रोटिन, खनिज एवं लवण प्रचुर मात्रामा पाइन्छ ।

प्राय: जनावरको मासुबाट पाइने प्रोटिनको तुलनामा सब्जीबाट पाइने प्रोटिन निम्न श्रेणीको हुन्छ भन्ने मान्यता छ । तर च्याउमा जनावरको मासुमा पाइने जस्तै राम्रो गुणस्तरको प्रोटिन हुन्छ । यसमा प्रोटिनबाहेक भिटामिन ‘सी’ एवं ‘बी’ कम्प्लेक्स, विशेषत: थाइमिन एवं राइबोफ्लेबिनसमेत पाइन्छ । सब्जीमा नपाइने फोलिक एसिड एवं भिटामिन ‘बी १२’ समेत च्याउमा प्रशस्त मात्रामा पाइन्छ ।
यसमा बोसोको मात्रा कम पाइन्छ अर्थात् एर्गोस्टाराल हुन्छ, जुन मानव शरीरमा पुगेर भिटामिन ‘डी’ मा परिवर्तित हुन्छ ।

च्याउमा क्याल्सियम, फोस्फोरस, पोटेसियम, सोडियम लगायतका थुप्रै किसिमका लवण पाइन्छ । च्याउमा तामा पनि पाइन्छ, जसले पाचनशक्तिमा वृद्घि गर्नुका साथै हाइपर एसिडिटी (उच्च ग्यास) तथा कब्जियत हटाउँछ ।

उच्च रक्तचाप एवं हाइपर टेन्सनका रोगीलाई च्याउ खान भनिन्छ ।

प्रकाशित : असार १७, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?