कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विश्वकप गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनलाई

एजेन्सी

मस्को — इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे ।

विश्वकप गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनलाई

केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रा खेलाडी हुन् । यसअघि ग्यारी लिनेकरले ३२ वर्षअगाडी भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए ।

केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । दोस्रो खेलमा पानामासँग ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए । त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलोम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै गोल संख्या ६ पुर्याए । त्यसपछिका ३ खेलमा गोल गर्न नसकेपनि उनले गोल्डेन बुट कब्जा गर्न सफल रहे ।

चार गोल गर्ने सुचिमा फ्रान्सका ग्रिज्मन र एम्बाप्पेसँगै रुसका डेनिस चेरेसेभ, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु छन् । समान गोल भएकाले असिस्टका आधारमा सिल्भर बुट ग्रिज्मन र ब्रोन्ज बुट लुकाकुले प्राप्त गरे ।

प्रकाशित : असार ३२, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?