१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पोल्यान्ड–कोलम्बिया

राेयटर्स

कजान — मिडफिल्डर कार्लोस सान्चेजमाथि ज्यानमार्ने धम्कीको अनुसन्धानले तयारी छायाँमा परेको कोलम्बियाले जित्नैपर्ने दबाबसहित विश्वककपको समूह ‘एच’ मा आइतबार पोल्यान्डको सामना गर्दै छ ।

पोल्यान्ड–कोलम्बिया

विश्वकप १९९४ मा आत्मघाती गोल गरेका आन्द्रेस एस्कोबारको गोली हानेर हत्या गरिएको थियो । जापानसँग २–१ ले हारेको खेलमा तेस्रो मिनेटमै रातो कार्ड पाएका सान्चेजलाई पनि त्यस्तै गर्ने धम्की सामाजिक सञ्जालमार्फत् दिइएको छ । पेनाल्टी क्षेत्रमा हातले बल रोक्दा रातो कार्ड दिइएका सान्चेजले आइतबार कजानमा पोल्यान्डविरुद्ध हुने खेल गुमाउने छन् ।

जोसे पेकरम्यानको टिमले कजानमा क्याम्पबाहिरै निजी तबरले शुक्रबार प्रशिक्षण गरेको थियो । उनको टिम प्रतिक्रियालाई साबित गर्ने कोलम्बियाली प्रहरीलाई छाडेर पोल्यान्डविरुद्ध खेल्नका लागि तयारीमा छ । पोल्यान्ड पहिलो खेलमा सेनेगलसँग २–१ ले हारेको थियो ।

स्टार खेलाडी हामेस रोड्रिग्वेजको फिटनेसलाई लिएर प्रश्न उठिरहेको छ । खुट्टाको चोटमुक्त भएका उनलाई जापानविरुद्ध सब्स्टिच्युटको रूपमा प्रयोग गरिएको थियो । अर्जेन्टिनी पेकरम्यानले विश्वकप २०१४ का गोल्डेन बुट विजेता रोड्रिग्वेजलाई आठौं वरीयताको टिमविरुद्ध सुरुबाटै खेलाउने सम्भावना छ । उनीसँगै मिडफिल्डमा सहकर्मी जुआन क्विन्ट्राओ हुनसक्छन् । सान्चेजको अनुपस्थितिमा मार्टियस युरेबीदेखि मिडफिल्डमा जेफरसन लेरमाका लागि ढोका खुला भएको छ ।

प्रकाशित : असार १०, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?