१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हाजार्ड फरक खोज्दै

रोयटर्स

सेन्ट पिटर्सबर्ग — चेल्सीका फरवार्ड इडेन हाजार्डले स्टामफोर्ड ब्रिजमा ६ वर्ष उत्कृष्टसँग बिताएपछि ‘अहिले फरक गर्ने समय’ आएको बताएका छन् । बेल्जियमले शनिबार इंग्ल्यान्डमाथि २–० को जितसहित विश्वकपमा तेस्रो स्थान हात पार्दा गोल गरेका २७ वर्षे हाजार्ड रियल म्याड्रिड जाने चर्चा चुलिएको छ ।

हाजार्ड फरक खोज्दै

‘मेरो प्रिय गन्तव्य कता हो तपाईहरूलाई थाहा नै छ,’ हाजार्डले शनिबार इंग्ल्यान्डसँगको खेलपछि भनेका थिए, ‘मेरो हातमा हुने भए म बस्ने वा जाने निर्णय गर्थें । तर चेल्सीले अन्तिम निर्णय गर्नेछ मलाई जान दिने विषयमा पनि ।’

चेल्सीले शुक्रबारमात्र व्यवस्थापक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको थियो । त्यसको २४ घण्टापछि अर्का इटालियन माउरिसियो सारीलाई लन्डन क्लबको जिम्मेवारी दिइएको छ । नेपोलीबाट आएका सारीले त्यसको केही समयपछि नै ब्राजिलमा जन्मिएका इटालियन मिडफिल्डर जर्जिन्होलाई नेपोलीबाट ल्याइसकेको छ ।

रुस विश्वकपमा कुल ३ गोल गरेका हाजार्डको चेल्सीसँगको सम्झौता अझै २ वर्ष बाँकी छ । उनी फ्रेन्च क्लब लिलेबाट २०१२ को जुनमा ३ करोड २० लाख पाउन्डमा आएयता चेल्सीलाई दुई प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा लिग दिलाइसकेका छन् । गत वर्षको जुनमा हाजार्डले रिएल म्याड्रिडबाट प्रस्ताव आएमा आफूले मनन गर्ने तर चेल्सीमा अझै धेरै वर्षसम्म रहने पनि जनाएका थिए ।

‘हामी सवैको सपना हुन्छ । त्यो स्पेन पनि हुन सक्छ वा चेल्सीमै रहने पनि हुनसक्छ,’ उनले भनेका थिए । मेमा चेल्सीका सहायक व्यवस्थापक स्टिभ क्लार्कले ट्रान्सफरमा अरु खेलाडी किन्न पनि हाजार्ड बेच्नुपर्ने हुनसक्ने जनाएका थिए । हाजार्डले बेल्जियमबाट ९२ खेल खेल्दै २५ गोल गरेका छन् ।

प्रकाशित : असार ३२, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?