२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

विश्वकपका सफल र असफल

एएफपी

मस्को — ठयाक्कै महिना दिन चलेको विश्वकपको फाइनलअघि एएफपीले निकालेको सफल र असफलको सूची :

विश्वकपका सफल र असफल

सफल


केलियन एमबाप्पे, फ्रान्स
केही वर्षअघि मात्र हो उनी मोनाकोमै अपरिचितजस्तै थिए । मोनाकोको एकै सिजनले उनलाई चर्चामा ल्यायो । मोनाकोबाट उनी १८ करोड युरोमा पेरिस सेन्ट जर्मेनमा गए । विश्व फुटबलमा यो दोस्रो महँगो सरुवा रकम थियो । फ्रान्सले विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनामाथि ४–३ को विजय हात पारेपछि एमबाप्पे ग्लोबल स्टार बने । सो खेलमा उनले आफ्नो स्पिड र ड्रिब्लिङले अर्जेन्टिनी रक्षकलाई माथ दिँदै २ गोल मात्र गरेनन् अर्को गोलको सिर्जना पनि गरे । उनी १९ वर्षका मात्र छन् । सन् १९५८ यता पेलेपछि विश्वकपका एकै खेलमा दुई गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । त्यसयता उनको तुलना पेलेसँग हुदैं आएको छ ।

लुका मोड्रिच, क्रोएसिया
रियल म्याड्रिडलाई पाँच सिजनमा चौथोपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाएर आएका मोड्रिचको चुस्तता उस्तै थियो । उनले फाइनलअघि नै तीन म्यान अफ द म्याच पाउँदै आफूलाई विश्वको उत्कृष्ट मिडफिल्डरमा उभ्याएका थिए । मोड्रिचले अर्जेन्टिनासँगको खेलमा लामो दूरीबाट सानदार गोल गरे । समूह चरणको त्यही खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० लाई पराजित गरी दाबेदारिता प्रस्तुत गरेको थियो । डेनमार्कसँग अतिरिक्त समयमा पेनाल्टी गुमाउन पुगे पनि उनले पेनाल्टी शुटआउटमा डेनमार्क र रुसविरूद्ध गोल गरेका थिए ।

इडेन हाजार्ड, बेल्जियम
‘स्वर्णिम पुस्ता’ मानिएको बेल्जियम सेमिफाइनलमा झिनो अन्तरले फ्रान्ससँग पराजित भए पनि कथा उही थियो । चार वर्षअघिको विश्वकप होस् वा युरो २०१६ । हाजार्डले अन्तर्राष्ट्रिय स्टेजमा आफ्नो फुल स्किल देखाए । चेल्सीका फरवार्डले ३ गोल गर्नुका साथै जापानसँग आफ्नो टोली दुई गोलले पछाडि परेको समयमा होस् ब्राजिलमाथि क्वाटरफाइनलमा विजय हात पारेको खेलमा उत्कृष्ट खेल पस्केका थिए ।

असफल

जर्मनी र स्वीडेनको प्रतिस्पर्धा


जर्मनी, डिफेन्डिङ च्याम्पियन
त्यसरी नै घर फर्कियो जसरी स्पेन चार वर्षअघि र इटाली २०१० मा विश्व विजेताका रूपमा समूह चरणबाटै बाहिरिएको थियो । मेक्सिको र दक्षिण कोरियासँग पराजय भोगेपछि चारपल्टको विश्व च्याम्पियन आफ्नो समूहमा पुछारमा रहयो र ८० वर्षमा पहिलोपल्ट दोस्रो चरणमा पनि पुग्न सकेन ।


अफिकन टोलीहरू
१९८२ यता पहिलोपल्ट अफ्रिकन टोलीहरू समूह चरणभन्दा माथि उठ्न सकेनन् । नाइजेरिया, सेनेगल, टयुनिसिया, इजिप्ट र मोरक्कोले गरेर जम्मा ३ खेल जिते । यसले युरोपियन टोलीहरूले जमाएको वर्चस्वमा अफ्रिकन टोलीको सन्तुलनता स्पष्ट देखाउँथ्यो । भाग्य पनि रुसमा अफ्रिकन टोलीको साथमा थिएन । समूह ‘एच’ मा जापानसँगै सेनेगल दोस्रो स्थानमा थियो, तर फेयर प्लेका आधारमा सेनेगल बाहिरिन पुग्यो । प्रमुख खेलाडी मोहम्मद सलाह पूर्ण रूपमा फिट नहुदा इजिप्ट र अफ्रिकाले त्यसको भार बेहोर्नुपर्‍यो ।


रोनाल्डो र मेसीको मुखाकृति प्रदर्शन गर्दै रुसी समर्थक ।

मेसी, रोनाल्डो युगको अन्त्य ?
३१ वर्षे मेसी र ३३ वर्षे रोनाल्डोका लागि यो विश्वकप जित्ने अन्तिम मौका थियो । उनीहरूको टोली क्रमश: अर्जेन्टिना र पोर्चुगल अन्तिम १६ भन्दा माथि उठेनन् । रोनाल्डोका लागि सान्त्वना के थियो भने उनले ह्याट्रिक गर्दै प्रतियोगितामा आफ्नो सुरुआत गरेका थिए । तर उनको टोलीले स्पेनसँगको खेलमा ३–३ को नतिजामात्र निकाल्न सकेको थियो । उनले आफ्नो खातामा अर्को गोल पनि थपे । तर इरानसँग रातो कार्ड नपाउनुमा उनी भाग्यमानी साबित भए ।


मेसीले एकमात्र गोल नाइजेरियासँग गरे । उनका लागि चित्त बुझाउने के हो भने त्यो गोलले अर्जेन्टिना समूह चरणबाटै बाहिरिनबाट जोगियो । फ्रान्ससँग अर्जेन्टिनाको ७ गोलको जुन रोमाञ्चक खेल थियो, त्यसमा मेसीको एमबाप्पेको कुनै तुलना नै हुँदैन थियो । मेसी र रोनाल्डोले फिफा वर्ष खेलाडी हुनेक्रममा पछिल्ला १० वर्षमा बालोन डी’अर अवार्ड समान ५ पटक जिते । अब यी दुईको प्रभुत्व समाप्त भएको मानिएको छ ।

प्रकाशित : असार ३२, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?