कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फाइनल दौरान खेल बिथोलेको जिम्मेवारी 'पुसी राएट' ले लियो

एजेन्सी

मस्को — फिफा विश्वकप २०१८ को फाइनल खेल अन्तर्गत फ्रान्स र क्रोएसियाबीच ५२ औं मिनेटमा चार महिला दर्शक मैदान प्रवेश गरे । एकै पोसाकमा रहेका यी चार समर्थक गोलरक्षक ह्युगो लोरिसको पछाडि रहेको दर्शकदीर्घाबाट मैदान प्रवेश गरेका थिए ।

फाइनल दौरान खेल बिथोलेको जिम्मेवारी 'पुसी राएट' ले लियो

इभान राकिटिचले मिडफिल्डमा बल बढाउँदै गर्दा मैदानको बिचमा दर्शक आएपछि अर्जेन्टिनी रेफ्री नेस्टर पिटानाले खेल रोके । दर्शकदीर्घा वरपर तैनाथ सेकुरिटीले मैदानबाट केही समयमै चारै जनालाई हटाएर खेल सुचारु भयो ।


खेल चलिरहँदा मैदान प्रवेश गर्ने सबै रुसको 'पुसी राएट' समूहसँग आबद्ध रहेको उक्त समूहले विज्ञप्तिमार्फत जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित फाइनल खेलमा समूहले केही माग राख्दै उक्त कदम चालेको बताएको छ । विज्ञप्तिमा जनाएअनुसार समूहले निम्न माग राखेको छ –

१. राजनीतिक कैदी सबैलाई रिहा गर्नुपर्ने

२. र्‌यालीहरुमा हुने अवैधानिक गिरफ्तारी बन्द गर्ने

३. खुला राजनीतिक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने

४. अपराधिक गतिविधिलाई अतिरन्जित गरेर संलग्न कैदीलाई जेलमा राख्ने मात्र नगर्ने


सन् २०११ मा स्थापित यस समूहले त्यसयता पुटिन विरोधी र्‌यालीहरु आयोजना गर्दै आएको छ । खुला सदस्यता लिन पाइने यस समूहले विभिन्न कार्यक्रमका साथै प्राप्त सूचनाका आधारमा विज्ञप्ति जारी गर्दै खबरदारी गर्दै आएको छ ।


यसअघि सन् २०१२ को राष्ट्रपति चुनावअघि मस्कोको क्याथेड्रलमा 'पंक प्रेयर' नामक राजनीतिक गित गाएको आरोपमा उक्त समूहका दुई संस्थापक सदस्यले २२ महिना जेल बसेका थिए ।

प्रकाशित : असार ३२, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?