१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

[विश्वकप विश्लेषण] रुसी रणनीति सफल

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा अाइतबार राति अन्तिम १६ का दुई खेल भए, दुवैको नतिजा टाइब्रेकरमा निस्क्यो । पेनाल्टी सुटआउट आयोजक रुस र क्रोएसियाका लागि भाग्यमानी सावित भयो र दुवैले क्वाटरफाइनलको यात्रा तय गरे । रुसले पहिलो खेलमा पूर्व विश्वकप विजेता स्पेनलाई हराएको हो र यससँगै एउटा शक्तिशाली टिम प्रतियोगिताबाट बाहिरियो । 

[विश्वकप विश्लेषण] रुसी रणनीति सफल

रुसले तयार पारेको समग्र रणनीति अन्ततस् सफल भएको देखियो । रुसले अधिकांस समय रक्षात्मक हुँदै खेलेको थियो । पहिलो हाफमा केही आक्रामक देखिएको रुसले बाँकी समय खासै आक्रमणमा रूचि पनि देखाएन । स्पेनको समस्या के रह्यो भने टिमले बलमाथि अत्याधिक नियन्त्रण त राख्यो ।

तर यसलाई आक्रमणमा परिणत गर्न सकेन । पूरा खेल अवधिमा स्पेनले सटिक मान्न सकिन चार आक्रमण मात्र बुनेको थियो । टिमले रुसको पेनाल्टी एरियामा बल लान नै सकेन । यो अर्थमा रुसको रक्षापंक्ति सफल देखियो । स्पेनले सुरुदेखि आन्द्रेस इनिस्टालाई खेलाएन र पछि सब्टिच्युट खेलाडीका रूपमा मात्र मैदानमा छिराएको थियो ।

प्रशिक्षकको नजरबाट यो गलत निर्णय थियो । उनी आएपछि स्पेनी आक्रमणमा केही सटिकपन आएको थियो । स्पेनले गरेको गोल आत्मघाती थियो र यसमा रुसी डिफेन्डरले बल भन्दा पनि खेलाडीमाथि बढी ध्यान दिएको देखियो । अर्कोतर्फ रुसले गरेको गोल पेनाल्टीमा थियो र यसमा जेरार्ड पिके जस्ता खेलाडीले अनावश्यक ह्यान्ड बल गरे ।

टाइब्रेकरमा रुसले जति प्रहार गरेको थियो, सबै निकै उत्कृष्ट थिए । यी सबै प्रहार प्रशिक्षकले चाहे जस्तै रहे । पेनाल्टीमा पावर सट आवश्यक हुन्छ र रुसी खेलाडीले यही काम गरेको देखियो, जबकी स्पेनले गरेका प्रहार जोगिनुमा ती गोलरक्षकको पहुँचमा भएर नै हो । त्यसैले दुई स्पेनी प्रहार गोल हुन सकेनन ।

बलमाथि नियन्त्रणको आधारमा जहाँ पहिलो खेल एकपक्षीय थियो, ठीक त्यहीं दोस्रो खेल भने बराबरीको रह्यो । क्रोएसिया र डेनमार्क दुवै आक्रामणमा ध्यान राखेर खेल्यो । खेलको दुवै गोल सुरुमै निस्केको थियो । फुटबलमा के भनिन्छ, भने सुरुआती दस मिनेट निकै जटिल हुन्छ, किनभने यसबीच टिम ‘सेट’ भइसकेको हुन्न ।

यो खेलमा पनि यस्तै भयो । अतिरिक्त समयको अन्त्यतिर क्रोएसियासँग निर्णायक अग्रता लिने अवसर थियो, तर लुका मोडरिच पेनाल्टीमा गोल गर्न चुके । तर क्रोएसिया बलियो टिम हो र यसले लिग चरणमा पनि राम्रो खेलेको हो । क्रोएसियाली गोलरक्षकले पेनाल्टीमा राम्रा बचाउ गरे ।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १८, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?