२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रोचक तथ्य: टाउकाको कमाल

काठमाडौँ — विश्वकपको अतिरिक्त समयमा गएको पछिल्ला ६ खेलमा अर्जेन्टिना र जर्मनीबीचको खेलको निर्णयमात्र पेनाल्टी सुटआउटमा भएको छैन । २०१४ को फाइनल खेलमा मारियो गोट्जेको गोलमा जर्मनीले अर्जेन्टिनालाई १–० ले पराजित गरी चौथोपटक विश्वकप जितेको थियो ।

रोचक तथ्य: टाउकाको कमाल

क्रोएसियाका ८ फरक खेलाडीले यस विश्वकपमा गोल गरिसकेका छन् । सबैभन्दा बढी गोल गर्ने राष्ट्र बेल्जियम हो । उसका ९ खेलाडीले गोल गरिसकेका छन् । क्रोएसियाले रुससँग शनिबार दुवै गोल हेडबाट गरेको थियो ।

यसअघि विश्वकपमा २९ गोल गर्दा क्रोएसियाका खेलाडीले १ गोलमात्र हेडबाट गरेका थिए । खेलमा कुल ३ हेड गोल भएका थिए । २००२ को विश्वकपमा जर्मनीले साउदी अरेबियालाई ८–० ले पराजित गर्दा सर्वाधिक ५ गोल हेडबाट भएका थिए । त्यसयताकै यो सर्वाधिक हेड गोल हो ।

प्रकाशित : असार २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?