कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रोचक तथ्य: फाइनलमा पहिलो आत्मघाती गोल

काठमाडौँ — क्रोएसियाका मारियो मान्जुकिच विश्वकप फाइनलमा आत्मघाती गोल गर्ने पहिलो दुर्भाग्यशाली खेलाडी बनेका छन् । पहिलो हाफमा एन्टोइन ग्रिजमनको फ्रिकिक जोगाउने क्रममा उनले हेडबाट आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

रोचक तथ्य: फाइनलमा पहिलो आत्मघाती गोल

त्यसको विपरीत फ्रान्सका डिडियर डेसच्याम्प खेलाडी र प्रशिक्षक भएर विश्वकप जित्ने केवल तेस्रो व्यक्ति बनेका छन् । फ्रान्सले १९९८ मा पहिलो पटक विश्वकप जित्दा डेसच्याम्प कप्तान थिए ।

यसअघि ब्राजिलका मारियो जगालो र जर्मनीका फ्रेन्ज बेकनबाउरले पनि खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए । १९७० मा ब्राजिलले इटालीलाई ४–१ ले पराजित गरेयता फ्रान्स विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो टोली हो ।

पहिलोपल्ट फाइनल पुगेर हार्ने सुचिमा क्रोएसिया पनि थपिएको छ । पछिल्लो पटक यो दुर्भाग्य नेदरल्यान्ड्सले १९७४ को विश्वकप फाइनलमा पश्चिम जर्मनीसँग २–१ ले पराजित भएपछि भोग्नुपरेको थियो ।

प्रकाशित : असार ३२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?