कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

वीपी प्रतिष्ठानमा अत्याधुनिक क्याथल्याव सेवा सुरु

धरान — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु तथा नशा रोगीहरुको अत्यधिक चापलाई मध्यनजर गर्दै सोमबारदेखि अत्याधुनिक सुविधायुक्त बहुउपयोगी कार्डियाक क्याथल्याव जडान गरेको छ । सरकारले उपलव्ध गराएको २० करोड रुपैयाँ मध्येको करिव ८ करोड रुपैयाँ लागतमा अत्याधुनिक क्याथल्याव जडान गरेको प्रतिष्ठानका उपकुलपति प्राडा बलभद्रप्रसाद दासले बताए ।

वीपी प्रतिष्ठानमा अत्याधुनिक क्याथल्याव सेवा सुरु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु तथा नशा रोगीहरुको अत्यधिक चापलाई मध्यनजर गर्दै सोमबारदेखि अत्याधुनिक सुविधायुक्त बहुउपयोगी कार्डियाक क्याथल्याव जडान गरेको छ ।

सरकारले उपलव्ध गराएको २० करोड रुपैयाँ मध्येको करिव ८ करोड रुपैयाँ लागतमा अत्याधुनिक क्याथल्याव जडान गरेको प्रतिष्ठानका उपकुलपति प्राडा बलभद्रप्रसाद दासले बताए । प्रतिष्ठानमा जडान गरिएको अत्याधुनिक क्याथल्यावको सहयोगमा मुटु रोगसँगै शरीरका अन्य अंग–नसामा भएको रोग पहिचान गरेर उपचार गर्ने उनले बताए ।

‘प्रतिष्ठानले गत वर्षदेखि मुटुको पनि सुपर स्पेशियालिटि सेवा सुरु गरेकाले अत्याधुनिक क्याथल्याव आवश्यक भएकाले जडान गरेर उपचार सेवामा विस्तार गरेका हौं,’ उनले भने, ‘अत्याधुनिक क्याथल्याव जडानले प्रतिष्ठानमा निकट भविष्यमा मुटु रोग उपचारको केन्द्रको रुपमा स्थापित हुन मद्दत पुग्ने देखिन्छ ।’

कार्डियाक क्याथल्याव जडानलगतै सर्वसाधारणको उपचारको लागि सञ्चालनमा ल्याइएको प्रतिष्ठानका मुटुरोग विषेशज्ञ डा प्रशान्त साहले बताए । उनले भने, ‘प्रतिष्ठानमा पछिल्लो समयमा एन्जियो गर्नुपर्ने बिरामीहरु महिनामा कम्तीमा ४० देखि ५० जना आउने गरेका थिए । अब यो सुविधा सुरु भएपछि गुणस्तरीय सेवा दिन सक्षम भएका छौं ।’ उनका अनुसार प्रतिष्ठानमा उपचारकालागि आउने विरामी मध्ये १० प्रतिशत विरामी मुटुरोग संग सम्बन्धित रहेको र उनीहरुको उपचारकालागि आधुनिक क्याथल्याव आवश्यक देखिएकाले सहज भएको बताए ।

प्रतिष्ठानमा जडान गरिएको नयाँ उपकरणबाट न्यून विकिरण आउने भएकाले मुटु तथा नशा सम्बन्धि समस्या भएका गर्भवती महिला, नवजात शिशु तथा बालबालिकाको समेत उपचार गर्न सहज हुने डा साहाले बताए । यसअघिको ६ वर्ष पुरानो क्याथल्याव उपकरण बारम्बार बिग्रने समस्याले सेवा अवरुद्ध हुँदा बिरामीलाई मार पर्ने गरेको थियो ।

प्रतिष्ठानमा २४ सै घण्टा मुटु सम्बन्धि उपचार सेवा प्रवाह हुने गरी क्याथल्याव संचालन गरिने निर्देशक सिन्हाले बताए । उनले भने, ‘क्याथल्याव उपकरण सञ्चालन गर्न मुटु रोग विशेषज्ञहरुको विशेष समूह प्रतिष्ठानमा नै रहेको छ ।

प्रकाशित : पुस ११, २०७३ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?